Author: महेन्द्रनगर पोष्ट

भजनी : कर्णाली नदीका कारण कैलालीको टीकापुर नगरपालिकाका उच्च जोखिममा परेको छ । टीकापुर –७ मा पर्ने सत्ती कर्णाली सामुदायिक वनमा नदी तटबन्ध छोडेर करिब २० मिटर कटान गरेपछि टीकापुर–७, ८ र ९ का सबै स्थानीय प्रभावित हुने देखिएको छ । कर्णाली नदीका कारण अहिले १५ हजारभन्दा बढी जनसङख्या विस्थापित हुने स्थितिमा रहेको स्थानीय जितबहादुर चौधरीले जानकारी दिए। उनले तत्काल नदी नियन्त्रणको काम हुनुपर्ने बताए । “हिउँदको समयमा पनि नागरिक त्रासमा छन् । नदीको धार बस्ती केन्द्रित भएर बग्न थालेको छ । उनले भने, “समयमै काम हुन सकेन भने जतिबेला जे पनि हुनसक्छ ।” नदीले तटबन्ध गएको बर्सातको समयमा नदीले…

Read More

धनगढीः कैलालीको धनगढीबाट लागुऔषधसहित एकजना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१ भवानी टोलबाट १ ग्राम ५४० मिलीग्राम खैरो हेरोइनसहित सोही ठाउँका ५० वर्षीय माधव भट्ट मंगलबार दिउँसो पक्राउ परेका हुन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र अस्थाई प्रहरी पोष्ट शान्तिनगर कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले भट्टको घर अगाडी रहेको खोका भित्र चेकजाँच गर्दा लागुऔषध फेला पारी पक्राउ गरेको सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले भौतिक योजना तथा यातायातमन्त्री प्रकाश ज्वालालाई सरकारबाट फिर्ता बोलाउन उनको दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) लाई आग्रह गरेका छन्। दाहालले नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार टेलिफोन गरी मन्त्री ज्वालालाई सरकारबाट फिर्ता बोलाइदिन आग्रह गरेको स्रोतले बतायो। रोजगारीका लागि कोरिया जान भाषा परीक्षा दिन पाउनुपर्ने माग राखेर ललितपुरको बालकुमारीस्थित इपिएस कार्यालय क्षेत्रआसपास शुक्रबार गरिएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा दुई युवकको ज्यान गएको थियो। यसमा भौतिक योजना तथा यातायातमन्त्री ज्वाला पनि जिम्मेवार देखिएपछि प्रधानमन्त्री दाहालले उनलाई सरकारबाट फिर्ता बोलाउन अध्यक्ष नेपालसमक्ष आग्रह गरेका हुन्। मन्त्री ज्वाला झन्डावाला गाडीसहित बालकुमारी हुँदै कोटेश्वर जाने क्रममा…

Read More

दार्चुला : दार्चुला ओखरखेतीका लागि परिचित छ। ओखरखेतीतर्फ आकर्षित भएका यहाँका किसानले व्यावसायिकरुपमै ओखरखेती गर्न थालेका छन्।  सरकारले दार्चुलालाई ओखरखेतीघोषणा गरेपछि यहाँका किसान उक्त खेतीतर्फ थप आकर्षित भएका हुन्। विगतदेखि नै ओखरखेती गर्दै आएका शैल्यशिखर नगरपालिका–६  का विष्णुसिंह धामीले ओखर खेतीलाई थप  विस्तार गर्दै आएका छन्। बुवा र बाजेले लगाएका पाँच दस  बोटबाट खेती सुरु गरेका धामीको बारीमा अहिले साना र  ठूलो गरेर एक सय ७५ ओखरका बोट छन्। हाल उनको बारीमा भएका ६५ बोटले  उत्पादन दिइरहेका र बारीबाटै  बेर्ना समेत बिक्री हुँदै आएको छ। धमीले भने,‘बेर्ना कम उत्पादन भयो एक हजार बेर्नाको अर्डर थियो आवश्यकभन्दा कम बेर्ना उत्पादन भए।…

Read More

कञ्चनपुर : नदीजन्य पदार्थको चोरी निकासी हुन थालेपछि कञ्चनपुरका दोदा, वनहरा, सुनवोरा, स्याली लगायतका नदीमा प्रहरीले निगरानी बढाएको छ। नदीमा नदीजन्य पदार्थ (ढुङगा, गिट्टी, बालुवा) का लागि स्थानीय तहले ठेक्का लगाउन ढिलाइ गरेपछि चोरी निकासी बढ्न थालेको जनाइएको छ। इलाका प्रहरी कार्यालयऽ झलारीका प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार आव २०८०/०८१ को हालसम्म अवैध रूपमा नदीजन्य पदार्थको चोरी निकासी गर्ने १४ ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ। ‘नदीजन्य पदार्थ चोरी निकासी गर्ने कार्यमा संलग्न ट्र्याक्टरलाई नियन्त्रणमा लिएर कृष्णु र शुक्लाफाँटा नगरपालिकामा बुझाएका छौं’, उनले भने, ‘ती ट्र्याक्टर सञ्चालकबाट जरिवानास्वरुप रु तीन लाख रकम असुल उपर गरिएको छ।’ जरिवाना लिन थालेपछि अवैधरुपमा…

Read More

कैलाली : कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका-३ गोराङ्गेस्थित से १ त २३२७ नम्बरको ट्याक्टरबाट खसेर जानकी गाउँपालिका-६ जगतपुरका ६० वर्षीय देवबहादुर शाहको मंगलवार साँझ मृत्यु भएको हो। ट्याक्टर चालक जानकी गाउँपालिका-६ जगतपुरका ३६ वर्षीय दयाशंकर चौधरीलाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Read More

बझाङ : बझाङको भैरवनाथ स्वास्थ्य चाैकीका इन्चार्ज मृत अवस्थामा फेला परेका छन् । अस्ति(सोमबार)देखि बेपत्ता रहेका केदारस्यू गाउँपालिका वडा नम्बर १ का ४३ वर्षीय महेन्द्रबहादुर मल्ल मृत अवस्थामा सेतीकाे किनारमा फेला परेका हुन् । हिजो(मंगलबार) साँझ सेती नदिमा माछा मार्ने व्यक्तिले उनकाे शव देखेपछि प्रहरी र स्थानीयलाई खबर गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय जनाएको छ ।

Read More

कैलाली : कैलालीको गोदावरी नगरपालिका–४ बेलपानी, फुलबस्तिमा विद्युत लाइन विस्तार गरिएको छ । धनगढी वितरण केन्द्र मार्फत सो क्षेत्रमा ११ केभीको लाइन विस्तार गरिएको हो । विस्तार गरिएको लाइनको मंगलबार एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्टले उद्घाटन गरेका थिए । विद्युत सेवा विस्तार भएपछि फुलबस्ति, पटयानी, दामोदरे, तल्लो गैरी, मल्लो गैरीका स्थानीयले विद्युत सेवा उपभोग गर्न पाउने भएका छन् । विद्युत सेवाको विस्तार गर्दै मेयर भट्टले लामो समयदेखि अँध्यारोमा रहेको बस्तीमा आफ्नो डेढ वर्षको कार्यकालमा विद्युत विस्तार गर्न सफल भएको बताए ।

Read More

कैलाली : नेकपा माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश कमिटीले राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि २१ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ। माओवादी केन्द्रको प्रदेश कार्यालयका सचिव उद्धव भट्टराइका अनुसार खुलातर्फ ९ तथा अपाङ्गता र महिलाबाट ६/६ जनाको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको हो। माओवादीले प्रदेशबाट खुलातर्फ देवराज रेग्मी (बझाङ), टीकाराम जैसी (कैलाली), दीपक साउँद (अछाम), देवीलाल चौधरी (कञ्चनपुर), लालबहादुर सोडारी (कैलाली), लक्ष्मणदत्त जोशी (दार्चुला), दुर्गा अधिकारी (कैलाली), गोविन्द तिमिल्सिना (कैलाली) र लोकेन्द्र लम्साल (कञ्चनपुर) को नाम सिफारिस गरेको छ। खुलातर्फ रेग्मी, जैसी र जोशीमध्ये एउटाले टीकट पाउने छन्। त्यस्तै अपाङ्गतातर्फ गम्भीर थापा (बझाङ), जितबहादुर करिया (कञ्चनपुर), प्रेम बयक (कैलाली), दीपेन्द्र रावल…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी बायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक–दुई स्थानमा हल्का…

Read More