हेटौंडा : मकवानपुरमा मोटरसाइकलको ठक्करबाट एक जना प्रहरी जवानको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित पूर्वपश्चिम सडकखण्डमा ना ४३ प २२२ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा एक जना प्रहरी जवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। मोटरसाइकलले डडेल्धुरा आतिलाल गाउँपालिका–६ घर भई बागमती प्रदेश प्रहरी गण हेटौंडामा कार्यरत २५ वर्षीय प्रहरी जवान विनोद ऐडीलाई ठक्कर दिएको हो । प्रहरी जवान एडी पिटी गर्नेक्रममा दौडिरहेका थिए । दुर्घटनापछि घाइते भएका प्रहरी जवान ऐडीको हेटौंडा अस्पताल मृत्यु भएको डिएसपी भण्डारीले बताए । मोटरसाइकलले अन्य दुई जना प्रहरीलाई पनि ठक्कर दिएको थियो । ठक्करबाट प्रहरी जवान नवराज सार्कीको दायाँ हात…
Author: महेन्द्रनगर पोष्ट
धनगढी : नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट आफ्नो पार्टीलाई एउटा सिट दिने समझदारी भइसकेको बताएका छन् । कैलालीको धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै चौधरीले पुस २१ गते बस्ने सत्तारुढ गठबन्धनको बैठकले त्यसबारे निर्णय गर्ने बताए । राष्ट्रिय सभामा १९ पदका लागि आगामी माघ ११ गते हुने निर्वाचनका लागि यही पुस २२ गते मनोनयन दर्ता हुँदैछ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गठबन्धनका नेताहरुसँग छलफलमा बसेका बेला नाउपालाई एक सिट दिने समझदारी सत्ता गठबन्धनमा भइसकेको बताएको उनले जानकारी दिए ।
काठमाडौं : फेसबुकमा फेक आइडी बनाएर ठगी गर्न खोज्ने तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा पोखरा–२९ का २२ वर्षीय अनुराग घिमिरे, चितवनको रत्ननगर–१३ का २० वर्षीय प्रवेश रिमाल र सिरहाको लहान नगरपालिका–१ का २१ वर्षीय युनिक सिंह रहेका छन् । फेसबुकमा महिलाको नामको फेक आईडी बनाएर पुरुष व्यक्तिहरुलाई साथी बनाउने र ठगी गर्न खोज्ने उनीलाई कास्की प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीहरूले फेसबुकमा केटीको नामको आईडी बनाएर पुरुषलाई साथी बनाउने र भिडिओ कल गरी अश्लील भिडिओहरू देखाएर स्क्रिन रेकर्ड गरी रकम नदिए भिडिओ पोस्ट गरिदिन्छु भनी ब्ल्याकमेल गर्दै धम्की दिने गरेको भन्ने उजुरीका आधारमा उनीहरुलाई पक्राउ…
भजनी : कर्णाली नदीका कारण कैलालीको टीकापुर नगरपालिकाका उच्च जोखिममा परेको छ । टीकापुर –७ मा पर्ने सत्ती कर्णाली सामुदायिक वनमा नदी तटबन्ध छोडेर करिब २० मिटर कटान गरेपछि टीकापुर–७, ८ र ९ का सबै स्थानीय प्रभावित हुने देखिएको छ । कर्णाली नदीका कारण अहिले १५ हजारभन्दा बढी जनसङख्या विस्थापित हुने स्थितिमा रहेको स्थानीय जितबहादुर चौधरीले जानकारी दिए। उनले तत्काल नदी नियन्त्रणको काम हुनुपर्ने बताए । “हिउँदको समयमा पनि नागरिक त्रासमा छन् । नदीको धार बस्ती केन्द्रित भएर बग्न थालेको छ । उनले भने, “समयमै काम हुन सकेन भने जतिबेला जे पनि हुनसक्छ ।” नदीले तटबन्ध गएको बर्सातको समयमा नदीले…
धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१ भवानी टोलबाट १ ग्राम ५४० मिलीग्राम खैरो हेरोइनसहित सोही ठाउँका ५० वर्षीय माधव भट्ट मंगलबार दिउँसो पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट शान्तिनगर कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भट्टको घर अगाडी रहेको खोका भित्र चेकजाँच गर्दा लागुऔषध फेला पारी पक्राउ गरेको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउन उनको दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई आग्रह गरेका छन्। दाहालले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार टेलिफोन गरी मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाइदिन आग्रह गरेको स्रोतले बतायो। रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउनुपर्ने माग राखेर ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय क्षेत्रआसपास शुक्रबार गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई युवकको ज्यान गएको थियो। यसमा भौतिक योजना तथा यातायातमन्त्री ज्वाला पनि जिम्मेवार देखिएपछि प्रधानमन्त्री दाहालले उनलाई सरकारबाट फिर्ता बोलाउन अध्यक्ष नेपालसमक्ष आग्रह गरेका हुन्। मन्त्री ज्वाला झन्डावाला गाडीसहित बालकुमारी हुँदै कोटेश्वर जाने क्रममा…
दार्चुला : दार्चुला ओखरखेतीका लागि परिचित छ। ओखरखेतीतर्फ आकर्षित भएका यहाँका किसानले व्यावसायिकरुपमै ओखरखेती गर्न थालेका छन्। सरकारले दार्चुलालाई ओखरखेतीघोषणा गरेपछि यहाँका किसान उक्त खेतीतर्फ थप आकर्षित भएका हुन्। विगतदेखि नै ओखरखेती गर्दै आएका शैल्यशिखर नगरपालिका–६ का विष्णुसिंह धामीले ओखर खेतीलाई थप विस्तार गर्दै आएका छन्। बुवा र बाजेले लगाएका पाँच दस बोटबाट खेती सुरु गरेका धामीको बारीमा अहिले साना र ठूलो गरेर एक सय ७५ ओखरका बोट छन्। हाल उनको बारीमा भएका ६५ बोटले उत्पादन दिइरहेका र बारीबाटै बेर्ना समेत बिक्री हुँदै आएको छ। धमीले भने,‘बेर्ना कम उत्पादन भयो एक हजार बेर्नाको अर्डर थियो आवश्यकभन्दा कम बेर्ना उत्पादन भए।…
कञ्चनपुर : नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा, स्याली लगायतका नदीमा प्रहरीले निगरानी बढाएको छ। नदीमा नदीजन्य पदार्थ (ढुङगा, गिट्टी, बालुवा) का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ। इलाका प्रहरी कार्यालयऽ झलारीका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार आव २०८०/०८१ को हालसम्म अवैध रूपमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने १४ ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ। ‘नदीजन्य पदार्थ चोरी निकासी गर्ने कार्यमा संलग्न ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कृष्णु र शुक्लाफाँटा नगरपालिकामा बुझाएका छौं’, उनले भने, ‘ती ट्र्याक्टर सञ्चालकबाट जरिवानास्वरुप रु तीन लाख रकम असुल उपर गरिएको छ।’ जरिवाना लिन थालेपछि अवैधरुपमा…
कैलाली : कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका-३ गोराङ्गेस्थित से १ त २३२७ नम्बरको ट्याक्टरबाट खसेर जानकी गाउँपालिका-६ जगतपुरका ६० वर्षीय देवबहादुर शाहको मंगलवार साँझ मृत्यु भएको हो। ट्याक्टर चालक जानकी गाउँपालिका-६ जगतपुरका ३६ वर्षीय दयाशंकर चौधरीलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
बझाङ : बझाङको भैरवनाथ स्वास्थ्य चाैकीका इन्चार्ज मृत अवस्थामा फेला परेका छन् । अस्ति(सोमबार)देखि बेपत्ता रहेका केदारस्यू गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय महेन्द्रबहादुर मल्ल मृत अवस्थामा सेतीकाे किनारमा फेला परेका हुन् । हिजो(मंगलबार) साँझ सेती नदिमा माछा मार्ने व्यक्तिले उनकाे शव देखेपछि प्रहरी र स्थानीयलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय जनाएको छ ।