Author: महेन्द्रनगर पोष्ट

पोखरा : ठगी गरेको आरोपमा पोखरा वडा नम्बर ६ का सदस्य सहित ४ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा वडा सदस्य ४२ वर्षका दीपेन्द्र पहारी, पोखराको लेकसाइड बस्ने २४ वर्षका अभिषेक परियार, २२ वर्षका प्रवीन विश्वकर्मा र ४१ वर्षका विकास पहारी छन्। लेकसाइडको फुटट्रयाकमा फोटोग्राफी गरे बापत व्यवसायीहरूसँग धम्क्याएर प्रतिव्यक्ति १३ हजार ५ सयका दरले लिएको आरोप उनीहरूलाई छ। व्यवसायीहरूले नै उनीहरू विरुद्ध जाहेरी दिएका प्रहरीले जनाएको छ। उनीहरू विरुद्ध १० दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका डीएसपी श्रवणकुमार विकले जानकारी दिए।

Read More

काठमाडौं: काठमाडौंको नागढुंगा चेकपोस्टमा शुक्रबार गरिएको चेकिङमा लापसे गरी गाडी चलाउने ७ जना चालकलाई नियन्त्रणमा लिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। बा ४ ख ५५ १५ नम्बरका बस चालक  धादिङको निलकण्ठ नगरपालिका ३ का ३५ वर्षीय रमेश राम शाक्य, ना ८ ख ८४ ९४ नम्बरका बस चालक कञ्चनपुरको शुक्लाफाटा नगरपालिका ११ घर भएका ३२ वर्षीय विक्रम विष्ट, ग १ ख २५ ३१ नम्बरका हाइस चालक चितवन घर भएका  ३७ वर्षीय डिल्ली राम काफ्ले र ग १ ज ८० ९८ नम्बरका ट्याक्सी चालक तनहुँको भानु नगरपालिका १ का २१ वर्षीय राजु गोतामेलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । त्यस्तै…

Read More

कञ्चनपुरः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको वार्षिक कार्यक्रम अन्तर्गत क्यामेरा ट्रयापिंङ विधिबाट बाघको गणना तथा आहारा प्रजातीको अनुगमन सुरु गरिएको छ। सन् २०२२ मा गरिएको राष्ट्रिय गणनाअनुसार यहाँ बयस्क बाघको संख्या ३६ रहेको छ। नेपालमा हरेक चार वर्षमा बाघको राष्ट्रिय गणना गरिँदै आएको छ। २०२१ देखि निकुञ्जले स्थानीयस्तरमा पनि हरेक वर्ष गणना गर्दै आएको छ। कम घनत्व भएका र चोरी शिकारको जोखिम भएका संरक्षित क्षेत्रमा बाघको नियमित अनुगमन गर्ने कार्यक्रम अन्तर्गत शुक्लाफाँटामा पनि वर्षेनी गणना गरिँदै आएको हो। ३ सय ५ वर्ग किलोमिटर क्षेत्रफल रहेको निकुञ्जलाई २/२ वर्गकिलोमिटरका ९२ ग्रिडमा विभाजन गरिएको छ। हरेक ग्रिडमा बाघ हिँडने बाटो पहिचान गरि एक/एक जोडी स्वचालित…

Read More

काठमाडौँ:  हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव  रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार  देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।  कोशी प्रदेशको पहाडी भू-भागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी  र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

काठमाडौं : महालेखा नियन्त्रक कार्यालयले लेखा समूहका ५०८ जना कर्मचारीको एकै पटक सरुवा गरेको छ । महालेखा नियन्त्रक कार्यालयले बिहीबार ३४ उपसचिव (प्रमुख कोष नियन्त्रक र उप–महालेखा नियन्त्रक), १२२ शाखा अधिकृत (लेखा अधिकृत र कोष नियन्त्रक) र ३५२ नायब सुब्बा (लेखापाल) गरेर ५०८ जना लेखा समूहका कर्मचारीको सरुवा गरेको हो । यस अघि महालेखा नियन्त्रक कार्यालयले गत वैशाखमा लेखा समूहका ६ जना उपसचिव र ४४ जना शाखा अधिकृतको सरुवा गरेको थियो । काे कहाँ पुगे ? FEGO-SaruwaDownload

Read More

काठमाडौँ : जर्मनी सरकारले करिब रु पाँच अर्ब नौ करोड अनुदान सहायता प्रदान गर्ने भएको छ । उक्त सहायता सम्झौतामा हस्ताक्षर गर्न सरकारले अर्थ मन्त्रालयलाई अख्तियारी दिएको छ । मन्त्रिपरिषद्को बिहीबारको निर्णयबारे जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले उक्त जानकारी दिएकी हुन् । बैठकले विश्व बैंकबाट प्राप्त हुने करिब रु १३ अर्ब ऋणसम्बन्धी सम्झौताको दस्तावेजलाई अन्मित रूप दिन र बैंकसँग वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । सरकारका प्रवक्तासमेत रहेकी मन्त्री शर्माले पोलिटेक्निक इन्स्टिच्युट स्थापना र रासायनिक मल खरिदका लागि साउदी अरबबाट प्राप्त हुने २० लाख अमेरिकी…

Read More

कञ्चनपुरः कञ्चनपुरमा मोटरसाइकल ट्याक्टरसँग ठोक्किदा एक जनाको मृत्यु भएको छ। रोकीराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बिहीवार राति दुर्घटना भएको हो। दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्। दुर्घटनामा मोटरसाइकल चालक पुनर्वास–५ का २१ वर्षीय अभिषेक रानाको उपचारका क्रममा मृत्यु भएको छ। त्यस्तै १९ वर्षीय अनुप राना र १८ वर्षीया रञ्जिता राना घाइते भएका छन्। अनुपको टाउको, मुख तथा रञ्तिाको दाहिने खुट्टा र दुबै हातमा चोट लागेको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीले जनाएको छ। घाइते दुबै जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ। पुनर्वास नगरपालिका–३ रामबस्तीका बमबहादुर तामाङले माइली बजारमा रोकेर राखेको ट्याक्टरमा मोटरसाइकलले ठक्कर दिदा…

Read More

कञ्चनपुरः कञ्चनपुरबाट चोरी मुद्दाका फरार एक जना पक्राउ परेका छन्। जिल्ला अदालत कञ्चनपुरले २०८० अषाढ २७ गते चोरी मुद्दामा पाँच महिना ७ दिन कैद भुक्तान गर्न बाँकी हुँदै फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो। भीमदत्त नगरपालिका–८ का बसन्त सुनारलाई कञ्चनपुर प्रहरीले घर ठेगानाको आधारमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको हो। पक्राउ परेका सुनारलाई तोकिएको कैद सजाय भुक्तान गर्न कारागार चलान गरिएको छ।

Read More

काठमाडौँ : त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन परीक्षण गर्दा विसुद्ध सुन रहेको पुष्टि भएको छ । भन्सार कार्यालयले बिहीबार राति त्रिभुवन विमानस्थलबाट बरामद गरेको १४ किलो सुन विसुद्ध सुन रहेको पुष्टि भएको भन्सार कार्यालयको प्रयोगशाखा शाखाले जनाएको हो । भन्सार कार्यालयले उक्त सुनसहित बिहीबार राति दुई जनालाई पक्राउ गरेको थियो । शुक्रबार भन्सार विभागमा गरिएको परीक्षणमा ९९.९९९ विसुद्ध सुन रहेको पुष्टि भएको छ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डले बताए ।

Read More

डडेल्धुरा : हिजो(बिहिवार) महेन्द्रनगर पोष्टमा ‘वनमा अवैध टहरा बनाएर मौरडाका ‘हेडसर’ले मदिरा व्यापार गरेपछि…’ भन्ने शिर्षकको समाचार प्रकाशित भएको समाचारप्रति नेपाल शिक्षक महासंघ डडेल्धुराले आपत्ति जनाएको छ। शुक्रबार शिक्षक महासंघ जिल्ला कार्य समितिले एक विज्ञप्ति जारी गर्दै बैजनाथ माध्यमिक विद्यालय अमरगढी नगरपालिका -२ र सोही  विद्यालयका प्रधानाध्यापक मोहनसिंह धामीको नाम जोडी प्रकाशित  समाचारको शीर्षक र सामाचारप्रति आपत्ति जनाउँदै ध्यानाकर्षण भएको जनाएको हो। अध्यक्ष हेमराज ओझा र सचिव ताराप्रसाद अवस्थीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ,  ‘कुनै पनि व्यक्तिको पारिवारका सदस्यहरुको पेसा व्यवसायको विषयलाई शिक्षक, प्रअ तथा विद्यालयको नाम जोडी प्रकाशन गरिएको भ्रामक समाचारप्रति नेपाल शिक्षक महासंघ, डडेल्धुरा खेद प्रकट गर्दै घोर आपत्ति प्रकट…

Read More