Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: नेपाली सेनाले सैन्य पददेखि विभिन्न ट्रेडका फलोअर्स पदहरूका लागि दरखास्त आह्वान गरेको छ। सेनाले सूचना प्रकाशन गर्दै सैन्य पदमा ३ हजार जना र सुचिकार, सफाईकर्मी, चर्मकर्मी, लोहाकार, केशकर्तक, माली लगायतका पदमा ४१३ जना कर्माचारी मागेको हो। देशका विभिन्न ब्यारेकहरूमा पदपूर्ती गर्नका लागी सेनाले ठूलो संख्यामा दर्खास्त आह्वान गरेको हो। इच्छुक र योग्यता पुगेका व्यक्तिहरूलाई पुस ७ गतेसम्म निर्धारण गरिएको छ।

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका–१ चित्रनगर घर भएका मनोज कुँवरले आफूले कुनै महिलालाई नसताएको प्रष्टिकरण दिएका छन्। महेन्द्रनगरले यहि मसिर १ गते ‘धनगढीमा महिलालाई ‘सताउने’ मनोजको आतंक’ शिर्षकमा प्रकाशित गरेको समाचारमा खण्डन गर्दै उनले आफूमाथि लगाइएका सबै आरोप निराधार भएको बताएका छन्। उनले मेलमार्फत हामीलाई प्रष्टिकरण पठाउँदै ती पीडित भनिएकी महिलाले नै आफूलाई धोका दिएर विवाहित पुरुषसँग सम्बन्ध बनाएको बताएका छन्। साथै उनले ती विवाहित पुरुष र उनकी पत्नीको बारेमा सामाजिक सञ्जालमा नानाथरी लेखिएको स्वीकार गरेका छन् । तर, ती विवाहित पुरुषकी पत्नीले सञ्चारमाध्यम प्रयोग गरेको आफ्नो बद्नाम गरेको मनोजको आरोप छ। मनोज कुँवरमाथि एक महिलालाई विभिन्न प्रलोभन देखाएर शोषण गरेको…

Read More

काठमाडौं : औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड बालाजु, काठमाडौंले रिक्त पदपूर्तिका लागि दरखास्त माग गरेको छ । खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा पदपूर्तिका लागि लिमिटेडले दरखास्त आह्वान गरेको हो ।  लिमिटेडको स्वीकृत दरबन्दीमा रिक्त रहेका सातौँदेखि सहायक प्राविधिकसम्मका पदमा आवेदन माग गरिएको छ ।

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भूभागको एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति भने देशको पहाडी भूभागमा आंशिक बदली  रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

धनगढी: नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिल्लीराज बिष्टको सरुवा भएको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले सरूवा सूची सार्वजनिक गर्दै बिष्टसहित १५ जना एसएसपीको सरूवा गरेको हो। यसअघि बिष्ट नेपाल प्रहरी प्रदेश कार्यालय कर्णाली (हाल नेपालगन्ज बाँके) कार्यरत मा कार्यरत थिए। त्यहाँबाट उनलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा धनगढी कैलालीमा पठाइएको छ। सुदूरपश्चिम प्रदेश प्रहरीमा २ एसएसपीको दरबन्दी रहेको छ।

Read More

काठमाडौँ : सरकारले जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको छ । वन तथा वातावरण मन्त्रालयले बिहीबार राजपत्रमा सूचना प्रकाशित गरी एक वर्षका लागि कृषि हानिकारक वन्यजन्तु घोषणा गरेको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण नियमावली, २०३० को नियम ३६ ले दिएको अधिकार प्रयोग गरी निजी खेत, खला, बारीमा आउने सानो जातको बँदेल बाहेकको जङ्गली बँदेललाई कृषि हानिकारक वन्यजन्तु घोषणा गरिएको हो । त्यस्ता जङ्गली बँदेलले निजी खेत, खला, बारीमा आई क्षति पु–याउने अवस्था भएमा त्यस्तो खेत, खला, बारीका धनीले विभिन्न शर्तको अधीनमा रही बिना अनुज्ञापत्र धपाउन, लखेट्न, पक्रन वा मार्न सक्ने छन् । यस्ता छन् सर्तहरू (क) जङ्गली…

Read More

धनगढी: गृह मन्त्रालयले एसएसपीहरुको सरुवा गरेको छ। आज बिहीवार उप–प्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रहरी वरिष्ठ उपरीक्षकहरुको सरुवा तथा काज गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। जसमा एसएसपी दिलिपसिंह देउवालाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरमा पठाइएको छ। उनी त्यहाँको प्रमुखको रुपमा पठाइएका हुन्। यसअघिका त्यहाँका प्रमुख योगबहादुर पाल विवादमा तानिएर उनले राजीनामा दिएपछि देउवा आएका हुन्।

Read More

धनगढी: गत कार्तिक १९ मा शुक्लाफाँटा नगरपालिका–७ शान्तिपुर बस्ने ६५ वर्षीया नारुदेवी जोशीको हत्या भयो। प्रहरीले नारुदेविको हत्या शुक्लाफाँटा नगरपालिका–७ कै महेश डगौराले गरेको अनुसन्धानबाट खुलेको जानकारी दिएको छ। घर नजिकैको कार्तिक गत कार्तिक १९ मै सामुदायिक वनमा नारुदेवी घाँस काट्न गएकी थिइन्। बिहान घाँस काट्न गएकी नारु अबेरसम्म घर नफर्किएको इलाका प्रहरी कार्यालय झलारीमा सूचना प्राप्त भयो। जोशी उक्त दिन भेटिईनन्। जोशीको खोजतलासका लागि पुन : २० गते प्रहरी टोली खटियो र सामुदायिक वनमा शव फेला परेको थियो। उक्त दिन प्रहरीले शसङ्कित व्यक्तिहरुलाइ पक्राउ समेत गर्यो। नारुदेवीको हत्या गरेकै दिन महेश डगौराले दुई सय ५० रुपैयाँका लागि एक भारतीय…

Read More

कास्की : जिल्ला अदालत कास्कीले जातीय विभेद तथा छुवाछूतको कसुरमा पोखरा महानगरपालिका–२४ का अध्यक्ष भरतबहादुर अधिकारीलाई साढे ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ । वडा सदस्य मैया नेपालीले आफूलाई जातीय विभेद र छुवाछुत गरेको भन्दै अधिकारीविरुद्ध जाहेरी दिएकी थिइन् । सोही मुद्दामा न्यायाधीश अवनी मैनाली भट्टराईको एकल इजलासले बिहीबार उक्त फैसला गरेको हो । नेपालीलाई अधिकारीले १० हजार रुपैयाँ क्षतिपूर्ति बुझाउनुपर्ने अदालतको फैसलामा उल्लेख छ । जातीय तथा अन्य सामाजिक छुवाछूत र भेदभावसम्बन्धी (कसूर र सजाय) ऐन, २०६८ बमोजिम अदालतले सजाय तोकेको हो । उक्त ऐनमा जातीय विभेद गरेको ठहरिएमा पीडकलाई तीन महिनादेखि तीन वर्षसम्म…

Read More

काठमाडौं : नेपाल प्रहरीले १५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरूवा गरेको छ। बिहीबार प्रहरी प्रधान कार्यालयले सरूवा सूची सार्वजनिक गर्दै १५ जना एसएसपीको सरूवा गरेको हो। सूचीसहित:

Read More