Author: महेन्द्रनगर पोष्ट

धनगढी : कार्यक्षेत्रमा खटिएका प्रहरी कर्मचारीलाई कारबाही गरेकोप्रति प्रहरी प्रधान कार्यालयले असन्तुष्टि जनाएका बेला सर्लाहीको बरहथवामा एक जनाको ज्यान जाने गरी भएको घट्नामा जुनियर प्रहरीलाई कारबाहीको सिफारिस गरेर सिनियर प्रहरी अधिकृतलाई जोगाइएको छ। पुस २० मा सर्लाहीको बरहथवामा प्रहरीले चलाएको गोली लागेर जयशंकर शाहको मृत्यु भएको घट्नामा गोली चलाउने प्रहरी कर्मचारीलाई जागिरबाट बर्खास्त गर्न सिफारिस गरेर प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई भने कुनै पनि कारबाहीको सिफारिस गरिएको छैन। प्रहरी कर्मचारीले आन्दोलनको बेला प्रतिरक्षाका लागि गोली चलाएकोमा एक जनालाई मात्र दोषी देखाएर कारबाहीको सिफारिस गरिएको हो। प्रहरीले चलाएको गोली लागेर जयशंकर शाहको मृत्यु भएको थियो।बरहथवा घट्नाको छानबिन गर्न…

Read More

डडेल्धुरा : जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता तथा प्रहरी निरीक्षक (इन्सपेक्टर) कुसुम नायक पुरस्कृत भएका छन्। कर्तव्यनिष्ठ तवरले आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै नायकलाई पुरस्कृत गरिएको हो। प्रहरी कर्मचारीहरुले संगठनको नीति निर्देशन अनुरूप अनुशासित र कर्तव्यनिष्ठ तवरले विभागीय अडर आदेशको पालना गरिको भन्दै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी निरीक्षक नायकसहित प्रहरी अधिकृत र जवान गरि ११ जनालाई नगदसहित पुरस्कृत गरेको हो। उनीहरुको अभिलेख किताबमा जनाइने गरी पुरस्कृत गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ।  सोमबार भैरहवाको सिद्धार्थनगर क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले घरेलु टिम लुम्बिनी प्रदेशलाई ५ विकेटले पराजित गर्‍यो। लुम्बिनीले दिएको १५९ रन लक्ष्य सुदूरले २९.३ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो। सुदूरपश्चिमका लागि शेर मल्लले नटआउट ४२ रन र नारायण जोशीले नटआउट २८ रन जोडे। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनी ४८.४ ओभरमा १५८ रनमा अलआउट भयो। लुम्बनीका लागि प्रज्वल थापाले सबैभन्दा बढी ४२ रन जोडे। बलिङमा सुदूरपश्चिमका नारायण जोशीले ३ विकेट लिए भने भोजराज भट्ट र नरेश साउदले २-२ विकेट लिए।

Read More

काठमाडौँ : एपीएफ क्लबले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हासिल गरेको छ । सोमबार मुलपानी क्रिकेट मैदानमा एपीएफले कोशी प्रदेशलाई ६ विकेटले पराजित गरेको हो । कोशीले दिएको १३६ रनको लक्ष्य पछाएको एपीएफले १९.१ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । एपीएफका लागि कप्तान रोहित पौडेलले ८० रनको शानदार पारी खेलेका थिए । रोहितले ५३ बलमा ९ चौका र ३ छक्का प्रहार गर्दै ८० रन बनाएर आउट भएका थिए । एपीएफका लागि प्रज्वल शाहीले २२ तथा सुमित महर्जनले अविजित २० रन बनाएका थिए । यस अघि टस हारेर पहिला ब्याटिङ गरेको कोशी प्रदेशले ४४.३ ओभरमा अल आउट हुँदै १३५ रन बनाएको थियो ।…

Read More

काठमाडौँ :आजदेखि पुन : मेलम्चीको पानी वितरण गरिएको छ । सिंहदरबार भित्रैको कार्यालयको धारा खोलेर  प्रधानमन्त्री पुष्पकमल दाहालले पानी पुनर्वितरणको उद्घाटन गरे । एउटै परियोजनाको उद्घाटन धेरै पटक भएको भन्दै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले प्रधानमन्त्री दाहाललाई छेड हानेका छन् । एउटै परियोजना धेरै पटक उद्घाटन गरेर विश्व रेकर्ड राखेको बताउँदै बालेन्द्र सामाजिक सञ्जालमा लेख्छन्, ‘हामीसँग भएको एउटा मन कति पल्ट जित्नुहुन्छ प्रचण्ड सरकार ।’ साथै शाहले प्राविधिक पक्षलाई नजरअन्दाज गरेर मेलम्चीको पानी काठमाडौंमा ल्याएको टिप्पणी समेत गरेका छन् । उनी अगाडि लेखेका छन्, ‘प्राविधिक जोखिमलाई नजरअन्दाज गरिएको छ । मुहानको पूर्वतिरको डाँडा पहिरोको जोखिममा छ । त्यो झरेर मुहान…

Read More

बर्दिया : बर्दियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झन्डै दुई दर्जन कार्यकर्ताले एकैचोटी पार्टी छाडेका छन् । गुलरियाका वडा सभापतिसहित २१ जना नेता तथा कार्यकर्ताले हिजो वक्तव्य लेखेर पार्टी छोडेको घोषणा गरेका हुन् । जिल्ला संयोजकलाई सम्बोधन गर्दै उनीहरुले सार्वजनिक गरेको विज्ञप्तिमा पार्टीभित्र बढेको गुट उपगुट, स्वार्थी प्रवृत्तिका कारण आफूहरू पार्टीमा रहन नसकेको जनाइएको छ । पार्टी छोड्नेहरुमा गुलरिया नगरपालिका-४ का सभापति प्रेमबहादुर खड्का, सहसचिव दीपेन्द्रप्रसाद लामिछाने, गुलरिया नगर कमिटी सदस्य उमेश यादवसहित २१ जना छन् ।

Read More

काठमाडौं : प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले सुदूरपश्चिमलाई १५९ रनको लक्ष्य दिएको छ। भैरहवास्थित सिद्धार्थनगर क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको लुम्बिनी ४८.४ ओभरमा १५८ रन बनाएर अलआउट भएको हो। लुम्बिनीका लागि प्रज्वल थापाले ४२ र मोहम्मद हुसेनले २६ रन बनाए। सुदूरपश्चिमका लागि नारायण जोशीले ३, भोज राज भट्ट र नरेन साउदले २–२ तथा मिलन बोहराले १ विकेट लिए।

Read More

काठमाडौं: नेपाल आयल निगम लिमिटेडको रिक्त कार्यकारी निर्देशक पदका लागि १४ जनाले निवेदन दिएका छन्। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले गत पुस ७ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको थियो। आइतबारसम्मको म्यादमा विभिन्न क्षेत्रमा काम गरेका १४ जनाले निवेदन दिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार मोरङका तीन जना पङ्कजकुमार दास, माधव रेग्मी र आमोदप्रसाद चौधरीले निवेदन दिएका छन्। त्यस्तै टोखा–६, काठमाडौँका दिलीप शेखर श्रेष्ठ, भीमसेन थापा गाउँपालिका–१, गोरखाका चण्डिकाप्रसाद भट्ट, लक्ष्मीपुर–८, दाङका वसन्तकुमार पाण्डे, बागलुङ नगरपालिका–९ का डोलिन्द्रप्रसाद शर्मा र ललितपुर महानगरपालिका–२४ का शत्रुध्नप्रसाद पुडासैनीले निवेदन दिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार लोहारपट्टि नगरपालिका–३, महोत्तरीका कमलेन्द्रलाल कर्ण, बुढानीलकण्ठ नगरपालिका–८,…

Read More

काठमाडौं : भारतमा इन्डिगो एयरलायन्सको उडान ढिलो भएपछि एक यात्रुले पाइलटलाई कुटपिट गरेका छन्। इन्डिगोको विमानमा आइतबार एक यात्रुले पाइलटलाई कुटपिट गरेका हुन्। पाइलटलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भिडियोमा देखिएअनुसार पाइलटले विमानमा उडान ढिलाइ भएको घोषणा गरिरहँदा एकजना यात्रुले दौडिएर उनलाई थप्पड हानेको देखिन्छ। बीबीसी हिन्दीका अनुसार भिडियो दिल्लीको हो । यो उडान दिल्लीबाट गोवा गइरहेको थियो जुन बाक्लो कुहिरोका कारण ढिला भएको थियो। समाचार एजेन्सी पीटीआईका अनुसार इन्डिगोले यस विषयमा उजुरी दिएको छ। आइतबार दिल्ली र उत्तर भारतमा बाक्लो कुहिरो र कम भिजिबिलिटीका कारण धेरै उडानहरूमा ढिलाइ भएको थियो। धेरै रुट परिवर्तन भएका थिए भने उडान…

Read More

काठमाडौं : नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ३०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार सोमबार छापावाल सुन एक लाख १९ हजार ५०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार छापावाल सुन एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी तोलामा १४२० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Read More