Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : त्रिभुवन विमानस्थलबाट भारतको नयाँ दिल्लीका लागि उडेको विमान पुनस् काठमाडौं फर्काइएको छ । प्राविधिक समस्या देखिएपछि नारायणघाटमाथिको आकाशबाट विमान डाइभर्ट गरिएको विमानस्थलका प्रवक्ता सुभाष झाले बताए । एआई २१६ उडानको उक्त विमानमा १२५ जना यात्रु थिए । काठमाडौंबाट साँझको ७ बजेर २ मिनेटमा उडेको विमान ७ बजेर ३२ मिनेटमा आकस्मिक ल्याण्ड गरिएको हो । आज उडान नहुने भएपछि यात्रुहरूलाई होटलमा लगिएको छ ।

Read More

धनगढीः कैलालीका दुई पसलमा प्रहरीले छापा मारेको छ। दुबै पसलबाट प्रहरीले ६ लाख ४१ हजारभन्दा बढी मूल्यका अवैध सामान जफत गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको सादा पोसाकको प्रहरी टोलीले गौरीगङ्गा नगरपालिका–८ बढैपुर स्थित डिल्लीराम आचार्यले सञ्चालन गरेको म्याक्स जनरल स्टोर र गोविन्द शर्माले सञ्चालन गरेको बेरोजगार किराना पसलबाट अवैध सामान बरामद भएको हो।

Read More

बझाङः बझाङमा भिरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ। लडेर घाइते भएकी बुंगल नगरपालिका–१० दौंडकी २२ वर्षीया सिता बागलाई उपचारको लागि डडेल्धुरा ल्याउँदै गर्दा बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनी शनिवार बर्म खोली भन्ने जंगलमा घास काट्ने क्रममा भिरबाट लडेर घाइते भएकी थिइन्।

Read More

दार्चुलाः दार्चुलामा करेन्ट लागेर एक महिला घाइते भएकी छिन्। जिल्लाको मार्मा गाउँपालिका–४ बसन्त टोलकी ३६ वर्षीया गोपा धामी घाइते भएकी हुन्। उनलाई डाले घाँस काट्ने क्रममा विद्युतको सर्विस लाइनमा छुन गई करेन्ट लागेको हो। घाइते धामीलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि धनगढी लगिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Read More

धनगढीः कैलालीमा एक गोठमा आगलागी भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–८ बचैलाका लछीराम विष्टको गोठमा आज दिउँसो आगलागी भएको हो। गोठ र नजिकैको परालमा आगलागी हुदा करिब ६ लाख बराबरको क्षती भएको छ। आगलागीबाट मानवीय तथा पशुचौपायामा भने केहि क्षेती नपुगेको कैलाली प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अभिनेत्री एवं नागरिक उन्मुक्ति पार्टीकी पूर्व नेतृ एलिजा गौतमलाई सक्रिय रूपमा अघि बढ्न सुझाव दिएका छन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेकी गौतमलाई प्रचण्डले युवा पुस्ता निष्क्रिय भएर बस्न नहुने बताउँदै राजनीतिमा सक्रियताका साथ अघि बढ्न सुझाव दिएको भेटपछि गौतमले जानकारी दिइन् । झन्डै १ घण्टा भएको कुराकानीमा प्रचण्डले समसामयिक राजनीतिक विषयमा कुराकानी गर्दै राजनीतिमा अघि बढ्न प्रचण्डले आफूलाई प्रेरित गरेको उनले बताइन् । उनले प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै भनिन्–‘तपाईंजस्तो युवा मान्छे निस्क्रिय बस्नु हुँदैन, राजनीतिमा अघि बढ्नुपर्छ यसरी चुप लागेर बस्नु हुँदैन । अगाडि बढेर देशका लागि केही…

Read More

काठमाडौँ : पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक गणतन्त्र चिट्ठा परेर नभई लडेर ल्याएको भन्दै कुनै व्यक्ति र परिवार मुलुकका जनताभन्दा माथि हुने व्यवस्था स्वीकार्न नसकिने बताएका छन् । उनले नेपालमा अस्थिरता ल्याउने षड्यन्त्र भइरहेको पनि बताएका छन् । नेपाल संवत ११४४ को अवसरमा एमाले काठमाडौंले शनिबार आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले सचेत जनताले पश्चगमनमा नजाने बताए । ‘हामी ढुंगे युगतिर फर्किन सकिँदैन । जन्मिँदै कोही राजा हुने, जनताभन्दा ठूलो व्यक्ति र परिवार हुने कुरा सचेत जनताले स्वीकार्न सक्दैन, नयाँ पिँढीले स्वीकार्न सक्दैन,’ उनले भने, ‘लोकतान्त्रिक गणतन्त्र चिट्ठा परेर ल्याएको होइन, लडेर ल्याएको हो ।…

Read More

जाजरकोट : जाजरकोट भूकम्पबाट क्षति भएका सरकारी तथा सार्वजनिक संरचनाको निर्माण प्रदेश सरकारले गर्ने भएको छ । सरकारी कार्यालय, विद्यालय, प्रहरी कार्यालय, खानेपानी, सिँचाइ आयोजनामा भएको क्षति प्रदेश सरकारले निर्माण गर्ने कार्ययोजनाका साथ नियमित छलफलमा रहेको आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले जानकारी दिए । भूकम्पले सबैभन्दा जाजरकोट र रुकुमपश्चिममा क्षति पुर्‍याएको छ । भूकम्पले कर्णालीका ५४ वटा प्रहरी कार्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयदेखि अस्थायी प्रहरीचौकीसम्म भूकम्पले क्षति बनाएको कर्णाली प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए । जाजरकोटमा ३३, रुकुमपश्चिममा १२, सल्यानमा तीन, जुम्लामा चार वटा, कालीकोटमा दुई वटा प्रहरी भवनमा क्षति पुगेको प्रमुख…

Read More

पोखरा : मादक पदार्थ सेवन गरी प्रहरीलाई हातपात गर्ने नेपाल कांग्रेस बागलुङ क्षेत्र नम्बर १ (ख) का सभापति दल बहादुर श्रीषसहित २ जना पक्राउ परेका छन् । बिहीबार राती बागलुङ जैमिनी नगरपालिका १ कुश्मिसेरा बजारमा मादक पदार्थ सेवन गरी ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई अभद्र व्यवहार (हातपात) गर्ने ४० वर्षिय श्रीष र ३५ वर्षिय निर्मल रानालाई बागलुङ प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी होहल्ला गरिरहेको अवस्थामा ड्युटीमा खटिएको प्रहरी टोलीले सम्झाई बुझाई गर्दा डियुटीमा खटिएका प्रहरी अभद्र व्यवहार गरेकाले उनीहरुलाई पक्राउ गरिएको बागलुङका डिएसपी मदन केसीले जानकारी दिए । सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा तथा नैतिकताविरुद्धको कसुरमा मुद्दा…

Read More

विराटनगर : कोशी प्रदेश सभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८०’ आज सर्वसम्मत पारित भएको हो । सो प्रस्ताव मुख्यमन्त्री केदार कार्कीले प्रदेश सभा नियावली, २०७४ को (पहिलो संशोधनसमेत) नियम ९३ को उपनियम १ बमोजिम सदनमा पेस गरेका थिए । सो प्रस्तावलाई उपसभामुख सिर्जना दनुवारले…

Read More