Author: महेन्द्रनगर पोष्ट

धनगढीः कञ्चनपुरमा नौं जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय झलारीबाट खटिएको प्रहरी टोलीले शुक्लाफाँटा नगरपालिका– ७ कालापानीस्थित मानसिंह ठगुन्नाले संचालन गरेको धामी कटेजमा छापा हानेको थियो । सो क्रममा जुवा खेलिरहेको अवस्थामा सोही ठाउँका २४ वर्षीय विपिन सिंहसहित नौं जनालाई पक्राउ गरिएको छ । उनीहरुको साथबाट ८१ हजार चार सय ६० रुपैयाँ बरामद भएको हो ।

Read More

धनगढी: कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ मनहरामा मोटरसाइकल दुर्घटना हुँदा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का २४० वर्षीय भरत भाटको मृत्यु भएको छ। भाटले चलाएको सु.प.प्र.०१ ००८ प ८९९७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर पल्टिएको थियो।दुर्घटनामा भाटको टाउको, हात र खुट्टामा चोट लागेको थियो भने अवस्था गम्भीर थियो। जिल्ला प्रहरी कार्यालयका अनुसार मोटरसाइकलमा सवार १७ वर्षीया अनिशा भाटको हात र खुट्टामा चोट लागेको थियो। उनीहरु दुबै जनालाई उपचारका लागि धनगढीको माया मेट्रो अस्पतालमा पुगाइएकोमा सोमबार राति भरत भाटको मृत्यु भएको छ।

Read More

कञ्चनपुरः कञ्चनपुरमा थारू समुदाय बाहुल्य बस्तीमा सखिया नाचको रौनक छाएको छ। यहाँ थारू समुदायका युवकयुवती रातको समयमा बडघरमा जम्मा भएर नाचमा रमाउने गरेका छन्। मादलको तालमा कम्मर मर्काउँदै थारू युवतीले प्रस्तुत गर्ने आकर्षक नाच हेर्न थारूलगायत अन्य समुदायका व्यक्तिसमेत झुम्ने गरेका छन्। युवाले मादल बजाउने, युवतीले नृत्य र गीत पस्कने गर्छन्। स्थानीय राजेन्द्र चौधरीले दसैँ नजिकिँदै जाँदा दिनप्रतिदिन यहाँका बस्तीमा नाचको रौनक थपिँदै गएको बताए। थारू समुदायमा दसैँका समयमा सखिया नाचलाई विशेष आकर्षणका रूपमा हेरिने गरिन्छ। जोनापुर गाउँका थारू बडघर सुरेश चौधरीका अनुसार पहिला फुर्सद हुने भएकाले कृष्ण जन्माष्टमीका दिनदेखि दसैँको टीकासम्म एक महिनासम्म नाच देखाइन्थ्यो। हाल सबै जना आआफ्नो…

Read More

धनगढीः कञ्चनपुरमा एक युवक मृत फेला परेका छन्। जिल्लाको बेलौरी नगरपालिका–५ का २२ वर्षीय उमेश चौधरी मृत फेला परेका हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार चौधरीसहित तीनजना स्गानीय मैना टोलमा राति साढे एक बजेसम्म दसैँको नृत्य हेरिरहेका थिए। ‘दसैँको नेत्उ हेरेर घर फर्कने क्रममा बन्तरियास्थित जंगलमा हात्तीको आवाज सुनेपछि चौधरी आफैँले चलाएको से ४ प ८६१८ नम्बरको मोटरसाइकल छोडेर भागेका थिए,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले भने, ‘मोटरसाइकलमा सबार २४ वर्षीय रोशन चौधरी र २२ वर्षीय नविन चौधरी भने स्थानीयको सम्पर्कमा आएका थिए। राति नै उमेश सम्पर्कविहीन भएको खबर पाएपछि प्रहरी टोली खटिएको थियो।’ डिएसपी जोशीका…

Read More

काठमाडौं: आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौं स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ। छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाएकी हुन्। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आरधना गरेको प्रसाद विजयादशमीदेखि…

Read More

धनगढी: धनगढीमा झन्डै दुई लाख रुपैयाँ नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ को श्रीलंका टापुमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बैतडीको सुनर्या गाउँपालिका–२ बस्ने ३५ वर्षीय करन बिष्ट, पाटन नगरपालिका–४ बस्ने ३५ वर्षीय सुरेन्द्र बिष्ट, धनगढी उपमहानगरपालिका–२ बस्ने ३९ वर्षीय सुरेश बुढाऐर, धनगढी–१ बस्ने ३४ वर्षीय पुष्प बिष्ट, ३८ वर्षीय ज्ञानबहादुर रोकाया र गोदावरी नगरपालिका–१ बस्ने पदम साउँद रहेका छन्। वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले उनीहरुलाई एक लाख ८९ हजार ९२० रुपैयाँ नगदसहित पक्राउ गरेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले…

Read More

धनगढी: धनगढीमा ६ जना ठूला जुवाडे समातिएकोमा झण्डै २ लाख बरामद गरिएको जनाइएको छ। वडा प्रहरी कार्यालय धनगढीको टोलीले सो जुवा समातेको हो। आज प्रहरीले गोप्य सूचनाको आधारमा धनगढी उपमहानगरपालिकाको १३ नम्बर वडा क्षेत्र श्रीलंका आसपासमा छापा हानेको थियो। जसमा ६ जुवाडेबाट १ लाख ८९ हजार ९२० नगदसहित सवारीहरु बरामद गरिएको छ। प्रहरीले यसलाई यसपालिको हालसम्मकै ठूलो जुवा बताएको छ भने जुवाको विस्तृत विवरण भने आउन बाकी छ। र, यो पनि: धनगढीका ठूला जुवाडे समातिए, पैसा गन्दै प्रहरी

Read More

धनगढी: धनगढीमा ६ जना ठूला जुवाडे समातिएका छन्। धनगढी उपमहानगरपालिकाको १३ नम्बर वडा क्षेत्र श्रीलंका आसपासमा उनीहरू समातिएका हुन्। अहिले प्रहरीले जुवाखालबाट ६ जनालाई समातेर पैसा गनिरहेको बताइएको छ। प्रहरीले यसलाई यसपालिको हालसम्मकै ठूलो जुवा बताएकोमा लाख भन्दा बढी रुपैयाँ बरामदी रहेको जनाएको छ। यसको विस्तृत विवरण भने आउन बाकी छ।

Read More

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष (रेशमपत्नी) रञ्जिता श्रेष्ठबीचको बेमेल हटेपछि राजनीतिमा नयाँ संकेत देखिन थालेको छ। असोज ८ गते मिलन सन्देश जारीपछि संयुक्त बैठक बोलाएका रेशम र रञ्जिताले सरकारमा पार्टीको गर्विलो उपस्थिति खोज्न थालेका छन्। सरकारमा यतिखेर नाउपाबाट अरुण चौधरी पर्यटन राज्यमन्त्री छन्। तर उनलाई कुनै जिम्मेवारी नदिइएको उल्लेख गर्दै रेशमले आपत्ति जनाउँदै आएका छन्। आज आफ्नो जन्मदिनमा सार्वजनिक गरेको भिडियो सन्देशमा रेशमले प्रधानमन्त्रीको व्यवहार यस्तै रहेमा दशैँपछि सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। ‘अधिकार दिनुहोस्, जनताको बीचमा जाने अवसर दिनुहोस् भन्दा भन्दै ठूला दलले सुनिरहेको अवस्था छैन’, उनले भनेका छन्, ‘ठूला दलले यो कुरा नसुन्ने हो…

Read More

धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले एमालेका नेता भीम रावललाई तल्लो तहमा भ्रम नफैलाउन चेतावनी दिएका छन्। आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष जैशीले निर्वतमान उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री रावलले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग मेल नखाने गरि अनावश्यक रुपमा सामाजिक सञ्जालमा अन्तर्विरोध चर्काउने गरि लेखिएको विषयप्रति पार्टी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।  ‘पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक संवाद भइसकेपछि निरन्तरता दिनुपर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्जालमा लेखिरहने प्रवृत्ति पार्टीको लागि घातक हुने भएकाले केन्द्रीय अध्यक्षसँगै वार्ता अगाडी बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र शुभेच्छुकको बिचमा…

Read More