Author: महेन्द्रनगर पोष्ट

धनगढीः सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा एक जना घाइते भएका छन्। बिहीवार बिहान सदूरपश्चिम प्रदेश ०१००१० प २५७२ नम्बरको मोटरसाइकल र बा१झ ८७९९ नम्बरको सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो। एम्बुलेन्सको ठक्करबाट मोटरसाइकल चालक मोहन्याल गाउँपालिका–१ बसन्तगडाका २५ वर्षीय गणेश घर्तिमगर घाइते भएको ट्रफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। अस्पतालको एम्बुलेन्स बिरामी बोकेर नेपालगन्ज जाँदै गर्दा बौनिया गाउँनजिक महेन्द्रराजमार्गमा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाइते मगरको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बौनियाले जनाएको छ। एम्बुलेन्स र एम्बुलेन्स चालक गोविन्द प्रसाद दहाल प्रहरीको नियन्त्रणमा छन्।

Read More

कैलाली : कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–२ बौनिया गाउँ नजिक महेन्द्रराजमार्गमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एकजना घाइते भएका छन्। बुधवार बेलुका सुमन थारुले चलाएको से७प ५३४७ र लवकुश चौधरीले चलाएको सुदूरपशिचम प्रदेश ०१००१० प १९०२ नम्बर को मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका वडा नम्बर–२ का २५ वर्षीय सुमन थारुको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा राति मृत्यु भएको जनाइएको छ। घाइते भएका बर्दगोरिया–२ कुम्भीयाका ४९ वर्षीय लवकुश चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरका उखु किसान सरकारी अनुदानबाट वञ्चित छन् । उनीहरुले गत वर्षको अनुदान पाउन सकेका छैनन्। सरकारले किसानले उत्पादन गरेको उखु नेपाली चिनी उद्योगलाई बिक्री गर्ने किसानलाई अनुदान दिँदै आएको छ। सरकारले चिनी उद्योग सञ्चालित जिल्लाका कोष तथा लेखा नियन्त्रकको कार्यालयलाई प्रत्येक वर्ष अनुदानबापतको रकम उपलब्ध गराउने व्यवस्था छ। तर कञ्चनपुरका उखु किसानले भने गत वर्षको अनुदान पाउन सकेनन्। उखु उत्पादक किसान हकहित संरक्षण समितिका कोषाध्यक्ष चेतनकुमार राईले कञ्चनपुरका उखु किसानले रु ३२ करोड अनुदान रकम पाउन बाँकी रहेको बताए। ‘कञ्चनपुरका दुई सुगर मिलबाट किसानलले पाउनुपर्ने सो अनुदान रकम सरकारले निकासा गरेको छैन,’ उनले भने, ‘गत वर्षकै अनुदान रकम नपाएपछि…

Read More

बैतडी : नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रीत विशेष अभियान सुरु भएको छ। बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गरेर अभियानको ‘झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’ अभियानो शुभारम्भ रहेका हुन्। अभियनको शुभारम्भ गर्दै अध्यक्ष केपी ओलीले राष्ट्रिय झण्डा फहराएका थिए। अभियानका लागि एमालेका शीर्ष नेता, भ्रातृ संगठनका प्रमुख तथा पदाधिकारी सबै पुगेका छन्। गत ६ मंसिरको केन्द्रीय कमिटी बैठकमै अध्यक्ष ओलीले यो यात्रा सडक आन्दोलनको थालनी हुने बताएका थिए। त्यसैअनुसार, पार्टी पंक्ति परिचालित गर्ने एमालेको तयारी छ। त्यो केन्द्रीय कमिटी बैठक अगाडि भने एमालेले मध्यपहाडी लोकमार्ग भएर चल्ने यो यात्रालाई वार्षिक कार्यक्रमभित्र राखेको थियो। गत वर्ष मंसिरको आमचुनावमा अपेक्षित…

Read More

काठमाडौं : धितो भएका ऋणीलाई बैंकले अब कालो सूचीमा राख्न नपाउने भएको छ। नेपाल राष्ट्र बैंकले बुधबार ‘एकीकृत निर्देशन २०८०’ लाई संशोधन गर्दै धितो लिएका ऋणीहरूलाई कालो सूचीमा राख्ने व्यवस्थालाई खारेज गरेको हो। ‘नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’, ‘ग’ वर्गको बैंक तथा वित्तीय संस्थाहरूले जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीले सुरक्षण स्वरूप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ। यस्तो धितोबाट भएको असुली पर्याप्त नभई बैंकले लिने रकम बाँकी रहे त्यसको भुक्तानीका लागि जमानतदातालाई ९० दिनको समय प्रदान गर्नुपर्ने व्यवस्था निर्देशनमा गरिएको छ। सो सूचना अवधिपछि मात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

Read More

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले मिसन–८४ ले देश नबन्ने बताएका छन् । उनले बुधवार राति सामाजिक सञ्जालमार्फत नेताहरूलाई सकाएर मात्र देश बन्ने भन्दै बालेनले आक्रोश पाखेका हुन्। उनले राजनीतिक दलहरुले आगामी २०८४ सालमा हुन गइरहेको आमनिर्वाचनलाई लक्षित गर्दै ‘मिसन–८४’ अभियान चलाइरहेकाप्रति व्यंग्य गरेका छन्। ‘तिमीहरूको ८४ ले बन्दैन, तिमीहरूको ८४ सक्किएर बन्छ । तिमीहरूलाई सकाएर बन्छ,’  उनले लेखेका छन्।

Read More

काठमाडौं : रोजगार  अनुमति  प्रणाली  (इपिएस)  अन्तर्गत  दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि  कृषि  र  उत्पादनको  उद्योग  र  सिप  बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप  निर्माण  र  सेवा  सर्भिसका  क्षेत्रमा  पनि  नेपाली  श्रमिक लैजाने भएको हो । वैदेशिक  रोजगार  विभाग  इपिएस  शाखाका  अनुसार    दक्षिण    कोरियाले    उत्पादनमूलक    क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा…

Read More

कञ्चनपुरः इजरायल र आतङ्कवादी समूह हमासबीच युद्धविरामको घोषणा भएपछि उक्त समूहको नियन्त्रणमा रहेका भनिएका विपिन जोशीको सकुशल रिहाइको आशामा उनका बाआमाको दैनिकी समाचार हेरेरै बितिरहेको छ। हमासले पटक–पकट विभिन्न नागरिकलाई रिहा गरे पनि  विपिनको कुनै समाचार नआउँदा उनका बाआमा साह्रै चिन्तित छन्। बुधवार गृहजिल्ला आइपुगेका परराष्ट्रमन्त्री नारायणप्रकाश साउदलाई भेटेर विपिनको शीघ्र रिहाइका लागि उनीहरूले आग्रह गरेका छन्। ‘कतिबेला छोरा सम्पर्कमा आउला भनेर समाचार हेर्दै बसेकी हुन्छु’, आमा पद्माले भनिन्, ‘समाचार हेर्दै दिन बित्छ।’ विपिन गत असोज २० गतेदेखि  सम्पर्कविहीन छन्। उक्त दिन हमासले इजरायलको पश्चिमी भागका किबुचमा अन्धाधुन्ध आक्रमण गरेको थियो। उक्त आक्रमणमा परी १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। नेपाल…

Read More

जाजरकोट: कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ। वडा नं.१ स्याग्रीका सुनील बादीकी ३ वर्षकी छोरी रक्षा बादीको चिसोको कारण मृत्यु भएको हो। निमोनियापछि अस्पताल लैजाने क्रममा बालिकाको छेडागाडस्थित मटेलामा निधन भएको गाउँपालिका अध्यक्ष हरिस्चन्द्र बस्नेतले बताए। गत कात्तिक १७ गतेको भूकम्पले घर चर्किएपछि मृतक बालिकाको परिवार पालमुनि बस्दै आएका थिए।

Read More

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले खेलकुदको विकासमा प्राथमिकता दिएको बताएका छन्। कैलालीको बौनियामा आयोजित पालिकास्तरीय फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहले ‘एक निर्वाचन क्षेत्र, एक खेलमैदान’ र प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई पुरस्कारद्वारा सम्मानित गर्नेजस्तो नीति सरकारले लिएको स्पष्ट पारेका छन्। उनले भने, ‘खेलकुदका माध्यमबाट लागुऔषध दुव्र्यसनीको समस्या न्यूनीकरण गर्न सकिन्छ।’ भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामेश्वर चौधरीले किसानमैत्री नीति बनाउन लागिएको बताए। जिल्लाका पालिकास्तरीय १६ टिमको सहभागिता रहेको उक्त फुटबल प्रतियोगिता यही मङ्सिर २१ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगितामा विजयी हुनेलाई दुई लाख एक हजार र उपविजेतालाई एक लाख पाँच हजार पुरस्कार प्रदान…

Read More