Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : कञ्चनपुर प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादीलाई तीन दशकपछि पक्राउ गरेको छ । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-९ का धनबहादुर सुनारलाई शुक्रबार पक्राउ गरी कारागार चलान गरिएको हो । सुनारलाई आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले बताए । सुनारलाई जिल्ला अदालत कञ्चनपुरले २०५० फागुन १५ गते कुटपिट मुद्दामा दोषी ठहर गर्दै ६ महिना कैद र २ हजार जरिवानाको फैसला सुनाएको थियो ।

Read More

काठमाडौं : अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपालीले ज्यान गुमाएका छन् । साढे दुई महिनादेखि अमेरिकाको अध्यागमन हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् । अमेरिकाको इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट एजेन्सी आईसीईले उनको मृत्युको पुष्टि गरेको हो । उनको मृत्युको आधिकारिक कारण भने खुलाएको छैन । पारिवारिक श्रोतका अनुसार ०८० भदौ ५ गते उनी घरबाट हिँडेका थिए । एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर उनी काठमाडौंबाट टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए । गत सेप्टेम्बर २ मा उनी मेक्सिकोबाट अवैधरुपमा अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए । उनलाई…

Read More

बर्दिया : बर्दियाको गुलरिया नगरपालिका-५ स्थित सुहेलवामा हत्या अभियोगमा आठ जनालाई पक्राउ गरिएको छ । प्रहरीले घटनाको मुख्य आरोपमा गुलरिया नगरपालिका–६ का २३ वर्षीय सुलभ थापा, २४ वर्षीय धिरज ठाकुर, वडा नम्बर ५ का १९ वर्षीय दिपेश बुढामगर, वडा नम्बर ८ का १९ वर्षीय सन्दिप थारु र दिनानाथ चौधरीलाई पक्राउ गरेको हो । कात्तिक २६ गते राति २३ वर्षका वरुण घिमिरेलाई पुरानो रिसइबीका कारण हत्या गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । घिमिरेको हत्यामा सहयोगी भूमिका निर्वाह गरेको आरोपमा गुलरिया नगरपालिका–६ का १८ वर्षीय रक्षक भनिने रोशन शाह, वडा ४ का निश्चल थापा क्षेत्री र ठाकुरबाबा नगरपालिका– ३ विदुरपुरका…

Read More

धनगढीः कैलालीको कैलारी गाउँपालिकाका सब ओभरसियर विशेष चौधरीको शव एक सातापछि फेला परेको छ। उनको शव आज टीकापुरको दौलतपुर घाटमा फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ। टीकापुर पार्क घुम्न गएका चौधरी कर्णाली नदीमा कात्तिक २५ गते बेपत्ता भएका थिए । साथीहरुसँगै टीकापुर पार्क घुम्न गएका उनी जोडिएको कर्णाली नदीमा पौडी खेल्न गएका थिए। सोही क्रममा उनी डुबेर बेपत्ता भएका थिए ।

Read More

काठमाडौँ : माओवादी केन्द्रका नेता जनक बर्तौलालाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । २२ कात्तिकमा बानेश्वरमा बर्तौलामाथि खुकुरीप प्रहार गरेर भागेका तीन जनालाई प्रहरीले पशुपतिनगर, इलामबाट पक्राउ परेको हो । पक्राउ पर्नेमा बाँकेका शेरबहादुर थारु र आशिष लामिछाने मगर र झापाका कैलाश भन्ने टेकबहादुर प्रधान छन् । माओवादीको बाग्मती प्रदेश सदस्य एवं अखिल नेपाल खेलकुद महासङ्घका उपाध्यक्ष बर्तौलामाथि २२ कात्तिकमा बानेश्वरस्थित आइप्लेक्स मल नजिकै खुकुरी प्रहार भएको थियो । प्रहरीका अनुसार आक्रमणमा संलग्नहरुले बर्तौलामाथि साङ्घातिक आक्रमण गर्ने योजनाअनुसार तीन महिनादेखि नै घर, कार्यालय, जिम लगायतको निगरानी गरेका थियो । घटना भएको दिन शेरबहादुरले पछाडिबाट खुकुरी…

Read More

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा पक्राउ परेका रमेश भण्डारीमाथि म्याद थप गरेर अनुसन्धान भइरहेको छ। धनगढी-३ घर भएका भण्डारी चोरी मुद्दा दर्ता भएर सात दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक उपेन्द्र बमले जानकारी दिए । उनी सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक(असई) हुन्। दार्चुलाको ४३ नम्बर गणमा कार्यरत भण्डारीलाई तालिमका लागि पोखरा पठाइएको थियो। तिहारको बिदामा उनी धनगढी पुगेका थिए। उनले कार्तिक २६ गते राति अस्पतालबाट ल्यापटप चोरेको बताइएको छ। चोरीपछि नेपाल प्रहरीले सशस्त्र प्रहरीलाई पत्र काटेर सहयोग गर्न आग्रह गरेकोमा सशस्त्रले नै असई भण्डारीलाई पक्रेर प्रहरीलाई बुझाएको थियो। उनको पहाड घर…

Read More

बैतडी : बैतडीमा एक युवक मृत फेला परेका छन्। मृत फेला पर्नेमा जिल्लाकाे दोगडाकेदार गाउँपालिका-४ मल्लीओढार बस्ने अन्दाजी २२/२३ वर्षीय तर्कराम महर रहेका छन्। उनी बिहान १० बजेतिर मृत फेला परेका हुन् । घरबाट करीब ५ सय मिटर टाढा रहेको गोदेखोला वनमा मछाइनोको रुखमा झुण्डिएको अवस्थामा महर फेला परेका हुन् । मृतक महरका भाइ कृष्णराम महरले झुण्डिएको अवस्थामा दाजुलाई देखेपछि पासो काटेर घरमा ल्याएका थिए। तर, घरमा पुर्याउँदा उनको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए ।

Read More

काठमाडाैं : नेपाली कांग्रेसले सहकारी विभागको जिम्मेवारी देवेन्द्रराज कडेँललाई दिएको छ । सभापति शेरबहादुर देउवाले शुक्रबार सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरी जिम्मेवारी दिएका हुन् । मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार विधानको धारा ३७ को उपधारा १ अनुसार सभापति देउवाले सहकारी विभाग प्रमुखमा कँडेललाई मनोनीत गरेका हुन्। कांग्रेस विधानमा महाधिवेशन भएको ६ महिनाभित्र विभागहरु गठन गरि सक्नुपर्ने व्यवस्था भए पनि सभापति देउवाले ढिलो गरी जिम्मेवारी तोकेका हुन । कडेँल कांग्रेस केन्द्रिय सदस्य हुन् ।

Read More

गाजा : गाजाको जबलिया शरणार्थी शिविरमा इजरायली हवाई हमलामा १८ जनाको मृत्यु भएको छ । प्यालेस्टिनी वाफा समाचार एजेन्सीको रिपोर्टका अनुसार आवासीय भवनलाई निशाना बनाएर गरिएको आक्रमणमा कम्तीमा १८ सर्वसाधारणको मृत्यु भएको छ भने धेरै घाइते भएका छन् । हवाई हमलामा मारिएकाहरूमा अबु अल कुमसान, मसूद, अल अस्ली, अल तुलुली, अबु दान र अबु दयार परिवारका सदस्यहरू रहेका छन्। जबलियाको छेउमा रहेको फलुजाहलाई लक्षित गरी इजरायली हवाई आक्रमणमा थप तीन नागरिकको मृत्यु भएको प्यालेस्टिनी वाफा समाचार एजेन्सीले जनाएको छ। इजरायली हवाई आक्रमण र गाजा शहरमा तोपखाना फायरले शेख रदवान, तुफाह र शुजैया छिमेकहरू साथै याफा स्ट्रीटलाई निशाना बनाएको छ।

Read More

काठमाडौँ : मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइते भएकामध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ। शुक्रवार घाइतेको अवस्था बुझ्न कीर्तिपुर अस्पताल पुगेका युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई उपचारमा खटिएका चिकित्सिकले यस्तो जानकारी गराएका हुन्। उपचाररत २५ मध्ये ६ जनाको अवस्था गम्भीर रहेको अस्पतालकी डाक्टर निजिना ताम्राकारले बताइन्। उनले चिकित्सकहरू घाइतेको उपचारमा लागिरहेको बताए। उनले भने, ‘डढेको विरामीको उपचारमा यति नै समय भन्न सकिँदैन, सबै चिकित्सक काममा लागिरहनुभएको छ। ६ जनाको अवस्था गम्भीर छ।’ मन्त्री लिम्बूले अमेरिकाबाट थप चिकित्सकको टोली मगाएर घाइतेको उपचार गराउने प्रक्रिया शुरु गरिएको बताए। उनले अमेरिकाबाट आइतवारसम्म चिकित्सक आइसक्ने र थप उपचार थाल्ने जानकारी दिए। उनले…

Read More