Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीमा झन्डै दुई लाख रुपैयाँ नगदसहित ६ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१३ को श्रीलंका टापुमा जुवा खेलिरहेको अवस्थामा सोमबार साँझ ६ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा बैतडीको सुनर्या गाउँपालिका–२ बस्ने ३५ वर्षीय करन बिष्ट, पाटन नगरपालिका–४ बस्ने ३५ वर्षीय सुरेन्द्र बिष्ट, धनगढी उपमहानगरपालिका–२ बस्ने ३९ वर्षीय सुरेश बुढाऐर, धनगढी–१ बस्ने ३४ वर्षीय पुष्प बिष्ट, ३८ वर्षीय ज्ञानबहादुर रोकाया र गोदावरी नगरपालिका–१ बस्ने पदम साउँद रहेका छन्। वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले उनीहरुलाई एक लाख ८९ हजार ९२० रुपैयाँ नगदसहित पक्राउ गरेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले…

Read More

धनगढी: धनगढीमा ६ जना ठूला जुवाडे समातिएकोमा झण्डै २ लाख बरामद गरिएको जनाइएको छ। वडा प्रहरी कार्यालय धनगढीको टोलीले सो जुवा समातेको हो। आज प्रहरीले गोप्य सूचनाको आधारमा धनगढी उपमहानगरपालिकाको १३ नम्बर वडा क्षेत्र श्रीलंका आसपासमा छापा हानेको थियो। जसमा ६ जुवाडेबाट १ लाख ८९ हजार ९२० नगदसहित सवारीहरु बरामद गरिएको छ। प्रहरीले यसलाई यसपालिको हालसम्मकै ठूलो जुवा बताएको छ भने जुवाको विस्तृत विवरण भने आउन बाकी छ। र, यो पनि: धनगढीका ठूला जुवाडे समातिए, पैसा गन्दै प्रहरी

Read More

धनगढी: धनगढीमा ६ जना ठूला जुवाडे समातिएका छन्। धनगढी उपमहानगरपालिकाको १३ नम्बर वडा क्षेत्र श्रीलंका आसपासमा उनीहरू समातिएका हुन्। अहिले प्रहरीले जुवाखालबाट ६ जनालाई समातेर पैसा गनिरहेको बताइएको छ। प्रहरीले यसलाई यसपालिको हालसम्मकै ठूलो जुवा बताएकोमा लाख भन्दा बढी रुपैयाँ बरामदी रहेको जनाएको छ। यसको विस्तृत विवरण भने आउन बाकी छ।

Read More

काठमाडौं: नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी र अध्यक्ष (रेशमपत्नी) रञ्जिता श्रेष्ठबीचको बेमेल हटेपछि राजनीतिमा नयाँ संकेत देखिन थालेको छ। असोज ८ गते मिलन सन्देश जारीपछि संयुक्त बैठक बोलाएका रेशम र रञ्जिताले सरकारमा पार्टीको गर्विलो उपस्थिति खोज्न थालेका छन्। सरकारमा यतिखेर नाउपाबाट अरुण चौधरी पर्यटन राज्यमन्त्री छन्। तर उनलाई कुनै जिम्मेवारी नदिइएको उल्लेख गर्दै रेशमले आपत्ति जनाउँदै आएका छन्। आज आफ्नो जन्मदिनमा सार्वजनिक गरेको भिडियो सन्देशमा रेशमले प्रधानमन्त्रीको व्यवहार यस्तै रहेमा दशैँपछि सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। ‘अधिकार दिनुहोस्, जनताको बीचमा जाने अवसर दिनुहोस् भन्दा भन्दै ठूला दलले सुनिरहेको अवस्था छैन’, उनले भनेका छन्, ‘ठूला दलले यो कुरा नसुन्ने हो…

Read More

धनगढी: नेकपा एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशीले एमालेका नेता भीम रावललाई तल्लो तहमा भ्रम नफैलाउन चेतावनी दिएका छन्। आज एक विज्ञप्ति जारी गर्दै अध्यक्ष जैशीले निर्वतमान उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री रावलले लेनिनवादी सङ्गठनात्मक सिद्धान्तसँग मेल नखाने गरि अनावश्यक रुपमा सामाजिक सञ्जालमा अन्तर्विरोध चर्काउने गरि लेखिएको विषयप्रति पार्टी प्रदेश कमिटीको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।  ‘पार्टी केन्द्रीय अध्यक्षसँग एक पटक संवाद भइसकेपछि निरन्तरता दिनुपर्नेमा बोलाएपछि मात्र जान्छु भन्ने र अन्य नेतृत्वसँग आफ्नो व्यक्तिगत केही छैन भनिसकेपछि सामाजिक सञ्जालमा लेखिरहने प्रवृत्ति पार्टीको लागि घातक हुने भएकाले केन्द्रीय अध्यक्षसँगै वार्ता अगाडी बढाउन तथा तल्ला कमिटी तथा पार्टीका कार्यकर्ता र शुभेच्छुकको बिचमा…

Read More

चैनपुर (बझाङ)- तारा थापालाई एकैपटक टाउको दुख्ने, रिङ्गाटा लाग्ने, ज्वरो आउनेलगायत समस्याले च्याप्यो। घरायसी काममा दौडधुप बढी भएपछि बिरामी परेकी उनलाई हत्तपत्त सञ्चो हुने अवस्था थिएन। स्वास्थ्य चौकीमा परीक्षण गर्न जाँदा स्वास्थ्यकर्मीले दैनिक तीनपटक खानु भनेर ‘सिटामोल’ मात्रै थमाए। त्यसले बिसेक नभएपछि थप उपचारका लागि उनी खप्तड राष्ट्रिय निकुञ्जमा रहेको नेपाली सेनाको स्वास्थ्य उपचार केन्द्रमा गइन्। त्यहाँ गएपछि भने उनलाई केही दिनमै सञ्चो भयो। खप्तडछान्ना गाउँपालिका –६ राजकोटकी तारा उपचार गर्न खप्तड गएपछि भारतबाट आएका छिमेकी भने अचम्ममा परेका थिए। “उपचारका लागि सहरतिर जानुभन्दा लेकतिर गएपछि अचम्म लाग्यो”, १५ वर्ष भारतमा काम गरेर फर्किएका देवकुमार थापाले भने, “सबै उपचार गर्न…

Read More

धनगढी: सशस्त्र प्रहरी बल नेपालले कैलालीस्थित त्रिनगर भन्सार क्षेत्रमा कडाई गरेको छ। चाडपर्वमा नेपाल भारत सीमानाका गौरिफन्टा हुँदै सुदूरपश्चिमेलीहरु निरन्तर स्वदेश फर्किरहेका छन्। सोही क्रममा नेपालीहरुलाई ठगिन नदिन सीमामा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले कडाई गरिएको जनाएको छ। जसमा त्रिनगर प्रहरी, सशस्त्र प्रहरी बल नेपालका डीएसपी बिष्णुराज उप्रेतीसहितको टोली खटिएको छ। जसमा टोलीले भारतीय क्षेत्रमा हुने लुट, नेपालमा लिइने अचाक्ली भाडा तथा अवैध लेनदेन गर्ने अटो चालकलाई नियन्त्रणमा लिने कार्य गरिरहेको छ। यस्तै सशस्त्रले भन्सार छली पनि रोक्न सक्रियता बढाएको जनाएको छ।

Read More

काठमाडौं: दरबारमार्गस्थित याक एण्ड यती होटललाई तीन लाख रुपैयाँ जरिवाना तिराइएको छ।  बजार अनुगमनको क्रममा होटलले गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कारबाहीस्वरुप जरिवाना गरेको हो।  विभागका अनुसार होटलले तोकिएकोभन्दा बढी मूल्यमा पानी बेच्नुका साथै म्याद गुज्रिएको सामानसमेत बिक्री गरेको पाइएको छ।  त्यस्तै, काठमाडौं महानगरपालिका–१७, मा रहेको रन्जीता ब्युटी होम एण्ड सक्रिन केयरलाई पनि ७५ हजार रुपैयाँ जरिवानाको कारवाही भएको छ। मूल्यसूची तथा दर्ता प्रमाणपत्र नराखेवापत विभागले कारवाही गरेको हो।

Read More

बिर्तामोड: दुर्गा प्रसाईं पक्राउको विरोध गर्दै उनका समर्थकद्वारा आगजनी गरिएको भारतीय ट्रक चालकको मृत्यु भएको छ। बिर्तामोड नगरपालिका–६ गिरीबन्धु टी–स्टेट नजिक प्रसाईं समर्थकले चालकलाई बाहिर निस्किन नदिई डब्ल्यु बी ७३ इ ३०५६ नम्बरको ट्रकमा आगजनी गरेका थिए। सुनसरीको दुहबीमा जुट (पाटा) पुर्‍याएर पूर्वतर्फ आउँदै गरेको ट्रकमा १०/१२ जनाको समूहले आगजनी गरी फरार भएको थियो। ट्रकमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा ईलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिइएको थियो। आगलागीबाट ट्रर्कको अगाडिको भाग पूर्ण रुपमा जलेर नष्ट भएको थियो। आगलागीबाट ट्रर्कका चालक भारत इस्लामपुर बस्ने वर्ष ४० को प्याड रोयको दाहिने हातको पाखुरा र ढाड जलेर घाइते…

Read More

विराटनगर: मोरङमा सवारी दुर्घटनामा परी दुई प्रहरी जवानको मृत्यु भएको छ। आइतबार कोशी राजमार्ग र पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा परी नेपाल प्रहरी र सशस्त्र प्रहरीका एक–एक जवानको मृत्यु भएको हो । एक जना घाइते भएका छन्। प्रहरीका अनुसार पूर्व–पश्चिम राजमार्गअन्तर्गत बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक साँझ ६ः४० बजेतिर कार र मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा अस्थायी प्रहरी चौकी नडाहा सुनसरीमा कार्यरत प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार र पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो। दुर्घटनालगत्तै प्रहरीले कार र चालक…

Read More