Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : टिकटक प्रतिबन्धविरुद्ध परेका करिब १० रिटको सुनुवाइ न्यायाधीश डा. कुमार चुडालको इजलासमा तोकिएको छ। अन्तरिम आदेशको माग गर्दै दायर रिटमाथि सोमबार सर्वोच्चमा एक न्यायाधीशको इजलासमा प्रारम्भिक सुनुवाइ हुन लागेको हो। टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए। उनकाअनुसार ती रिटमाथिको प्रारम्भिक सुनुवाइ सोमबार न्यायाधीश डा. कुमार चुडालको इजलासमा हुन लागेको हो। गत कात्तिक २७ गतेको मन्त्रिपरिषद् बैठकबाट टिकटकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको थियो। शुक्रबार टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा १० वटा रिट दर्ता भएका थिए। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, डा. सुनिल रञ्जन…

Read More

धनगढी : कैलालीमा एक युवकमाथि खुकुरी प्रहार गरिएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–४ कौवापुर पिपलचौतारा नजिकै सोही ठाउँ बस्ने २१ वर्षीय निसान थापामगरमाथि धारिलो हतियार खुकुरी प्रहार भएको प्रहरीले जनाएको हो। थापामगरमाथि खुकुरी प्रहार गर्ने लम्कीकै २२ वर्षीय अमित मयालको समूह (ग्याङ) फरार रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदिप चन्दले जानकारी दिए। उनीहरुले थापामगरमाथि पछाडिबाट खुकुरी प्रहार गरेको बताउदै डीएसपी चन्दले बाँया हातको औला काटिएको र दाँया काँधमा समान्य चोट रहेको बताए। उनको लम्कीकै लालरत्न अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने मयाल समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : इजराइली डिफेन्स फोर्स (आइडिएफ)ले नेपाली नागरिक विपिन जोशीको भिडिओ सार्वजनिक गरेको छ। आइडिएफले एक्स (ट्वीटर) बाट सार्वजनिक गरेको भिडिओमा हमासले २ जना घाइतेलाई अस्पताल लैजाँदै गरेको दृश्य छ। भिडिओमा एक जनालाई डोहोर्‍याइँदै अस्पतालभित्र लगिएको र अर्का व्यक्तिलाई स्ट्रेचरमा राखेर उपचार कक्षमा लगिएका दृश्य छ। आइडिएफले एक्समार्फत ती दुईमध्ये एक नेपाली र एक थाई नागरिक रहेको बताएको छ। उसले ती व्यक्तिहरू को हुन् र अहिले कहाँ छन् भन्ने नखुलेको जानकारी दिएको छ। द न्युयोर्क टाइम्सले उक्त दृश्य गजाको अल–सिफा अस्पतालको रहेको पुष्टि गरेको छ। गजाको स्वास्थ्य मन्त्रालयले भने उक्त भिडिओको आधिकारिकताबारे प्रमाणित नहुन सक्ने बताएको न्युयोर्क टाइम्सले उल्लेख गरेको…

Read More

जाजरकोट : अत्यधिक चिसोका कारण नलगाड नगरपालिका–८ टापुकी ७० बर्षीया विष्णुकमारी खत्रीको मृत्यु भएको छ । भूकम्पमा परी घाइते भइ स्थानीय मेडिकलमा उपचार गराइरहेकी खत्रीको हिजो विहान मृत्यु भएको हो । उनी हाल त्रिपासको साहरामा बस्दै आएकी थिइन् । विहान खत्रीलाई उपचारका लागि लैजाने तयारी गर्दैगर्दा मृत्यु भएको वडा अध्यक्ष तेजबहादुर सिंहले जानकारी दिए । यसअघि चिसोका कारण शनिबार तीन जनाको ज्यान गएको थियो । भूकम्पका कारण घरमा क्षति पुगेपछि त्रिपालमा बस्दै आएका जुनीचाँदे गाउँपालिका–४ लुहादहकी ८९ वर्षीया सुगिली नेपाली, बारेकोट गाउँपालिका–१ रामीडाँडाका ७० वर्षीय डुमे पुन र छेडागाड नगरपालिका–१३ थानवाडाकी ५६ वर्षीया मनसरी कामीको चिसोका कारण मृत्यु भएको थियो।…

Read More

कैलाली : कैलालीका दुई स्थानमा भएको आगलागीबाट २६ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ । चुरे गाउँपालिका–१ मेलबास बस्ने शिब बहादुर बिकको घरमा शनिबार दिउँसो आगलागी हुँदा नगद तथा विभिन्न सुन तथा चाँदीका गरगहना, लत्ताकपडा समेत जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। यसैगरी, लम्कीचुहा नगरपालिका–१०तिघरी बस्ने ५० वर्षीय केशव प्रसाद जैशीको घरमा शनिबार दिउँसो आगलागी हुँदा घरभित्र रहेको खाद्यान्न, भाँडावर्तन, लत्ताकपडा, काठ र डोरीले बनेको खाट, कुर्सी, टेबल, पूर्णरूपमा जलेर करिब ६ लाख ७५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।

Read More

इलाम: शैक्षिक भ्रमणका क्रममा इलामको कन्याम पुगेर फर्कंदै गरेको बस दुर्घटना हुँदा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा परी धनुषाधाम नगरपालिका- ९ धारापानीका १२ वर्षीय बालक अर्पण लामा र सोही ठाउँकी ४० महिला तुल्मा लामाको मृत्यु भएको नेपाल प्रहरीको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ । आइतबार इलामको कन्याम पुगेर फर्कंदै गरेको ना६ख ८४२४ नम्बरको बस बेलुका करिब ५ बजे इलामको रोङ गाउँपालिका-३ कोलबुङमा दुर्घटना भएको थियो । दुर्घटनामा ३२ जना घाइते भएका छन् । उनीहरु सबै धारापानीका स्थानीय हुन् । घाइतेको विवरण ३० वर्षीय गणेश कुमारी मुक्तान११ वर्षीय समिक्षा मुक्तान१२ वर्षीय बालक शेखर…

Read More

बैतडी : बैतडीको शिवनाथ गाउँपालिका क्षेत्रभित्र सोमबार र मंगलबार सार्वजनिक बिदा दिइएको छ । गाउँपालिकास्थित प्रसिद्ध शिवनाथ धाममा लाग्ने मेलालाई मध्यनजर गर्दै सार्वजनिक बिदा दिइएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । शिवनाथ धाममा आज र भोलि जात्रा लाग्ने भएकाले शिवनाथ गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षण संस्था, सरकारी तथा गैरसरकारी निकायहरुमा सार्वजनिक बिदा दिइएको हो । जिल्लाको प्रसिद्ध धामको रुपमा रहेको शिवनाथ मन्दिरमा हरेक बर्ष कार्तिक शुक्ल सप्तमी र अष्टमीका ठूलो जात्रा लाग्ने गर्दछ ।

Read More

धनगढी : धनगढीको एक घरमा पार्कीङ्ग गरेर राखिएको अवस्थामा मोटरसाइकल चोरी भएको छ । धनगढी उपमहानगरपालिका १२ जुगेडा बस्ने चन्द्र बोहराको सुपप्र०१००८ प ६९५ नम्बरको प्लसर मोटरसाइकल सोमबार राति चोरी भएको प्रहरीले जनाएको छ । चोरी भएको उक्त मोटरसाइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : कैलालीमा एक युवकमाथि खुकुरी प्रहार भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका–४ कौवापुर पिपलचौतारा नजिकै सोही ठाउँ बस्ने २१ वर्षीय निसान थापामगरमाथि धारिलो हतियार खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । थापामगरमाथि खुकुरी प्रहार गर्ने लम्कीकै २२ वर्षीय अमित मयालको समूह भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए । खुकुरी प्रहारबाट थापामगरको बाँया हातको औला काटिएको र दाँया काँधमा समान्य चोट लागेको छ। उनको लम्कीकै लालरत्न अस्पतालमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने मयाल समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमा आजबाट सुनुवाइ हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी तथा अधिवक्ताहरू स्वागत नेपाल, जगन्नाथ दुलाललगायतले दिएको रिटमा आजका लागि पेशी तोकिएको छ । सरकारले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाएपछि मंसिर १ गते सर्वोच्च अदालतमा परेका सबै रिटहरुलाई एकसाथ राखी सुनुवाइ गर्न आजका लागि पेसी तोकिएको हो । सरकारको निर्णय गैरकानुनी एवं गैरसंवैधानिक, बदनियतपूर्ण एवं स्वेच्छाचारी भएको भन्दै अधिवक्ता त्रिपाठीलगायतले सो निर्णय बदर गरी टिकटकमा लगाइएको रोक तत्काल फुकाउन माग गरेका छन् । सामाजिक सद्भाव बिगारेको भन्दै गत २७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको थियो ।

Read More