Author: महेन्द्रनगर पोष्ट

धनगढी : प्रथम लालसलाम कप भलिबल प्रतियोगिताकाे उद्घाटन खेलमा ऐश्वर्य बहुमुखी क्याम्पस विजयी भएको छ। धनगढीस्थित रंगशालामा आजदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश क्याम्पस स्तरीय भलिबल प्रतियोगिताको पहिलो खेलमा धनगढीकाे ऐश्वर्य बहुमुखी क्याम्पसले नाष्ट कलेजलाई २–० ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा नाष्टमाथि एमसीले एकतर्फी जित निकालेको हो। पहिलाे सेटमा २५-१३ र दाेस्राे सेटमा १५-२१ले नाष्टलाई पछि पार्दै ऐश्वर्यले साेजाे सेटले जित निकालेकाे हाे। अनेरास्ववियू क्रान्तिकारी कैलालीको आयोजनामा २०८१ सालको बैशाख २० देखि २४ गतेसम्म धनगढी रंगशालामा प्रदेशका विभिन्न क्याम्पसहरूबीच भलिबल प्रतियोगिता सञ्चालन भइरहेको हाे। प्रतियोगिताको विजेता हुनेले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ। यस्तै द्धितिय पुरस्कार ८१…

Read More

धनगढी : राष्ट्रिय महिला लिग छनोटमा सुदूरपश्चिमकी यशोदाकुमारी चिराल उच्च गोलकर्ता चयन भएकी छिन् ।प्रतियोगितामा आठ गोल गरेकी यशोदा उच्च गोलकर्ता चयन भएकी हुन । प्रतियोगिताको अन्तिम खेलमा बिहीबार सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध ३–० को जित निकाल्दै लिगको सुखद अन्त्य गरेको छ । यो जितसँगै ६ खेलबाट १५ अंकसहित सुदूरपश्चिमले दोस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्यायो । सात प्रदेशको सहभागिता रहेको प्रतियोगिताबाट कोसी प्रदेश च्याम्पियन हुँदै छनोट हुँदा सुदूरपश्चिम दोस्रो र कर्णालीले तेस्रो स्थानमा रहेर लिगको यात्रा निश्चित गरेका हुन् । प्रतियोगितामा बलियो मानिएको मधेस प्रदेश भने चौथो स्थानमा रहँदै बाहिरिएको छ । मधेसलाई राष्ट्रिय लिगमा छनोट हुन बिहीबार कर्णालीले हार्नुपर्ने…

Read More

काठमाडौं : चितवन राष्ट्रिय निकुञ्जमा गस्ती गर्न गएको नेपाली सेनाको टोलीका एक सैनिक आफ्नै साथीले हानेको गोली लागेर घाइते भएका छन् । गस्तीमा जाँदा भालुले कमाण्डरलाई आक्रमण गरेपछि जोगाउन गोली हान्दा भालुलाई छलेर सैनिक जवानलाई नै लागेपछि उनी घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान निकुञ्जको सौराहा क्षेत्रमा रहेको नयाँ गोरख गणबाट गएको नेपाली सेनाको टोलीका कमाण्डर हवल्दार लक्ष्मणकुमार थापालाई भालुले आक्रमण गरेको थियो । हवल्दार थापालाई जोगाउन उनकै टीमका सैनिकले हानेको गोली भालुलाई छेडेर अर्का सैनिक २३ वर्षका प्यूठ कुन्दन सिंहलाई लागेपछि उनी घाइते भएका छन् ।

Read More

काठमाडौँ : सामाजिक सञ्जालमा भाइरल भेलुबाजेका नामले परिचित प्यूठानका मिनबहादुर बुढाको निधन भएको छ। विभिन्न युट्युवरले लिएको अन्तवार्तामा ‘रफ’ शब्द बोलेर भाइरल भएका उनको बिहीबार प्यूठान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको आफन्तले जानकारी दिएका छन्। अत्याधिक मादकपदार्थ सेवनको कारण उनी अस्पताल भर्ना भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको उनका ज्वाइँले जानकारी दिए। केही समय अगाडि उनकी श्रीमतीको पनि मृत्यु भएको थियो।

Read More

धनगढी : धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडीबाट लागु औषधसहित ५ जना पक्राउ परेका छन् । अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उत्तरबेहडी बस्ने विकास नेपालीको घरबाट खैरो हिरोईनसहित ६ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा नेपालीसहित धनगढी-३ का १९ वर्षीय प्रवीण खड्का, सोही ठाउँका २१ वर्षीय लक्ष्मीप्रसाद जोशी, धनगढी-४ का १६ वर्षीय पारस खड्का, धनगढी-२ का २३ वर्षीय चेतन पनेरु र डोटीको जोरायल गाउँपालिका-१ का २२ वर्षीय बिक्रम पातली रहेका छन् । प्रहरीले उनिहरुको साथबाट ३. ८२० मिलिग्राम खैरो हिरोईन समेत बरामद गरेको छ । उनिहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखी घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले…

Read More

काठमाडौं : भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले लिङ्क काटिदिएका कारण नेपालको इन्टरनेट सेवा बन्द हुन पुगेको पाइएको छ । बिहीबार अपराह्न चार बजेदेखि एक्कासी नेपालका प्रमुख सेवा प्रदायकको इन्टरनेट सेवा प्रभावित भएको हो ।  बुधबार मात्रै एयरटेलले विभिन्न सेवा प्रदायकहरूलाई पत्राचार गर्दै लामो समयदेखि भुक्तानी प्राप्त नभएका कारण कुनै पनि बेला इन्टरनेट सेवा अवरुद्ध हुनसक्ने चेतावनी दिएको थियो ।  सोही विषयलाई लिएर इन्टरनेट सेवा प्रदायकहरूको साझा संस्था आइस्पानले केही दिन अघि पत्रकार सम्मेलन गर्दै इन्टरनेट बन्द हुनसक्ने परिस्थिति सिर्जना भएको जानकारी समेत गराएको थियो । 

Read More

काठमाडौं : वेस्टइन्डिज ‘ए’ले चौथो टी २० खेलमा घरेलु टोली नेपाललाई २८ रनले हराउँदै एक खेल अगावै सिरिज जितेको छ । पाँच खेलको सिरिजमा वेस्टइन्डिज ३–१ ले अघि छ । पहिलो खेल हारे पनि त्यसपछि लगातार तीन खेलमा जितका साथ सिरिज जितेको हो । ११० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १८१ रनमा अल आउट भएको छ । नेपालका कप्तान रोहित पौडेलले ४७ बलमा ७ चौका र ५ छक्कासहित सर्वाधिक ८२ रन बनाए पनि जित्नलाई पर्याप्त भएन । रोहितले पहिलो खेलमा ११२, दोस्रो खेलमा ७१ रन र तेस्रो खेलमा विश्राम गरेका थिए । रोहित बाहेक आजको खेलमा पनि अन्य ब्याटरले…

Read More

धनगढी : कैलालीमा बढ्दै गएको लागूऔषधको कारोबार रोक्न नेपाल/भारत सीमा सुरक्षाकर्मीको संयुक्त अपरेसन संचालन गरिएको छ। गत चैत्र अन्तिम साता भारतको पलियामा भएको सुरक्षाअधिकारीको समकक्षी बैठकमा लागूऔषधको कारोबारमा संलग्नहरू विरुद्ध संयुक्त अपरेसन गर्ने सहमति भएको थियो। बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले भारतीय कारोबारीको कारोबारस्थलमा छापा मारेर नियन्त्रण गर्नुपर्ने प्रस्ताव गरेका थिए। सोही समझदारी अनुसार नेपालका सुरक्षा अधिकारीले उपलब्ध गराएको विवरणका आधारमा भारतीय प्रहरीले कैलालीको धनगढी नजिक भारतीय बजार पलिया र बनगाउँबाट गत साता चार जना भारतीय कारोबारीहरूलाई ठूलो परिमाणमा ब्राउन सुगरसहित पक्राउ गरेको छ। कैलालीकै सीमा नाका भजनी, कुसुमघाट र टीकापुर क्षेत्रमा लागु पदार्थ कारोबार गर्ने भारतीय कारोबारीहरूको…

Read More

काठमाडौं : सरकारले एकैपटक ४८ जना उपसचिवहरुको सरुवा गरेको छ । विभिन्न मन्त्रालय, निकाय र स्थानीय तहमा कार्यरत ४ दर्जन उपसचिवहरुको सरुवा तथा पदस्थापन भएको हो । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले बिहीबार २७ जना प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरेको छ । सरुवा तथा पदस्थापन भएका र कामकाजमा खटाइएका उपसचिवहरुमध्ये केहीले जिल्ला समन्वय समितिमा जिम्मेवारी पाएका छन् भने केही विभिन्न मन्त्रालयहरुमा पनि सरुवा भएका छन् । हेर्नुस् सूची

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योग्यताक्रमका आधारमा विश्वविद्यालयका उपकुलपति नियुक्ति गरिएको बताए । हालै नियुक्त हुनुभएका पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपतिहरूले आज सिंहदरबारमा भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले उपकुलपति नियुक्ति प्रक्रियालाई पारदर्शी एवं प्रतिस्पर्धात्मक बनाएको बताएका हुन । पूर्वाञ्चल विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.विजुकुमार थपलिया, मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा ध्रुवकुमार गौतम र सुदूरपश्चिम विश्वविद्यालयका नवनियुक्त कुलपति प्रा.डा.हेमराज पन्तले आज नियुक्तिपत्र बुझेसँगै प्रधानमन्त्री एवं कुलपति प्रचण्डलाई भेट गरेका थिए । सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विश्वविद्यालयलाई प्रतिस्पर्धी एवं पारदर्शी तवरले सञ्चालन गर्न निर्देशन दिए। “विश्वविद्यालयको उपकुलपति नियुक्तिमा दलीय भागवण्डाको अन्त्यगरी प्रतिस्पर्धाका आधार जिम्मेवारी दिन सुरु गरिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने,…

Read More