Author: महेन्द्रनगर पोष्ट

धनगढीः कैलालीको लम्कीमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। बिहिवार साँझ पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका ७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। लम्कीचुहा नगरपालिका वडा नम्बर २ गणेशपुर चोकमा पैदलयात्रा गरीरहेका बिष्टलाई बसले ठक्कर दिदा गम्भीर घाईते भएका थिए। बिष्टलाई उपचारको लागि लालरत्न अस्पताल लगीएको थियो। त्यहाँ उपचार सम्भव नभएपछी थप उपचारका लागि उनलाई नेपालगञ्ज मेडीकल कलेज कोहलपुर रिफर गरिएको थियो। घाईते बिष्टको उपचारको क्रममा कोहलपुरमा गएराति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालक इलाका प्रहरी कार्यालय…

Read More

डडेल्धुरा: नेकपा एमालेको मध्य पहाडी लोक मार्ग पदयात्रा डडेल्धुरासम्म पुगेको छ। बिहीबार जुलाघाटबाट सुरू भएको पद यात्रामा सहभागी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेता यतिबेला डडेल्धुराको अमरगढी नगरपालिकास्थित एक होटलमा बसेका छन्। डडेल्धुरा पूर्व प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला हो। सोही कारण अध्यक्ष ओलीले एकाबिहानै देउवालाई फोन गरेर सम्झेका छन्। उनले सार्वजनिक गरेको भिडियोमा देउवालाई फोनमा, ‘जय नेपाल, गन्यापधुरानजिक रहेको अमरगढीमा छौं। राम्रो छ यतातिर, तपाईंको जिल्लामा आएको बेला यसो सम्झेको नि’ भनेको सुनिछ। उताबाट देउवाले एमालेले थालेको अभियानलाई शुभकामना दिएको भिडियोबाट प्रष्ट भएको छ। https://fb.watch/oF0R-oDkBE/?mibextid=Nif5oz

Read More

धनगढीः कैलालीका बंगुरमा पहिलोपटक रेविज पुष्टि भएको छ। लम्की चुहा नगरपालिका–१० मा मरेको बंगुरको मस्तिष्कको बिहीवार नमूना परिक्षण गर्दा रेबिज पाइएको हो। पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीले बंगुरमा रेबिज अन्वेषण भएको यो पहिलो घटना भएको जनाएको छ। साथै बिहीवार नै कञ्चनपुरको बेलौरीबाट लिइएको स्यालको मस्तिष्कको नमूनामा पनि रेवबिज पुष्टि भएको पशुपन्छी रोग अन्वेषण प्रयोगशालाले बताएको छ।

Read More

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालमा पूँजी परिचालन गर्न संयुक्त अरब इमिरेट्सका लगानीकर्ताहरुलाई आग्रह गरेका छन्। जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुने सिलसिलामा बिहीबार अवुधाबी पुगेका प्रधानमन्त्रीले सोही दिन साँझ नेपाल–दुबइ व्यापार मञ्चलाई सम्बोधन गर्दै नेपालमा पूँजी प्रवाह गरी त्यसको प्रतिफल उठाउन आह्वान गरे। दुबइ उद्योग वाणिज्य सङ्घसँगको सहकार्यमा अवुधाबीस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घले संयुक्त रुपमा आयोजना गरेको उक्त कार्यक्रममा प्रधानमन्त्री दाहालले वैदेशिक लगानी भित्र्याउन नेपाल सरकारले अवलम्बन गरेका नीतिगत सुधारबारे जानकारी दिए।    युएइका अर्थराज्यमन्त्री अब्दुल्लाह अहमद मोहम्मद अल सालेहले युएइ र नेपालबीचको आर्थिक सम्बन्धलाई अझ सबल तुल्याउन घनिभूत सहकारी एवं साझेदारी…

Read More

काठमाडाैं : नेपाल सुपर लिग (एनएसएल) मा धनगढीले सनसनिपूर्ण जित हासिल गरेको छ। बिहीबार साँझ दशरथ रङ्गशालामा भएको खेलमा बुटवल लुम्बिनिलाई १–० ले पराजित गरेको छ । धनगढीको जितमा ओलावाले आफिजले इन्जुरी समयमा गरेको एकमात्र गोल निर्णायक बन्यो । धनगढीको यो लगातार दोस्रो जिते हो भने बुटवल लुम्बिनीको दोस्रो हार हो । एनएसएलको दोस्रो संस्करणमा ९ वटा टोली सहभागी छन् । एनएसएलमा भाेलि शुक्रवार वीरगञ्ज युनाइटेड एफसी र चितवन एफसीबीच खेल हुनेछ । खेल बेलुकी साढे ५ बजे दशरथ रङ्गशालमा सुरु हुनेछ ।

Read More

काठमाडौं : दुई सातादेखि चीनका बालबालिकामा फैलिएको श्वासप्रश्वाससम्बन्धी रोगको जोखिममा नेपाल पनि रहेको विज्ञहरूले औंल्याएका छन्। चीनको बेइजिङसहित आसपासका क्षेत्रमा फैलिएको उक्त रोगका बिरामीका कारण अस्पतालहरू भरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्। रोग र त्यसको कारण भने पहिचान भएको छैन। बालबालिकामा ज्वरो आउने, रुघाखोकी लाग्ने र श्वासप्रश्वासमा बाधा उत्पन्न हुनेजस्ता लक्षण देखिएका छन् । बिरामीको जाँच गर्दा मायोप्लाज्मा कीटाणु, कोभिड १९ भाइरस, प्याथोगन्स, इन्फ्लुएन्जा र सिन्किस्थिर भाइरस देखिएको जनाइएको छ।  चीनमा फैलिएको उक्त रोगप्रति विश्व स्वास्थ्य संगठनले पनि चासो देखाएको छ। संगठनले चीनसँग रोगसम्बन्धी रिपोर्ट मागेको छ। संगठनले यो समस्याबाट पाका उमेरका मानिसभन्दा बालबालिका बढी प्रभावित भएको जानकारीमा आएको भन्दै सचेत…

Read More

कञ्चनपुर: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले किसानबाट दुई हजार पाँच सय ८० क्वीन्टल धान खरिद गरेको छ। यसवर्ष खाद्यले समयमै धान खरिद सुरु गरेपनि थोरै मात्रामा किसानले खाद्यलाई धान बिक्री गरेका छन्। यस वर्ष कञ्चनपुरमा पन्ध्र हजार क्वीन्टल धान गरिद गर्ने लक्ष्य भए पनि लक्ष्य भेट्टाउन गाह्रो रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरले जनाएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कञ्चनपुरका शाखा प्रमुख तपेन्द्र उपाध्यायले हालसम्म दुई हजार पाँच सय ८० क्वीन्टल धान खरिद भएको जानकारी दिए। ‘पुस मसान्तसम्म किसानका धान खरिद गर्ने लक्ष्य छ’, उनले भने, ‘किसानहरु धान बिक्रीका लागि आउनेक्रम जारी छ।’ गतवर्ष १४ हजार क्वीन्टल…

Read More

नयाँदिल्ली: पश्चिमी भारतको गुजरात राज्यमा नक्कली (पेय) सिरप सेवन गर्दा विगत दुई दिनमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने अन्य दुई जना अस्पताल भर्ना भएका छन् । प्रहरीले बिहीबार जनाएअनुसार सो घटना गुजरातको राजधानी गान्धीनगरबाट ६७ किलोमिटर दक्षिणपूर्वमा रहेको खेडा जिल्लामा भएको हो। प्रहरीका अनुसार उक्त सिरपमा मिथाइल अल्कोहल रहेको पाइएको थियो । ‘पछिल्ला दुई दिनमा सिरप खाँदा पाँच जनाको ज्यान गएको छ भने दुई जनाको अस्पतालमा उपचार भइरहेको छ,’ वरिष्ठ प्रहरी अधिकृत राजेश गढियाले सञ्चारमाध्यमलाई बताएका छन् । एक गाउँलेको रगत नमुना रिपोर्टले सिरपमा मिथाइल अल्कोहल रहेको पुष्टि गरेको उनको दाबी छ ।  प्रहरीले अनुसन्धानका क्रममा पसलेसहित तीन…

Read More

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।  आज दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका  उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी र मधेस प्रदेश लगायत…

Read More

धनगढी : सशस्त्र प्रहरी बलले दश लाख आठ हजार मुल्य बराबरको अबैध सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हे.क्वा. कैलाली र मातहत बि. ओ. पि.समेतको टोलीले करिब दश लाख आठ हजार दुई सय मुल्य बराबरको अबैध सामानहरु बरामद गरी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ । बुधबार सशस्त्र प्रहरी बल, नेपाल वि. ओ. पि. बंग्राकटानका सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालको कमाण्डमा खटिएको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले धनगढी उप-म.न.पा.-९ बंग्राकटान स्थित सीमा ईलाकामा भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याई वेवारिसे अवस्थामा रहेको लत्ता कपडा र मंसिर १४ गते सशस्त्र प्रहरी निरीक्षक धन…

Read More