Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : सैनिक श्रीमती सङ्घको सक्रियतामा निकट भविष्यमा काठमाडौँमा फरक क्षमताका बालबालिका लक्षित विद्यालय सञ्चालन हुने भएको छ । सैनिक श्रीमती सङ्घको ४०औँ वार्षिकोत्सवका अवसरमा जङ्गी अड्डामा आज आयोजित कार्यक्रममा उक्त जानकारी दिइएको हो । त्यस अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले सङ्घको वार्षिक मुखपत्र ‘सेवा सुमन’को विमोचन गरे । प्रधान सेनापतिले मुखपत्रमा उत्कृष्ट लेखरचनाका सर्जक तथा मूल्याङ्कन समितिका सदस्यहरूलाई पुरस्कार तथा प्रशंसापत्र प्रदान गरे । सङ्घले यस वर्ष बाल दिवसको उपलक्ष्यमा आयोजना गरेको अन्तरसैनिक महाविद्यालय चित्रकला, कविता तथा निबन्ध प्रतियोगिताका उत्कृष्ट छात्रछात्रा एवं प्रतियोगिताहरूका मूल्याङ्कन समितिका सदस्यहरूलाई पनि प्रधान सेनापतिले पुरस्कार तथा प्रमाणपत्र वितरण गरे । सोही अवसरमा प्रधानसेनापतिले सङ्घले हरेक…

Read More

काठमाडौं : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्यूब च्यानललाई कारबाहीको लागि सिफारिस गरेको छ । निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिइ जनमानसमा भ्रम फैलाउने, कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लिल सामग्री सम्प्रेषण भइ आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको कान्सिलले जनाएको छ । मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्यूरो)मा पत्राचार गरिएको काउन्सिलका सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मिडिया अन्तर्गत सञ्चालनमा रहेकाको हकमा पत्रकार आचारसंहिताको व्यवस्थाबमोजिम नै कारबाही प्रक्रिया अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ । असअघि सञ्चार…

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन्। जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्र संघीय सम्मेलन (कोप २८) मा सहभागी हुन गत बुधवार संयुक्त अरब इमिरेट्स दुबई गएका प्रधानमन्त्री ‘प्रचण्ड’ आज साँझ साढे ६ बजे काठमाडौँ आइपुगेका हुन्। सम्मेलनमा प्रधानमन्त्री ‘प्रचण्ड’ शुक्रबार र शनिबार विभिन्न बैठकहरूमा सहभागी भएका थिए। शनिबार उनले कोप २८ लाई सम्बोधन गर्दै विकसित देशहरूका कारण नेपालजस्तो कम विकसित मुलुकहरूले जलवायु परिवर्तनको मार खेप्नु परेको बताएका थिए।

Read More

धनगढीः भारतको पलियामा कैलालीको धनगढी आउँदै गरेको स्कृटरलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्। भारतीय नम्बरको ट्रकले स्कुटरलाई ठक्कर दिँदा दुई नेपाली घाइते भएका छन् भने घाइतेहरुको पहिचान खुल्न सकेको छैन । सुदूरपश्चिम प्रदेश ०१०११ प ५२८३ नम्बरको स्कुटरलाई भारतीय नम्बरको ट्रकले आज ठक्कर दिएको हो। यस विषयमा थप जानकारी लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। स्कुटरमा सवार एक महिला र एक जना पुरुष घाइते भएको भिडियो तथा तस्वीर प्राप्त भएको छ। विस्तृत विवरण आउन बाँकी नै छ। भिडियो:

Read More

डडेल्धुरा : डडेल्धुरा अस्पतालमा कार्यरत डा. असिम पाण्डेयले घरघरमा गएर स्वास्थ्य परामर्श दिने भएका छन्। हप्ताको एक दिन नि:शुल्क स्वास्थ्य परामर्शका लागि उनी बुद्धबुद्धाको घरघर जाने भएका हुन्। उनले दिने यो सुविधा अमरगढी नगरपालिका बासीले मात्रै पाउने भएका हुन्। पहिलो चरणका लागि आगामी हप्तादेखी अमरगढी नगरपालिका क्षेत्रभित्र उनले नि:शुल्क परामर्श दिने छन्। जाडोयाम बढेसँगै ७० वर्ष उमेरमाथिका ज्येष्ठ नागरिकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ परामर्श सेवा प्रदान गर्न लागेको डाक्टर पाण्डेयले बताए। सेवा लिन चाहनेले ९८४८७३७९२१ मा सम्पर्क गर्न सक्नेछन्। जाडो याममा अस्पतालसम्म पुग्न नसक्ने बुढापाका तथा सहाराबिहीनलाई टेवा पुग्ने उदेश्यले यो अभियान चालिएको डा. पाण्डेय बताउँछन्। डा. पाण्डेयको पुर्खाैली घर…

Read More

काठमाडौं : बलात्कारको झुटा जाहेरी दिएर फसाउन खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन् । काठमाडौं प्रहरीले ३१ वर्षीया कमला (नाम परिवर्तन) लाई पक्राउ गरेको हो । कमलाले नेपाली सेनाका अवकाशप्राप्त कर्मचारीविरुद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । तर घटना झुटो रहेको भन्दै विशाल (नाम परिवर्तन) ले कमला र उनलाई प्रयोग गर्ने रमेश (नाम परिवर्तन) विरुद्ध जाहेरी दिएका थिए । विशालका अनुसार उनले गत असोज १ नेपाली सेनाको जागिर छाडेका थिए । कमलाले साउन २ गते विशालले कोटेश्वरमा रहेको मितेरी गेस्ट हाउसमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् । ती महिलासँग आफ्नो भेट नभएको र होटल पनि…

Read More

काठमाडौं : नेपालका लागि श्रीलंकाका नवनियुक्त राजदूत तथा वायुसेनाका पूर्व प्रमुख काठमाडौं आइपुगेका छन् । अवकाशप्राप्त एअर चिफ मार्शल एसके पाथिरना हालै राजदूतमा नियुक्त भएका हुन् । उनीसँगै पीसीडी पाथिरना श्रीलंकन एअरलाइन्सको उडान नम्बर युएल १८१ मा आज दिउँसो १ बजे कोलम्बोबाट काठमाडौं आइपुगेका छन् । राजदूत पाथिरनाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र बुझाएपछि कार्यभार सम्हाल्नेछन् ।

Read More

दार्चुला : दार्चुलामा भीरबाट लडेर एक महिलाको ज्यान गएको छ । जिल्लाको लेकम गाउँपालिका –४ रातामाटा स्थित देवलपाती भिरबाट लडेर महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरी कार्यालय दार्चुलाका अनुसार रातामाटास्थित देवपाती भिरमा घासकाट्ने क्रममा लडेर ५५ वर्षीया तुलसी पाठकको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए । घटनास्थलमै मृत्यु भएकी महिला ६० मिटर तल खसेपछि उनको ज्यान गएको उनले बताए । घटना आइतबार दिउसो साढे ३ बजेतिर घटेको हो । घटनाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

Read More

काठमाडौं : नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ८९ जना डाक्टर अनुतीर्ण भएका छन्। काउन्सिलले लिएको २७ औं विशेष परीक्षामा कूल सहभागीमध्ये करिब ४९ प्रतिशत अर्थात् ८९ जना अनुतीर्ण भएका हुन्। काउन्सिलले आज सार्वजनिक गरेको नतिजामा ९४ जना परीक्षार्थी उत्तीर्ण भएको उल्लेख छ। एक सय ८३ जना परीक्षार्थी सहभागी परीक्षामा ५१ दशमलब ३६ प्रतिशत उत्तीर्ण भएका हुन्। यसअघि गत मंसिर १२ गते लिइएको विशेषज्ञ दर्ता प्रमाणपत्र परीक्षामा ४८ दशमलब ३३ प्रतिशत सहभागी उत्तीर्ण भएका थिए। परीक्षामा उत्तीर्ण परीक्षार्थीले विशेषज्ञ प्रमाणपत्रका लागि सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र अनलाइन आवेदन दिनुपर्ने काउन्सिलले जनाएको छ। त्यस्तै, नतिजामा चित्त नबुझे परीक्षार्थीले…

Read More

काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित रूपमा अन्तर्राष्ट्रिय उडान गर्ने जहाजलाई प्रत्येक उडानमा ५ लाख रुपैयाँ प्रोत्साहन पुरस्कार दिनेगरी सरकारले कार्यक्रम ल्याउन लागेको बताएका छन्। नेपाल एसोसिएसन अफ ट्राभल्स एण्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको एक प्रतिनिधि मण्डलसँग आइतबार मन्त्रालयमा भएको छलफल पश्चात् मन्त्री किराँतीले उक्त कुरा बताएका हुन्। ‘भैरहवा र पोखराबाट जतिसक्दो छिटो अन्तर्राष्ट्रिय उडान गर्ने गरी हामी लागिरहेका छौँ। गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा विमानस्थलबाट जसले नियमित उडान गर्छ त्यसलाई इनाम स्वरूप प्रत्येक उडानमा ५ लाख रुपैयाँ दिने तयारी गर्दैछौं, मन्त्री किराँतीले भने। मन्त्री किराँतीले नेपाल वायुसेवा निगमको जहाज…

Read More