बैतडी: भारतमा कोरोनाको नयाँ भेरियन्ट भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका उच्च सतर्कता अपनाइएको छ।
सीमा नाकामा रहेको हेल्थ डेस्कबाट नियमित रुपमा कोरोना परीक्षण भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए ।
भारतबाट फर्कने लक्षण देखिएका नागरिकको एन्टीजेन विधिबाट नियमित कोरोना परीक्षण भइरहेको उनले बताए।
रुघाखोकी लागेका तथा अन्य लक्षण देखिएकाहरुको नियमित रुपमा कोरोना परीक्षण गर्ने गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए।
Facebook Comments Box