काठमाडौं : नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठक आज (बिहीबार)देखि काठमाडौंमा सुरु हुँदैछ। बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर आज काठमाडौं आउँदैछन्।
परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोग नेपाल र भारतबीचको सबैभन्दा माथिल्लो तहको संयन्त्र हो। कोभिड महामारीका कारण पछिल्लो २ वर्षमा संयुक्त आयोगको बैठक हुन सकेको थिएन।
पछिल्लोपटक २०७७ माघ १ र २ गते भारतमा संयुक्त आयोगको बैठक बसेको थियो।
Facebook Comments Box