Author: महेन्द्रनगर पोष्ट

धनगढी: सांसद प्रेम आलेले आफूले नेकपा एकीकृत समाजवादी पार्टी छाडिसकेको बताएका छन्। नेकपा एस छाडिसकेको भन्दै अहिले आफू तटस्थ रहेको उनले बताए। आलेले भने, ‘म अहिले एमालेमा पनि जाँदिनँ, कांग्रेसमा पनि जाँदिनँ । नेकपा एस छाडिकेको छु।’

Read More

धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सले पहिलो विदेशी खेलाडी अनुबन्ध गरेको छ।  सोमबार सुदूरपश्चिम रोयल्सले पहिलो विदेशी खेलाडीका रूपमा स्कटल्याण्डका ब्याटिङ अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई टिममा भित्र्याएको जानकारी दिएको हो। २५ वर्षीय ब्रान्डनले टी-२० आईका १६ खेलमा ४९७ रन बनाएका छन्। २२ ओडीआई खेलमा ब्रान्डनले ७२१ रन जोडेका छन्।  २२ ओडीआई खेलमा ३० विकेट लिँदा टी-२० आईका १६ खेलमा २ विकेट लिएका छन्। ब्रान्डनले टी-२० आईमा सन् २०२३ जुलाई २० मा जर्मनीविरुद्ध डेब्यु गरेका थिए। सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन्। सुदूरपश्चिम रोयल्सले प्रशिक्षकमा भने नेपाली राष्ट्रिय टिमा पूर्वप्रशिक्षक जगत टमाटालाई…

Read More

बाजुरा: बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ। असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका- ५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो। भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताए। असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ(छानो) नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उनलाई भारत लगिएको थियो।सोही घटनामा स्थानीय ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो।

Read More

घोडाघोडी: गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला पर्‍यो। उद्धार टोलीलाई खबर पनि गरियो। टोली आइपुग्न ६ घण्टा लाग्यो। उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो।२०७८ चैत १७ मा घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार नहुँदै मृत्यु भयो। २०७६ वैशाख १५ मा घोडाघोडी नगरपालिका–३ नारायणपुरस्थित थाह्रा र मोहन्याल सामुदायिक वनको सिमानामा चितुवा पासोमा परेको अवस्थामा फेला पर्‍यो । डिभिजन वन कार्यालय नपुरसँग उद्धार गर्ने दक्ष जनशक्ति नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार टोलीलाई खबर गरियो। उद्धार टोली घटनास्थल पुग्न नपाइ चितुवाको मृत्यु भयो। कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा यस वर्ष हालसम्म एक हजार १३१ जनालाई ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको छ। प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार जनवरीदेखि अगस्तसम्म सो सङ्ख्यामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको हो। पछिल्ला दुई महिनामा मात्रै कुल सङ्क्रमितको आधाभन्दा बढी व्यक्तिलाई ‘स्क्रब टाइफस’ भएको निर्देशनालयले जनाएको छ। अगस्तमा सबैभन्दा बढी ३७१ जनालाई यो रोग लागेको थियो।  निर्देशनालयले दिएको जानकारी अनुसार डडेलधुरामा सबैभन्दा बढी ३४७ जना, अछाममा २४४, बैतडीमा १३३, कैलालीमा १२०, दार्चुलामा १०१ जनालाई ‘स्क्रब टाइफस’ सङ्क्रमण भएको छ। त्यस्तै डोटीमा ७४, बाजुरामा ५६, कञ्चनपुरमा ३४ र बझाङमा २२ जनालाई ‘स्क्रब टाइफस’ भएको छ।  जङ्गली मुसामा हुने किर्ना (माइट) को टोकाइबाट मान्छेलाई ‘स्क्रब टाइफस’…

Read More

कैलाली: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको राजधानीको विषय अबको संसद्ले टुङ्गो लगाउने बताएका छन्। घोडाघोडी नगरपालिकाले आयोजना गरेको विजयादशमी दीपावली नेपाल संवत् तथा छठ पर्वको अवसरमा आयोजना गरिएको शुभकामना आदान प्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन्।  ‘गोदावरीमा यदि राजधानीमा राजधानी बन्न सक्दैन भने त्यसको विकल्पको रूपमा पनि सदन तयार हुन्छ,’ उनले भने ‘अव आउने सदनमा राजधानीलाई निकास दिन्छौँ।’ राजधानीको विषयमा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री आरजु राणा देउवासँग छलफल भइसकेको उनले बताए। ०७५ असोज १२ गते सुदूरपश्चिम प्रदेश सभाले कैलालीको गोदावरीमा राजधानी ताकिएको थियो । तर, अहिलेसम्म कार्यान्वयन हुन…

Read More

धनगढी: सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा लागूऔषधको जालो झनझन फैलिन थालेको छ। धनगढीबाट एकैदिन ६ जनालाई लागूऔषधसहित प्रहरीले पक्राउ गरेको छ। आइतबार कैलाली प्रहरीले धनगढीका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको हो।जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-१२ मनेहरा शिविरबाट चार जनालाई पक्राउ गरिएको छ। सोही ठाउँ बस्ने २४ वर्षीय नविन चौधरी, २२ वर्षीय सन्दीप चौधरी, २४ वर्षीय बाधुराम चौधरी र  २२ वर्षीय लोकेन्द्र गिरीलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट दुई सय ९० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ। यस्तै, जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका- २ भन्सार कार्यालय नजिकबाट गोदावरी नगरपालिका वडा नम्बर…

Read More

काठमाडौं: सरकारले सातै प्रदेशमा जलनको नि:शुल्क उपचार गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कस्मेटिक बाहेकका सम्पूर्ण जलनको उपचार सातै प्रदेशमा निशुल्क गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसबारे कार्यविधि तयार पारी मन्त्रिपरिषद्‌मा स्वीकृतिका निम्ति पेस गरेको थियो। अब प्रदेशस्तरबाट कोसीमा बीपी कोइराला राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, मधेसमा नारायणी अस्पताल वीरगन्ज, गण्डकीमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनीमा भेरी अस्पताल नेपालगन्ज, कर्णालीमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिममा सेती प्रादेशिक अस्पताल धनगढीले यो सेवा दिनेछन्।

Read More

धनगढीः धनगढीबाट ११ जना जुवाडे पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–५ हसनपुर स्थित प्रकाश भाटको घरमा जुवातास खेलिरहेको अवस्थामा धनगढी उपमहानगरपालिका–३ बस्ने २४ वर्षीय रोहित सिजापतीसहित ११ जना पक्राउ परेका हुन्। आइतबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद १ लाख ५३ हजार ३५० र १० गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।

Read More

काठमाडौं: गृह मन्त्रालयले आजमात्रै नेपाल प्रहरीका दुईजना नायव महानिरीक्षक (डीआईजी) लाई अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस गरेकाे छ। मन्त्रालयले आईतबार मध्यराति एकजना प्राविधिक (चिकित्सक) र जनपद प्रहरीका डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेकाे हाे। बढुवा सिफारिस हुनेहरूमा प्रहरी अस्पतालका चिकित्सक डीआईजी डा. सुन्दरप्रसाद ह्योजु र केन्द्रीय अनुसन्धान ब्यूराेकी डीआईजी किरण राणा रहेका छन्। उनीहरूलाई प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस गरिएको भन्दै सूची प्रकाशित गरिएको छ। बढुवा सिफारिस हुने डा. ह्योजु नेपाल प्रहरी अस्पताल महाराजगंजमा कार्यरत छन् भने राणा केन्द्रिय अनुसन्धान व्यूरो लाजिम्पाटमा दरबन्दी भएर काठमाडौंको विमानस्थलमा कार्यरत रहेका छन्। प्रहरीमा डीआईजी…

Read More