Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर: कञ्चनपुरको महेन्द्रनगरमा जारी तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि आज गण्डकी प्रदेश र सशस्त्र प्रहरी बलको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुँदैछ। शुक्रबार सम्पन्न सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई ३–२ को सेटले पराजित गर्दै गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको हो। यस्तै त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटले हराएर एपीएफ क्लबले फाइनलमा स्थान बनाएको हो। फाइनल खेल हुनुअघि आजै पुलिस क्लब र आर्मी क्लबबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ। सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र कञ्चनपुर जिल्ला भलिबल सङ्घको व्यवस्थापन तथा समन्वयमा यही माघ १४ गतेदेखि महेन्द्रनगरमा मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको हो। प्रतियोगिताको विजेताले चार लाख, उपविजेताले दुई लाख र तृतीय हुने टोलीले…

Read More

कैलाली : अत्तरिया उद्योग वाणिज्य संघले आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा भएको नक्कली टिकट बिक्रि प्रकरणमा चार जनाले कैलाली प्रहरीमा आत्मसमर्पण गरेका छन् । महोत्सवमा नक्कली टिकट बिक्रि गरेर आर्थिक हिनामिना गरेको आरोपमा अत्तरिया उद्योग वाणिज्य संघका महासचिव शंकर खड्का, सचिव दिलिपकुमार साउँद, सदस्य बमबहादुर बोगटी र भुवन महराले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका हुन् । कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले चारै जनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए । नक्कली टिकट बिक्रि प्रकरणमा अध्यक्षसहितका १२ जना पदाधिकारीले सुरुरुमा साउँद र महराकाविरुद्ध किटानी जाहेरी दिएका थिए । तर, संघका अध्यक्ष कल्याणसिंह बोहराले भोलिपल्ट महासचिव खड्का र बोगटीकाविरुद्ध…

Read More

काठमाडौं : काठमाडौँकी २३ वर्षीया सिर्जना शर्मा ( नाम, थर परिवर्तन ) दुई साताअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रसूति गृह पुगिन् । उनी निरन्तर रक्तस्राव भयो भन्ने समस्या लिएर त्यहाँ पुगेकी थिइन् । उनले आपत्कालीन बेलामा खानुपर्ने गर्भनिरोधक औषधि पटकपटक सेवन गरेका कारण समस्या आएको उपचारमा संलग्न प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. मधु श्रेष्ठले बताइन् । उनले अविवाहित अवस्थामै प्रेमीसँग सम्बन्धमा रहेकाले आपत्कालीन गर्भनिरोधक औषधि सेवन गर्थिन् । ‘विवाह नभएकाले उनीहरूमा बच्चा जन्माउने योजना हुने कुरा भएन तर सम्बन्धमा रहेकाले पटकपटक यस्तो चक्की खाएको देखियो,’ डा. श्रेष्ठले भनिन् । पटकपटक आकस्मिक गर्भनिरोधक औषधि प्रयोग गर्दा स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल…

Read More

काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशका पहाडी  भू-भागमा आंशिक बदली  रही  बाँकी  भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।  कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। सुदूर पश्चिम प्रदेशको एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहनेछ । चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Read More

काठमाडौं : सशस्त्र प्रहरी बलले सशस्त्र प्रहरी सहायक हवल्दारको बढुवा सूची प्रकाशित गरेको छ । बढुवा समितिले २२६ जना सशस्त्र जवानहरुलाई सशस्त्र प्रहरी सहायक हवल्दारमा बढुवाका लागि सिफारिस प्रकाशित गरेको हो । सशस्त्र प्रहरीको बढुवा समितिका अनुसार २०७२ को नियम ३९ को उपनियम (१) बमोजिम रिक्त रहेको उक्त संख्यामा बढुवा प्रकाशित गरेको हो । ती बढुवा सिफारिसविरुद्ध उजुरी दिन चाहनेले ७ दिनभित्र उजुरी दिन सकिने पनि सशस्त्रले जनाएको छ । नामावलीः apf-ass_haldarDownload

Read More

काठमाडौं : नेपाल दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप अन्तर्गत सुपर सिक्स खेलमा भारतसँग १ सय ३२ रनको फराकिलो अन्तरले पराजित भएको छ । नेपाल सुपर सिक्समा अंक विहीन हुँदै बाहिरिदा भारत अपराजित यात्राका साथ सेमिफाइनलमा पुगेको छ । जितको लागि २९८ रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै १६५ रन बनायो । नेपालका ११ औं नम्बरका खेलाडी दुर्गेश गुप्ता ४३ बलमा २ चौका र १ छक्कासहित २९ रनमा नट आउट रहे । १० औं नम्बरमा आएका आकाश चन्दले ३५ बलमा १८ रन बनाए । अन्तिम विकेटका लागि यी दुई खेलाडीले ६९ बलमा ४५ रनको…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश सभामा बहुमतबाट हटाइएका संसदीय दलका नेता खगराज भट्टले बालुवाटार पुगेर दुखेसो पोखेका छन । आज माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेर भट्टले आफू माथि अन्याय भएको बताएका छन । भट्टले आफनो राजनैतिक जीवनको इतिहासमा सबै भन्दा ठूलो धक्का खाएको प्रचण्डलाई सुनाएका थिए । बहुमत प्रदेश सभा सदस्यहरूले माओवादी दलको नेता परिवर्तन गरेपछि प्रदेशमा विवाद सुरु भएको थियो । सुदूरपश्चिम प्रदेशका माओवादी मन्त्री सहितका नेताहरूको भेटवार्ता भएको छ । बहुमतबाट हटाइएका संसदीय दलका नेता खगराज भट्ट सामाजिक विकास मन्त्री झपट साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, सांसद जनकीदेवी कुँवर, प्रदेश अध्यक्ष हरिराम…

Read More

काठमाडौं : नेपालमा अनलाइन सट्टेबाजी प्रतिबन्धित छ । मुलुकबाट विदेशी मुद्रालाई बाहिर जान नदिन र अर्थतन्त्र जोगाउन सरकारले अनलाइन सट्टेबाजीलाई ‘अवैध’ घोषणा गरेको छ । तर पनि लुकीछिपी अनलाइन सट्टेबाजी जारी छ । जिल्ला प्रहरी परिसर, काठमाडौंले अनलाइन सट्टेबाजी खेलाएको आरोपमा गए राति भारतीय गिरोहलाई समातेपछि उक्त विषय सतहमा आएको छ । काठमाडौंको दरबारमार्गस्थित होटल अन्नपूर्ण परिसरमा सञ्चालित क्यासिनो प्यालेसबाट अनलाइन सट्टेबाजीको आरोपमा गएराति झण्डै एक दर्जन पक्राउ परेका छन् । त्यसमध्ये तीन जनामाथि मुद्दा चलाइने परिसरले जनाएको छ । ती तीनै जना भारतीय रहेको परिसरका प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीले बताए । उनका अनुसार पक्राउ परेकाको साथबाट विदेशी…

Read More

धनगढी : इन्डियाबाट सुदूरपश्चिमको हेन्द्रनगर हुँदै नेपाल छिरेका एक जना रुसी नागरिक झापाबाट फेरि भारत छिर्ने क्रममा पक्राउ परेका छन्। दुई महिनाअघि नेपाल छिरेका उनलाई फिरन्ते पाराले हिँड्ने क्रममा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले झापाको सिमाना नजिकै समातेको हो। एक साताअघि ती रुसी सतिघट्टा बिओपी नजिकैबाट भारत जाने क्रममा उता पक्राउ परेका हुन्। सुदूरपश्चिमबाट नेपाल छिरेका उनीसँग ९० दिनको भारतीय भीसा भए पनि पक्राउ परेका हुन्। रुसी नागरिक भारतबाट स्थलमार्ग हुँदै नेपाल प्रवेश गर्न पाए पनि स्थलमार्गबाट उता जान नपाउने भारतीय अध्यागमन नियम छ। एक्लै हिँड्ने ती रुसी पर्यटकबारे स्रोतले भन्यो, ‘सित्तै खाएर घुम्ने योजनामा दुई महिना जति नेपालमा…

Read More

धनगढी : भोली शनिबार बैतडीमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले सूचना जारी गरी भोलि बिहान १० बजेदेखि साझँ ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने जानकारी गराएको हो । वितरण केन्द्रका अनुसार गोठालापानि सवस्टेशनमा विद्युत मर्मत गर्नुपर्ने भएकोले जिल्लाभर विद्युत अवरूद्ध हुनेछ।

Read More