Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: आर्थिक प्रशासन महाशाखाका कायम मुकायम सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होमबहादुर ज्ञवाली उच्चस्तरीय व्यवस्थापन तालिममा सर्वोत्कृष्ट भएका छन्। राष्ट्रिय सशस्त्र प्रहरी बल, प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा भएको सि.सं.५ उच्चस्तरीय व्यवस्थापन तालिममा एसएसपी ज्ञवाली प्रशासनतर्फका अधिकृतहरुलाई समेत उछिन्दै सर्वोत्कृष्ट भएका हुन्। उनलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सर्वोत्कृष्टको प्रमाणपत्र प्रदान गरे। सो तालिम गत भदौ १६ देखि २१ असोजसम्म भएको थियो। सिसं ३ सशस्त्र प्रहरी निरीक्षक बेसिकका ज्ञवालीले सेवा प्रवेशकालको आधारभूत तालिम होस् वा पेशागत रुपमा प्रदान गरिने उन्नत सबै तालिममा उत्कृष्ट स्थान हासिल गर्न सफल भए।

Read More

कैलाली: कैलालीको अत्तरियामा आयोजना हुने प्रदर्शनी बजार सञ्चालनमा नआउँदै तोडफोड गरिएको छ।अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्कालगायत समूहले प्रदर्शनी बजारको मुल गेट र केही स्टल तोडफोड गरेको आयोजक सुदूरपश्चिम च्याम्बर अफ कमर्शले दावी गरेकाे छ। ‘यसपालिको दसैं तिहारमा सुदूरपश्चिमकै लगाउने सुदूरपश्चिमकै खाने’ भन्ने नाराका साथ आज मंगलबारदेखि सुदूरपश्चिम प्रदेशका उत्पादित वस्तुहरूको विक्री वितरण प्रवर्द्धन र प्रदर्शनी बजार सुरु हुँदैछ। दसैं तिहारको अवसरमा कैलालीको अत्तरियामा, कैलाली चेम्बर अफ कमर्स, नेपाल चेम्बर आफ कमर्स सुदूरपश्चिम प्रदेश र समृद्ध सुदूरपश्चिम अभियानको आयोजनामा बजार सुरु हुन लागेको हो । तर सुरु हुनु अगावै मुल गेट र केही स्टलमा तोडफोड गरिएको छ । यस…

Read More

धनगढीः कञ्चनपुरमा नौं जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका– ७ कालापानीस्थित मानसिंह ठगुन्नाले संचालन गरेको धामी कटेजमा छापा हानेको थियो । सो क्रममा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका २४ वर्षीय विपिन सिंहसहित नौं जनालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट ८१ हजार चार सय ६० रुपैयाँ बरामद भएको हो ।

Read More

धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ मनहरामा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का २४० वर्षीय भरत भाटको मृत्यु भएको छ। भाटले चलाएको सु.प.प्र.०१ ००८ प ८९९७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर पल्टिएको थियो।दुर्घटनामा भाटको टाउको, हात र खुट्टामा चोट लागेको थियो भने अवस्था गम्भीर थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकलमा सवार १७ वर्षीया अनिशा भाटको हात र खुट्टामा चोट लागेको थियो। उनीहरु दुबै जनालाई उपचारका लागि धनगढीको माया मेट्रो अस्पतालमा पुगाइएकोमा सोमबार राति भरत भाटको मृत्यु भएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा थारू समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ। यहाँ थारू समुदायका युवकयुवती रातको समयमा बडघरमा जम्मा भएर नाचमा रमाउने गरेका छन्। मादलको तालमा कम्मर मर्काउँदै थारू युवतीले प्रस्तुत गर्ने आकर्षक नाच हेर्न थारूलगायत अन्य समुदायका व्यक्तिसमेत झुम्ने गरेका छन्। युवाले मादल बजाउने, युवतीले नृत्य र गीत पस्कने गर्छन्। स्थानीय राजेन्द्र चौधरीले दसैँ नजिकिँदै जाँदा दिनप्रतिदिन यहाँका बस्तीमा नाचको रौनक थपिँदै गएको बताए। थारू समुदायमा दसैँका समयमा सखिया नाचलाई विशेष आकर्षणका रूपमा हेरिने गरिन्छ। जोनापुर गाउँका थारू बडघर सुरेश चौधरीका अनुसार पहिला फुर्सद हुने भएकाले कृष्ण जन्माष्टमीका दिनदेखि दसैँको टीकासम्म एक महिनासम्म नाच देखाइन्थ्यो। हाल सबै जना आआफ्नो…

Read More

धनगढीः कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–५ का २२ वर्षीय उमेश चौधरी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चौधरीसहित तीनजना स्गानीय मैना टोलमा राति साढे एक बजेसम्म दसैँको नृत्य हेरिरहेका थिए। ‘दसैँको नेत्उ हेरेर घर फर्कने क्रममा बन्तरियास्थित जंगलमा हात्तीको आवाज सुनेपछि चौधरी आफैँले चलाएको से ४ प ८६१८ नम्बरको मोटरसाइकल छोडेर भागेका थिए,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले भने, ‘मोटरसाइकलमा सबार २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नविन चौधरी भने स्थानीयको सम्पर्कमा आएका थिए। राति नै उमेश सम्पर्कविहीन भएको खबर पाएपछि प्रहरी टोली खटिएको थियो।’ डिएसपी जोशीका…

Read More

काठमाडौं: आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाएकी हुन्। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आरधना गरेको प्रसाद विजयादशमीदेखि…

Read More

धनगढी: धनगढीमा झन्डै दुई लाख रुपैयाँ नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ को श्रीलंका टापुमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बैतडीको सुनर्या गाउँपालिका–२ बस्ने ३५ वर्षीय करन बिष्ट, पाटन नगरपालिका–४ बस्ने ३५ वर्षीय सुरेन्द्र बिष्ट, धनगढी उपमहानगरपालिका–२ बस्ने ३९ वर्षीय सुरेश बुढाऐर, धनगढी–१ बस्ने ३४ वर्षीय पुष्प बिष्ट, ३८ वर्षीय ज्ञानबहादुर रोकाया र गोदावरी नगरपालिका–१ बस्ने पदम साउँद रहेका छन्। वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले उनीहरुलाई एक लाख ८९ हजार ९२० रुपैयाँ नगदसहित पक्राउ गरेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले…

Read More

धनगढी: धनगढीमा ६ जना ठूला जुवाडे समातिएकोमा झण्डै २ लाख बरामद गरिएको जनाइएको छ। वडा प्रहरी कार्यालय धनगढीको टोलीले सो जुवा समातेको हो। आज प्रहरीले गोप्य सूचनाको आधारमा धनगढी उपमहानगरपालिकाको १३ नम्बर वडा क्षेत्र श्रीलंका आसपासमा छापा हानेको थियो। जसमा ६ जुवाडेबाट १ लाख ८९ हजार ९२० नगदसहित सवारीहरु बरामद गरिएको छ। प्रहरीले यसलाई यसपालिको हालसम्मकै ठूलो जुवा बताएको छ भने जुवाको विस्तृत विवरण भने आउन बाकी छ। र, यो पनि: धनगढीका ठूला जुवाडे समातिए, पैसा गन्दै प्रहरी

Read More

धनगढी: धनगढीमा ६ जना ठूला जुवाडे समातिएका छन्। धनगढी उपमहानगरपालिकाको १३ नम्बर वडा क्षेत्र श्रीलंका आसपासमा उनीहरू समातिएका हुन्। अहिले प्रहरीले जुवाखालबाट ६ जनालाई समातेर पैसा गनिरहेको बताइएको छ। प्रहरीले यसलाई यसपालिको हालसम्मकै ठूलो जुवा बताएकोमा लाख भन्दा बढी रुपैयाँ बरामदी रहेको जनाएको छ। यसको विस्तृत विवरण भने आउन बाकी छ।

Read More