बर्दिया : बर्दियामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का झन्डै दुई दर्जन कार्यकर्ताले एकैचोटी पार्टी छाडेका छन् । गुलरियाका वडा सभापतिसहित २१ जना नेता तथा कार्यकर्ताले हिजो वक्तव्य लेखेर पार्टी छोडेको घोषणा गरेका हुन् ।
जिल्ला संयोजकलाई सम्बोधन गर्दै उनीहरुले सार्वजनिक गरेको विज्ञप्तिमा पार्टीभित्र बढेको गुट उपगुट, स्वार्थी प्रवृत्तिका कारण आफूहरू पार्टीमा रहन नसकेको जनाइएको छ ।
पार्टी छोड्नेहरुमा गुलरिया नगरपालिका-४ का सभापति प्रेमबहादुर खड्का, सहसचिव दीपेन्द्रप्रसाद लामिछाने, गुलरिया नगर कमिटी सदस्य उमेश यादवसहित २१ जना छन् ।
Facebook Comments Box