Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ :  साताको पहिलो कारोबार दिन अर्थात् आइतबार सुनकाे मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन तोलामा ६०० रुपैयाँले बढेको जनाएको छ। महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला एक लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुन एक लाख १६ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलाकाे १४ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार तोलामा १५ रुपैयाँले बढेर १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

दार्चुला : दार्चुला प्रहरीले खैरो रंगको बाख्रा फेला पारेको छ। जिल्लाको महाकाली नगरपालिका-४ राधाकृष्ण चोकमा बेवारिसे अवस्थामा खैरो रंगको बाख्रा फेला पारेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। शनिबार  राती साढे ११ बजेको समयमा बाख्रा फेला पारेको र कार्यालयमा राखिएको हुँदा बाख्रा मालिकले यस जिल्ला प्रहरी कार्यालय दार्चुलामा सम्पर्क राख्न दार्चुला प्रहरीले अनुरोध गरेको छ।

Read More

झापा : वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका मेचीनगर नगरपालिका–६ का ३७ वर्षीय गोपाल घिमिरे उद्धारपछि घर आइपुगे। अठार वर्षअघि मलेसिया गएका घिमिरेलाई मलेसियाको नेपाली जनसम्पर्क समितिले खोजी तथा उद्धार गरेर नेपाल पठाएको हो। उनकी आमा सानी घिमिरेले खोजीका लागि सार्वजनिक अपिल गरेपछि गोपालको खोजी भएको थियो। शुक्रवार क्लालाम्पुरबाट काठमाण्डाै आएका गोपाल शनिवार घर आइपुग्नुभएको सांसद एवं नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। मलेसियामा खोज्न र उद्धार गरेर नेपालसम्म ल्याउन पहल गरेका सांसद शर्माले आमा सानीको कारुणिक अपिलपछि मलेसियामा रहेको नेपाली जनसम्पर्क समितिको सक्रियता र त्यहाँको नेपाली राजदूतावासको सहयोगमा गोपालको सकुशल उद्धार सम्भव भएको बताए। ‘गोपाल भाइ मलेसियामा भेटिएका मात्र होइनन्…

Read More

कञ्चनपुर : वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई सीप सिकाइ व्यवसाय उन्मुख गराउनका लागि शुक्लाफाँटा नगरपालिकाले तथ्याङ्क सङ्कलनको काम सुरु गरेको छ। वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि वडा कार्यालय र नगरपालिकाको रोजगार शाखामार्फत तथ्याङ्क सङ्कलन हुन थालेको हो। स्वदेशमै उद्यमशीलता विकास गर्न सक्ने गरी तालिम प्रदान गर्नका लागि तथ्याङ्क सङ्कलन कार्य अगाडि बढाइएको नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्णराज भट्टले बताए। उनका अनुसार विवरण सङ्कलन कार्य गरिसकिएपछि त्यसकै आधारमा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको वैदेशिक रोजगार बोर्डको सचिवालयले सेवाप्रदायकमार्फत सीपमूलक तालिमका लागि छनोट गरिने छ। वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिको सीप परीक्षण तथा प्रमाणीकरण, श्रम बजारको आवश्यकतामा आधारित व्यावसायिकसँगै…

Read More

काठमाडौं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औं महासभामा सहभागी हुन आइतबार बिहान अष्ट्रियातर्फ प्रस्थान गरेका छन्। इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गरेका हुन्।​ नेपालका प्रमुख समेत रहेका कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रा. र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत त्यसतर्फ प्रस्थान गरेका हुन्। महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकप्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नेछन्।

Read More

काठमाडौं : स्टाफ नर्स (पीसीएल नर्सिङ) तर्फको नाम दर्ता (लाइसेन्स) परीक्षामा ८१ प्रतिशत फेल भएका छन्। परीक्षा समितिकी प्रवक्ता सकुन्तला प्रजापतिका अनुसार पीसीएल नर्सिङ तर्फ कुल १ हजार २७० जना सहभागी भएका मध्ये २४६ जना १९दशमलव ३४ प्रतिशत मात्रै पास भएका छन्। हिजो नै लिइएको बीएस्सी नर्सिङ तर्फको लाइसेन्स परीक्षामा पनि आधा भन्दा बढी फेल भएका छन्। बीएस्सी नर्सिङमा कुल सहभागी ४१४ जनामध्ये २०३ जना (४९.०३ प्रतिशत) पास भएका छन् ।

Read More

धनगढीः कैलालीको धनगढी बसर्पाकबाट भारत गएका यात्रु बिच बाटोमा अलपत्र गरेका छन्। श्री केदार टुर एण्ड ट्राभलले पठाएका ७० जना यात्रुहरू बिच बाटोमा अलपत्र परेका हुन्। उनीहरू मङ्सिर ६ गते धनगढीसँग सिमाना जोडिएको गौरीफन्टा हुँदै भारतको बेङ्लोरका लागि गएका थिए। तर, मङ्सिर १० गते हुँदा पनि उनीहरू बेङ्लोरदेखि ६५० किलोमिटरको दुरीमा अलपत्र परेका छन्। उनीहरु भारतको डन भन्ने स्थानमा अलपत्र छन्। उनीहरूले टुर एण्ड ट्राभलर्स कम्पनीलाई खबर गर्दासमेत बेवास्ता गर्ने गरेको बताएका छन् । भारतमा रहेका बसका चालकहरूले पनि उल्टै उनीहरुलाइ गाली गलौज गर्ने गरेको उनीहरूले बताएका छन्। उनीहरूले धनगढीबाट बेङ्लोरसम्मका लागि पाँच हजार सात सय एक रुपैयाँ कम्पनीलाई बुझाएका…

Read More

काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) मा आज एउटा खेल हुँदैछ। आज साँझ साढे ५ बजे नवप्रवेशी टोली वीरगञ्ज युनाइटेड एफसी र गएको संस्करणको उपविजेता धनगढी एफसी खेल्ने छन्। खेल दशरथ रङ्गशालामा हुनेछ। एनएसएलमा साविक विजेता काठमाण्डौ रेजर्स, ललितपुर सिटी एफसी र पोखरा थन्डर्सले विजयी शुरुवात गरेका छन् । उनीहरुको तीन अङ्क छ। एनएसएलको दोस्रो संस्करणमा ९ टोली सहभागी छन्।

Read More

डडेल्धुरा : डडेल्धुराको भागेश्वर गाउँपालिकास्थित भागेश्वर मन्दिर आज राति मेला लाग्दैछ। कार्तिक शुक्ल पक्ष बैकुण्ठ चर्तुदशीका राति भागेश्वर गाउँपालिका–२ स्थित भागेश्वर मन्दिर मेला लाग्ने गरेकोमा आज राति उक्त मेला लाग्ने भएको हो। उक्त मेला धुरा जाँतका नामले पनि प्रसिद्ध छ।  समुद्री सतहदेखि २ हजार बढी मिटर अग्लो महाभारत पहाडमा रहेको उक्त मन्दिर सुदूरपश्चिम क्षेत्रकै प्रसिद्ध धार्मिक क्षेत्र हो। २२ गाउँको ढुङ्गा, काठ, नगद, जिन्सीसहित मिस्त्री पनि ल्याएर भागेश्वरको मन्दिर निर्माण गरिएको किम्बदन्ती छ। पहिले भागेश्वर देवताकोमा २२ वटा देउरो जाने चलन भए पनि अहिले आएर ग्वानी, डुङ्गरी, सिराड, रुपाल, बगरकोटबाट मात्रै देउरो जाने गरेको छ । भागेश्वरसँग पासो, कैलपाल, बेताल…

Read More

काठमाडौँ : लोकसेवा आयोगको लिखित र मौखिक परीक्षाबाट छनौट भएर पनि स्थायी नियुक्ति लिन नआएकालाई तत्काल नियुक्ति लिन आउन सडक विभागले आग्रह गरेको छ। विभिन्न पदमा नाम निकालेका ९ जना नियुक्ति लिन नआएपछि विभागले सूचना जारी गरेको हो। विभागद्वारा जारी सूचनामा भनिएको छ– ‘गत कात्तिक २१ गतेको निर्णयअनुसार निजामती सेवा नियमावली, २०५० को नियम १६ बमोजिम स्थायी नियुक्ति लिन नआएका व्यक्तिहरूलाई निजामती सेवा नियमावली, २०५० को नियम १९ बमोजिम निरोगिताको प्रमाणपत्र पेश गरी नियुक्ति लिन आउनु हुन यो सूचना प्रकाशन गरिएको छ। उक्त म्यादभित्र आफ्नो नियुक्ति लिन नआएमा उपरोक्त नियमावलीको नियम १६ बमोजिम वैकल्पिक उम्मेदवारलाई योग्यताक्रम अनुसार नियुक्ति गरिने ब्यहोरासमेत…

Read More