Author: महेन्द्रनगर पोष्ट

महोत्तरी : महोत्तरीमा एक छात्रालाई बलात्कारको आरोपमा शिक्षक पक्राउ परेका छन्। बिहीबार दिउँसो विद्यालयमै सात वर्षीय छात्रालाई बलात्कार गरेको आरोपमा गौशाला नगरपालिका– ५ स्थित गौशाला एकेडेमीका शिक्षक जुगलकिशोर साहलाई प्रहरीले पक्राउ गरेको हो। गौशाला– ११ बटौवा टोल बस्ने ३३ वर्षीय साह विद्यालयका सञ्चालक समेत हुन्। टिफिनको समयमा चौथो तल्लाको छतमा लगेर प्रलोभन देखाएर उनले बालिकालाई बलात्कार गरेको जाहेरीको आधारमा साहलाई पक्राउ गरी मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी दिलिप गिरीले जानकारी दिए। उनका अनुसार अभिभावकले छोरी बिरामीजस्तो देखेपछि सोधपुछ गर्दा घटना बाहिरिएको हो। साहलाई महोत्तरी जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई थुनामा राखिएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको…

Read More

काठमाडौं : नेपाली सेनाका उपरथी अशोक सिग्देल रथीमा बढुवा सिफारिस भएका छन्। सैनिक मुख्यालय जंगी अड्डामा शुक्रबार बसेको सेनाको बढुवा समितिको बैठकले सिग्देललाई रिक्त रथी पदमा बढुवाका लागि सिफारिस गरेको हो। रथी सीताराम खड्काको अध्यक्षतामा गठित बढुवा समितिले उपरथी सिग्देलको बढुवा सिफारिस गरेको हो। बलाधिकृत रथी सरोजप्रताप राणाले अवकास पाएपछि उनको ठाउँमा सिग्देललाई बढुवा सिफारिस गरिएको हो। सेनामा रथीको दरबन्दी कात्तिक ११ देखि रिक्त छ। प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वमा आएपछि सेनामा पहिलो पटक रथीको दरबन्दी रिक्त भएको हो।

Read More

काठमाडौँ : टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीलाई सरकारले सजाय माफी दिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ । शुक्रबार बसेको न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको एकल इजलासले चौधरीलाई दिइएको सजाय माफीको निर्णय बदर गर्न राष्ट्रपतिको कार्यालयलाई विपक्षी बनाई परेको रिट निवेदनमा कारण देखाउ आदेश गरेको हो । सरकारले कैलालीको टीकापुरमा भएको हत्याकाण्डको योजनाकारका रूपमा जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएर कारागारमा रहेका चौधरीको बाँकी कैद मिनाहा गर्ने निर्णय गरेको थियो । गत जेठ १५ मा गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको बाँकी कैद सजाय माफी गरेका थिए । तर सो…

Read More

काठमाडौँ : सर्वोच्च अदालतले काठमाडौँमा निषेधित क्षेत्र घोषणा गर्नुको कारण देखाउन आदेश दिएको छ। सर्वोच्चका न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत मंसिर ५ गते एक सूचना जारी गर्दै माइतीघर मण्डला लगायतका संवेदनशील क्षेत्रमा ३० दिनका लागि निषेधाज्ञाको आदेश जारी गरेको थियो । सो आदेशविरुद्ध अधिवक्ता भद्रप्रसाद नेपाल लगायतले दायर गरेको रिटमा सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको हो । नेपालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय, काठमाडौँलाई विपक्षी बनाएका थिए । सो रिटमाथि शुक्रवार सुनुवाइ गर्दै इजलासले विपक्षीहरूको नाममा कारण देखाऊ आदेश…

Read More

बझाङ : बझाङमा जन्ती बोकेको जिप दुर्घटना भएको छ । शुक्रबार दिउसो छविसपाथीभेरा गाँउपालिकाबाट जन्ती लिई सुर्मा गाँउपालिका फकिदै गरेको १६ जना सवार सु.प.प्र०४००१ ज ००१९ नम्बरको जिप दुर्घटनामा परेको हो । जिप छविसपाथीभेरा गाँउपालिका वडा नं ५ खतेडाकमा अनियन्त्रित भएर दुर्घटनामा परेको हो । कच्ची सडक र क्षमता भन्दा बढी यात्रु बोकेका कारण अनियन्त्रीत भई पल्टेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय बझाङका प्रवक्ता प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए। घाइते हुनेमा सुर्मा गाँउपालिका ५ का ३० बर्षिया खगेन्द्र जेठारा र सोहि ठाँउका १७ बर्षिया समु बोहरा रहेका छन् । जेठाराको टाउकोमा चोट लागेर बेहोस अवस्थामा रहेका छन भने बोहराको…

Read More

कञ्चनपुर : कञ्चनपुरको महेन्द्रनगरस्थित भीम वाटिका (स्थानीय पार्क) मा भीमदत्त पन्तको शालिक तोडफोड गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। पन्तको शालिक तोडफोड गर्ने दुई जना आन्दोलनकारीलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ। तर, उनीहरूको नाम खुल्न भने बाँकी रहेको छ। महेन्द्रनगरमा राप्रपाको उग्र आन्दोलन, नाम मेटाएर सालिक तोडियो राप्रपाले राज संस्था पुनःस्थापना अभियान अन्र्तगत प्रदर्शनमा सहभागीले वाटिकामा प्रवेश गरी पन्तको शालिक तोडफोड गरेका थिए। तोडफोडबाट शालिकको कम्मर मुनिको भागमा क्षति पुगेको छ। सुरक्षाकर्मीले दुई राउण्ड अश्रुग्याँस प्रहार गरी शालिक तोडफोड रोकेका छन्। सुरक्षाकर्मीले अश्रुग्याँस प्रहार गरी उनीहरुलाई तितरवितर गरेको थियो।

Read More

कञ्चनपुर : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कार्यकर्ताले महेन्द्रनगरस्थित भीम वाटिका (स्थानीय पार्क) मा भीमदत्त पन्तको शालिक तोडफोड गरेका छन्। राप्रपाले राज संस्था पुनःस्थापना अभियान अन्र्तगत प्रदर्शनमा सहभागीले वाटिकामा प्रवेश गरी पन्तको शालिक तोडफोड गरेका हुन्। त्यसपछि उनीहरुले पार्क वाहिर प्रवेशद्वारमा पेन्ट लगाएर भीम वाटिकाको नाम मेटाई दिएका छन्। राप्रपाको कार्यालयबाट प्रदर्शन सुरु गरी बजार क्षेत्र परिक्रमण गरी मदनचोकमा समापन गर्ने कार्यक्रम राखिएको भए प्रदर्शनमा सहभागी क्याम्पस रोडमा पार्क आएका हुन्। उनीहरु पन्तको शालिन तोडफोड र प्रवेशद्वारमा भीम वाटिकाको नाममा पेन्ट लगाएर मेटाएका छन्। भीमदत्त पन्त स्मृति प्रतिष्ठानले केही वर्ष अघि पन्तको शालिक स्थापना गरेपछि भीम वाटिका नामाकरण गरिएको थियो। तोडफोडबाट…

Read More

काठमाडौं : भक्तपुरस्थित निवासमा सुरक्षाकर्मीले आफूलाई सीमित राखेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईंले सर्वोच्च अदालतमा शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गराएका छन्। वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले प्रसाईंको पक्षबाट सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएका हुन्। उक्त रिट निवेदनमाथि आइतबार सुनुवाइ हुने भएको छ।

Read More

काठमाडौं : रामेछापको मन्थली नगरपालिका–३ का तत्कालीन वडासचिव शिव कुमार महतोविरुद्ध आफू जिवितै हुँदै आफ्नो मृत्युको दर्ताको प्रमाणपत्र बनाएर श्रीमतीलाई एकल महिला भत्ता खुवाएको आरोप लागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालका अनुसार महतोले निर्मला खत्रीसँगको मिलेमतोमा खत्रीको जिवित श्रीमानको मृत्यु भएको भनी बद्नियतपूर्वक एकल महिलाको सामाजिक सुरक्षा भत्ताको परिचय पत्र बनाएको आरोप लागेको छ। उहाँका अनुसार गलत लिखित तयार पारी नेपाल सरकारलाई ४५ हजार २२० रुपियाँ हानीनोक्सानी पु¥याएको आरोपमा भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम बिगो असुलउपर हुन मागदाबी लिइ शुक्रबार विशेष अदालत काठमाडौंमा आरोेपपत्र दायर भएको आयोगले जनाएको छ।

Read More

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेले ढिलै भए पनि आंशिक न्याय पाएको प्रतिक्रिया दिएका छन्। काठमाडौँ जिल्ला अदालतले उनीमाथि कुटपिट गर्ने ६ जनालाई २ वर्ष कैद गरी २८ लाख क्षतिपूर्ति भराउने फैसला गरेपछि उपप्राध्यापक चलाउनेले यो प्रतिक्रिया दिएका हुन्। उनले न्यायको संघर्षका क्रममा साथ दिने अधिवक्ता, अभियन्ता, सञ्चारजगत्, प्राज्ञिक जगत सबैलाई धन्यवाद दिँदै सामाजिक सञ्जालमा लेखेका छन्, ‘ढिलै भए पनि मैले आंशिक न्याय पाएको छु। यो म एक्लैले केही गर्न सक्दैनथेँ। धेरैजना मित्रहरू यो उपलब्धिका असली हकदार हुनुहुन्छ। प्रिय पत्रकार साथीहरू, मेरा अधिवक्ता मित्रहरू, सडक संघर्षमा होमिने साथीहरू, माइतीघर मोर्चा, प्राज्ञिक जगत्, मेरा सहकर्मी मित्रहरू, प्यारा विद्यार्थी, देश विदेशबाट…

Read More