Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन–८४ ले देश नबन्ने बताएका छन् । उनले बुधवार राति सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पाखेका हुन्। उनले राजनीतिक दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेकाप्रति व्यंग्य गरेका छन्। ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ,’  उनले लेखेका छन्।

Read More

काठमाडौं : रोजगार  अनुमति  प्रणाली  (इपिएस)  अन्तर्गत  दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि  कृषि  र  उत्पादनको  उद्योग  र  सिप  बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप  निर्माण  र  सेवा  सर्भिसका  क्षेत्रमा  पनि  नेपाली  श्रमिक लैजाने भएको हो । वैदेशिक  रोजगार  विभाग  इपिएस  शाखाका  अनुसार    दक्षिण    कोरियाले    उत्पादनमूलक    क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा…

Read More

कञ्चनपुरः इजरायल र आतङ्कवादी समूह हमासबीच युद्धविरामको घोषणा भएपछि उक्त समूहको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइको आशामा उनका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ। हमासले पटक–पकट विभिन्न नागरिकलाई रिहा गरे पनि  विपिनको कुनै समाचार नआउँदा उनका बाआमा साह्रै चिन्तित छन्। बुधवार गृहजिल्ला आइपुगेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर विपिनको शीघ्र रिहाइका लागि उनीहरूले आग्रह गरेका छन्। ‘कतिबेला छोरा सम्पर्कमा आउला भनेर समाचार हेर्दै बसेकी हुन्छु’, आमा पद्माले भनिन्, ‘समाचार हेर्दै दिन बित्छ।’ विपिन गत असोज २० गतेदेखि  सम्पर्कविहीन छन्। उक्त दिन हमासले इजरायलको पश्चिमी भागका किबुचमा अन्धाधुन्ध आक्रमण गरेको थियो। उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। नेपाल…

Read More

जाजरकोट: कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ। वडा नं.१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षा बादीको चिसोको कारण मृत्यु भएको हो। निमोनियापछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको गाउँपालिका अध्यक्ष हरिस्चन्द्र बस्नेतले बताए। गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएका थिए।

Read More

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले खेलकुदको विकासमा प्राथमिकता दिएको बताएका छन्। कैलालीको बौनियामा आयोजित पालिकास्तरीय फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहले ‘एक निर्वाचन क्षेत्र, एक खेलमैदान’ र प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई पुरस्कारद्वारा सम्मानित गर्नेजस्तो नीति सरकारले लिएको स्पष्ट पारेका छन्। उनले भने, ‘खेलकुदका माध्यमबाट लागुऔषध दुव्र्यसनीको समस्या न्यूनीकरण गर्न सकिन्छ।’ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले किसानमैत्री नीति बनाउन लागिएको बताए। जिल्लाका पालिकास्तरीय १६ टिमको सहभागिता रहेको उक्त फुटबल प्रतियोगिता यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विजयी हुनेलाई दुई लाख एक हजार र उपविजेतालाई एक लाख पाँच हजार पुरस्कार प्रदान…

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको साथै भारतको राजस्थान क्षेत्र आसपास रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रहेको छ।  आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत देशको बाँकी पहाडी भूभागमा  आंशिक देखि सामान्य बदली रहनेछ। मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका  उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति बागमती,  गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम…

Read More

बैतडी : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गरेका छन् । झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्राको उद्घाटनका लागि बैतडी पुगेका अध्यक्ष ओलीले बुधबार साँझ देहीमाण्डौंस्थित निङ्गलाशैनी भगवती मन्दिरको दर्शन गरेका हुन् । मन्दिरको दर्शनपछि ओली सन्ध्याकालीन आरतीमा समेत सहभागी भएका थिए । सन्ध्याकालीन आरतीमा सहभागी भएका ओलीलाई प्रसाद स्वरूप तामाको गाग्री प्रदान गरिएको थियो । एमाले अध्यक्ष ओलीसँगै केन्द्रीय कमिटीका पदाधिकारी र सदस्यहरूले समेत निङ्गलाशैनी भगवतीको दर्शन गरेका थिए । त्यसलगत्तै अध्यक्ष ओलीले एमाले जिल्ला पार्टी कार्यालय उद्घाटन गर्न पुगेका थिए । यस अघि आजै बैतडी पाटनमा आयोजना गरेको कार्यक्रमलाई पनि अध्यक्ष ओलीले संशोधन गरेका थिए…

Read More

काठमाडौ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबई प्रस्थान गरेका छन् । प्रधानमन्त्री ‘प्रचण्ड’ को नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन कोप–२८ मा सहभागी हुन आज (बुधबार) साँझ संयुक्त अरब इमिरेट्स तर्फ प्रस्थान गरेका हुन् । कोप–२८ मा नेपालको सहभागितासँगै अति कम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्नेछ । युएईको दुबईमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदै छ । यस वर्षको आयोजक राष्ट्रका रूपमा युएईले अध्यक्षता गर्दै छ ।

Read More

काठमाडौं : पूर्वमिस नेपाल श्रृंखला खतिवडा र सञ्चार उद्यमी सम्भव सिरोहियाबीच मंसिर २८ गते विवाह हुने भएको छ । श्रृंखलाको पारिवारिक स्रोतका अनुसार राजधानीको एक होटलमा विवाह समारोह हुन लागेको हो । केही वर्षदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले असोज २८ गते यसलाई सार्वजनिक रुपमा स्वीकारेका थिए । अहिले दुवै जनाको परिवार विवाहको तयारीमा व्यस्त रहेको जनाइएको छ । श्रृंखलाले आफूहरु होपलेस–रोमान्टिक प्रवृत्तिको व्यक्तिहरु भएको भन्दै प्रेम खुलाएकी थिइन् । दुवै अन्तर्मुखी व्यक्तिलाई आफ्नो प्रेम सार्वजनिक गर्न ठूलै साहस उठाउनुपरेको भन्दै उनले भन्नैपर्ने समय आएकाले सम्बन्ध खुलाउनुपरेको बताएकी थिइन् । नेकपा एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी छोरी श्रृंखला पेशाले इन्जिनियर…

Read More

काठमाडौं : तिहार मनाउन छोडिएकासहित झण्डै दर्जन सैनिक फरार भएपछि प्रहरीले खोजतलास थालेको छ । गत कात्तिक २४ गतेबाट मंसिर ३ गतेसम्म तिहार बिदामा छोडिएका सैन्य मानबहादुर पञ्जियार बेपत्ता छन् । नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर १७ का टंकराम पञ्जियारका नाति एवं नेजलाल पञ्जियारका छोरा उनी भगौडामा परेका छन् । अस्थायी ब्याच नम्बर ४६७५९ भएका उनलाई कहीँ–कतै भेटेमा समातेर उपस्थित गराउन भनिएको छ । त्यसैगरी,उनीसँगै तालिमरत सैन्य रजनिश यादव पनि सम्पर्कविहिन छन् । उनी रौतहटको सुमुनामाई गाउँपालिका वडा नम्बर २ का जगन्नाथ राय यादवका नाति एवं रामसेवकका छोरा हुन् । उनी पनि सि।सं।२६ सैन्य आधार तालिममा तालिमरत थिए । सिन्धुलीको…

Read More