धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउने भएको छ। आज अपराह्न सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक गर्दै छ। संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्नेमा सोही तयारी सुदूरपश्चिम सरकारको पनि छ। प्रदेश सरकारको बजेट प्रस्तुतिका लागि आज बेलुका ५ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३० अर्ब हाराहारीको बजेट ल्याउने जनाएको छ। चालु आर्थिक वर्षको लागि भने प्रदेश सरकारले ३१ अर्ब ५३ करोडकाे बजेट ल्याएकाे थियो। आर्थिक सर्वेक्षणअनुसार हालसम्म आठ अर्ब ७९ करोड ५१ लाख बजेट मात्र खर्च भएको छ।…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ। उक्त हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेका थिए। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना भएको थियो। दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हाे। हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो। खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ। जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन्। गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटनाको सुरुमा रिपोर्ट गरेका थिए। यसअघि जुन ७ मा केदारघाटीको बडासु हेलिप्याडबाट केदारनाथका लागि उडान भर्ने क्रममा हेलिकप्टरमा प्राविधिक गडबडी भएको थियो। पाइलटले रुद्रप्रयाग–गौरीकुण्ड राजमार्गमा आपतकालीन अवतरण गराएका थिए । यस क्रममा पाइलटको…
धनगढी: कञ्चनपुरको पुनर्वासमा धारिलो हतियार प्रहारबाट तीन जना घाइते भएका छन्। जिल्लाको पुनर्वास नगरपालिका–६ मनकामना टोलमा स्थानीय राजु सुनारले मदिरा सेवनपछि धारिलो हतियार प्रयोग गरी आक्रमण गरेको प्रहरीले जनाएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवनवस्तीका अनुसार, राजुले गोविन्द सुनारसँग विवाद गरेपछि ईट्टा र चक्कुजस्ता धारिलो वस्तु प्रयोग गरी तीन जनालाई कुटपिट गरेका हुन्। आक्रमणमा परी सुनिता सुनारको निधार र मुखमा, सुशीला सुनारको टाउकोमा तथा गोविन्द सुनारको निधार र टाउकोमा चोट लागेको छ। घाइतेहरूको पुनर्वासस्थित आईबिआरडी पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। घटना लगत्तै आरोपी राजु सुनार फरार भएका छन्। उनको खोजीका लागि प्रहरी निरीक्षक महेश विक्रम शाहीको कमान्डमा सात सदस्यीय…
धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिमरीका ३३ वर्षीय गणेश गिरी धनगढीमा मृत अवस्थामा फेला परेका छन्। भारतको मुम्बईबाट तीन वर्षपछि घर फर्किएका गिरी बिहीबार दिउँसो करिब ३ बजे डोके बजार पुगेका थिए। उनीसँगै आएका अन्य तीनजना साथीसहित डोके बजारस्थित कार्की होटलमा खाजा र मदिरा सेवन गरेको पारिवारिक स्रोतले जनाएको छ। खाजा खाइसकेपछि गिरी बेपत्ता भएका थिए। शुक्रवार बिहानसम्म पनि घर नफर्किएपछि उनका आफन्तले खोजतलास थालेका थिए। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा फोटोसहित निवेदन दिइएको थियो। गिरी शुक्रबार बिहान धनगढी उपमहानगरपालिका–३ विशालनगरस्थित नाला नजिकैको हिलोमा अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उद्धार गरी अस्पताल लैजाने प्रयास गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको…
कञ्चनपुरः कञ्चनपुरमा १३ वर्षीय बालक मृत फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–३ बिजपुरीस्थित संहारी टोल बस्ने बर्ष १३ को शुदर्शन डगौरा आफ्नै भुँईतले कच्ची टिनले छाएको घरको आँगनमा मृत अबस्थाबमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार शुदर्शनलाइ सर्पले टोकेको हुन सक्ने अनुुमान गरिएको छ।
धनगढी: नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशलाई संमृद्ध र विकसित बनाउने अभियानमा सबैले संयुक्त रूपमा लाग्नुपर्ने बताएका छन्। एमाले सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागले प्रकाशित गरेको ‘सूर्य युग’ मुखपत्रको विमोचन कार्यक्रममा बोल्दै भट्टले प्रदेशको स्रोत साधनको पहिचानमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउने लक्ष्य रहेको बताए। ‘सुदूरपश्चिमलाई सबैभन्दा विकसित प्रदेश बनाउने हाम्रो लक्ष्य हो, सबै मिलेर यो लक्ष्य हासिल गर्नुपर्छ’, भट्टले भने। उनले पार्टीभित्र देखिएको देखावटी एकताको आलोचना गर्दै आन्तरिक गुटबन्दी अन्त्य गरी संगठनात्मक एकता र रुपान्तरणको बाटो अँगाल्नुपर्ने आवश्यकता औंल्याए। आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउन सबै कार्यकर्तालाई एकजुट भएर लाग्न पनि उनले आग्रह गरे। कार्यक्रममा…
धनगढी: सुदूरपश्चिम प्रदेश सभामा प्रमुुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद ओमबिक्रम भाट सरलले प्रदेशमा २ पक्षमात्र देखिएको जनाएका छन्। पूर्वमन्त्रीसमेत रहेका उनले सभामा प्रतिपक्षीको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाएर प्रदेशमा बजेट र सत्ता पक्षमात्र देखा परेको जनाएका हुन्। प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्दै उनले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्। ‘सुदूरपश्चिम प्रदेशमा सत्ता पक्ष र बजेट पक्षमात्र देखियो। प्रतिपक्षी कोमामा रहेको अनुभुतभो’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर यत्तिमात्र कामना छ, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मलामी जान विवश हुने दिन नआओस्।’ बजेट निर्माणका सन्दर्भमा प्रतिपक्षको भूमिकामाथि उनले प्रश्न उठाएका हुन्। सदनमा आफ्नै पार्टीको भूमिकाप्रति उनको असन्तुष्टि छ। यसअघि…
धनगढी: कैलालीमा हिजो (बिहीबार) प्रहरीले गरेको इन्काउन्टर अपरेसन ‘फेक’ भएको बुझिएको छ। नेपाल तथा भारतस्तरीय उच्च प्रहरी स्रोतका अनुसार कैलालीमा गरिएको हाफ इन्काउन्टर ‘फेक’ भएको खुलेको हो। उसो त, कैलाली प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा (युवकमाथि) धारिलो हतियार प्रहार गर्ने घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरेको जानकारी दिएको थियो। तर, प्रहरीले दिएको सो जानकारी पनि झुटो भएको खुलेको छ। १५ जेठमा टीकापुर नगरपालिका–१ का ३१ वर्षीय टेकेन्द्र सिंह विष्टमाथि क्याफेमा कफी पिइरहेको बेला खुकुरी र चक्कु प्रहार भएको थियो। घटनामा संलग्न रिदम ढुंगाना र मिलन चन्द त्यस दिनदेखि फरार थिए। स्रोतका अनुसार उनीहरू फरार भएर भारतको…
धनगढी: कैलालीमा सर्पले टोक्दा एक शिक्षिकाको मृत्यु भएको छ। गोदावरी नगरपालिकाको शारदा माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका पार्वती अवस्थीको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ। गोदावरी नगरपालिका–८ को श्रीपुरमा प्रावि तहमा कार्यरत शिक्षिका अवस्थीलाई बिहिवार सर्पले टोकेको थियो। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। अवस्थीको उपचारका क्रममा मृत्यु भएको हो। अवस्थी धनगढी उपमहानगरपालिका–३ बोराडाँडीकी स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ।
काठमाडौं: नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन्। कडरियाले ७३२ मत ल्याएर अध्यक्ष जित्दा पौडेलले ७२५ मत ल्याए।