Author: महेन्द्रनगर पोष्ट

महेन्द्रनगर : कञ्चनपुरको नौवटै स्थानीय तहमा आगामी पुस मसान्तभित्र १४ औंँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ। जिल्ला खेलकुद समिति कञ्चनपुरका कार्यालय प्रमुख गोपालदत्त भट्टले पालिकाका नगर खेलकुद समिति र खेल शाखाका प्रमुखसँगको बैठकपछि आगामी पुस महिनाभित्र पालिकास्तरीय रनिङ शिल्ड गर्ने तय भएको जानकारी दिए। यसैगरी आगामी माघ महिनाको दोस्रो साता यहाँको कृष्णपुर नगरपालिकामा जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आयोजना हुने भएको छ। ‘प्रतियोगितामा प्रत्येक पालिकामा ३० देखि ४० विद्यालय सहभागी हुनेछन्,’ उनले भने, ‘कञ्चनपुरकाट प्रदेशस्तरीय रनिङ शिल्डमा एक सय भन्दा बढी खेलाडी सहभागी हुनेछन्।’ आगामी माघको अन्तिम वा फागुनको पहिलो साता सुदूरपश्चिम प्रदेश स्तरीय रनिङ शिल्ड…

Read More

बैतडी : बैतडीकी ६१ वर्षीया चन्तरा महरा एक कक्षामा पढ्दै छिन्। पाटन नगरपालिका–८ घर भएकी उनी जनता मावि आरुबाटामा पढ्दै छिन्। गत वैशाखमै एक कक्षामा भर्ना भएकी उनी अरू बालबालिका झै नियमित विद्यालयमा आएर पढ्न थालेकी हुन्। नाती नातिनालाई विद्यालय पुर्‍याउन जाने समयमा शिक्षकहरुले पढ्न सुझाव दिएपछि आफूपनि भर्ना भएका उनी बताउँछिन्। उमेर छँदै पढ्न नपाएको भने उनी दुखी छन्। उनका लागि विद्यालयबाट पुस्तक, कापी, कलमलगायतका आवश्यक सामाग्री उपलब्ध गराइएको छ। पढाइलाई अझै अगाढी बढाउने धोको उनमा छ। गत वैशाखमा मात्रै भर्ना भएकी उनले अक्षर चिनारीसँगै नाम लेख्न र सरल शब्दहरु पढ्न थालिसकेको विद्यालयकी शिक्षिका भागरथी बिष्टले बताइन्। चन्तरा चाहाना…

Read More

जाजरकोट : कात्तिक १७ गते जाजरकोटको बारेकोट–१ रामिडाँडा केन्द्र बनाएर गएको भूकम्पबाट ज्यान गुमाएका व्यक्तिका परिवारलाई बीमाबापतको रकम हस्तान्तरण प्रक्रिया सुरु भएको छ। नलगाड नगरपालिकाका ५६ मृतकमध्ये २९ जनाको परिवारलाई रकम हस्तान्तरण गरिएको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए। उनका अनुसारप्रति मृतक दुई लाखका दरले रकम वितरण गरिएको हो। क्रमशः सबै पालिकामा गएर अबको तीन÷चार दिनमा बिमाबापतको रकम वितरण गरिसक्ने जिसीले बताएका छन्। प्रदेश सरकारले कर्णालीमा बसोबास गर्ने नागरिकका लागि यसअघि नै प्राकृतिक दुर्घटना बीमा गर्ने कार्यक्रम अघि सारेको थियो। सोही कार्यक्रमअन्तर्गत बीमा रकम वितरण गरिएको हो। भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा…

Read More

धनगढी : बाजुरामा एक महिलाले बाटोमै बच्चा (छोरी) लाई जन्मदिएकी छन्। जिल्लाको बुढिनन्दा नगरपालिका–४ कुरु बस्ने ३१ वर्षीय पानसरा रोकायाले बाटोमै बच्चा जन्माएकी हुन्। सुत्केरी ब्यथा लाग्ने बितिकै पानसरा एक्लै मंगलवार आधारभुत स्वास्थ्य केन्द्र कुरु जादै गर्दा उनले बाटोमा छोरी जन्माएको स्वास्थ्य केन्द्रकी प्रमुख धर्मा चदाराले बताइन्। चदाराका अनुसार उनले स्वास्थ्य चौकी जादै गर्दा बाटोमा बच्चा पाइरहेको फेला पारेपछि सहयोग गरेकी थिइन्। पानसरालाइ अत्याधिक रक्तस्राव भएपछि बाटोबाट उद्धार गरेर स्वास्थ्य चौकी लगेको चदाराले बताइन्। योभन्दा पहिला पनि उनले दुई सन्तानलाई बाटोमै जन्म दिएकी थिइन्। बाजुरामा पानसरी मात्र नभइ धेरै आमा बाटोमा बच्चा जन्माउने गरेका छन्।

Read More

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन आवेदन फारम खुला गरेको छ। शैक्षिक वर्ष २०८०/८१ मा कक्षा ११ मा भर्ना भएका विद्यार्थीले आउँदो पुस १५ गतेभित्र आवेदन फारम भर्न सक्ने र विलम्ब शुल्कसहित पुस मसान्तभित्र भर्न पाउने बोर्डले जनाएको छ। पुस १५ भित्र आवेदन बुझाउँदा ४ सय रुपैयाँ शुल्क लाग्नेछ। त्यसपछि पुस मसान्तभित्र बुझाउँदा दोब्बर शुल्क ८ सय रुपैयाँ लाग्ने बोर्डले जनाएको छ। पाठ्यक्रम विकास केन्द्रबाट प्रकाशित सूचनाअनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा न्यूनमत १ दशमलव ६ जीपीए प्राप्त गर्ने विद्यार्थीले कक्षा ११ मा अध्ययन गर्न पाउने र त्यसैका आधारमा रजिस्ट्रेशन फारम…

Read More

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई पाँच दिनसम्म अस्पतालमै राखिने भएको छ। मुटुमा समस्या देखिएपछि गएराति गंगालाल राष्ट्रिय हृदय केन्द्र, बाँसबारीमा भर्ना भएका उनलाई तीनदेखि पाँच दिनसम्म अस्पतालमै राखिने चिकित्सकहरूले बताएका छन्। हाल उनलाई सघन उपचार कक्ष (आईसीयू)मा राखिएको छ। स्वास्थ्य अवस्था सामान्य एवम् स्थिर रहेको उनको सचिवालयले जनाएको छ। श्रेष्ठको एन्जियोप्लास्टी सर्जरीु गरिएको छ। डा. अरुण मास्केसहितको चिकित्सक टोलीले केही राति नै ‘एन्जियोप्लास्टी सर्जरी’ गरेको हो। आज बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अस्पताल पुगेर उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए। त्यसपछि चिकित्सकको सल्लाहअनुसार अन्य भेटघाट बन्द गरिएको छ।

Read More

डोटी : डोटीमा एक नवजात शिशुको बेवारिसे शव अझै पहिचान हुन सकेको छैन्। गत महिना जिल्लाको शिखर नगरपालिका–६ तिलतालिस्थित सेती नदीमा फेला परेको नवजात शिशुको शव अझै पहिचान हुन नसकेको हो। कात्तिक १ गते बुधवार साँझ सेती नदीमा पानी जमेको ठाउँमा अन्दाजी ८/९ महिनाको शिशुको शव फेला परेको थियो। उक्त नवजात शिशु फेला परेको ४९ दिन बितिसकेको भएपनि शव अझै पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विष्णुहरी कोइरालाले जानकारी दिए। ‘अझै पनि शिशु कसले, किन र कसरी फालेको हो ? भन्ने बारे कुनै तथ्य फेला परेको छैन्। शिशुको शव जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको…

Read More

धनगढी: काठमाडौंको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ । न्यूरोडस्थित ‘ओमपाल गोल्ड शप प्रालि’ सँगैको कारखानामा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले करिब ७ किलो अवैध सुन बरामद गरेको हो । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले कैलाली घर भई नागार्जुन बस्ने पदम पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको बताए । प्रहरी स्रोतका अनुसार अनुमानित ७ किलो सुन प्रक्रिया पुर्‍याएर जोख्ने काम भइरहेको र त्यसअघि एकिन परिमाण आउनेछ । प्रहरीका अनुसार बरामद सुनमध्ये केही बिस्कुट आकार र केही गहना बनाइसकेको अवस्थामा फेला परेको छ । उक्त सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

Read More

काठमाडौँ: नेपाली बजारमा दुई दिनदेखि लगातार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार ४०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार ८५० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला एक लाख १९ हजार २०० रुपैयाँ र तेजाबी सुन एक लाख १८ हजार ६५०रुपैयाँमा कारोबार भएको थियो। मंगलबारको तुलनामा आजको मूल्य ८०० रुपैयाँले कम हो। त्यस्तै बुधबार चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रति तोला १४८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

Read More

काठमाडौँ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संयुक्त राष्ट्रसङ्घसँगको सहकार्यमा विश्वशान्ति स्थापनामा प्रभावकारी भूमिका निर्वाहका लागि नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको आयोजनामा घानाको आक्रामा आयोजित अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय मन्त्रीस्तरीय सम्मेलनका क्रममा उपप्रधानमन्त्री खड्काले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । त्यस अवसरमा मङ्गलबार संयुक्त राष्ट्रसङ्घ कार्यसञ्चालन समन्वय विभागका उपमहासचिव अतुल खरेले उपप्रधामन्त्री खड्कासँग शिष्टाचार भेट गरे । भेटका बेला उपमहासचिव खरेले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपालले निर्वाह गरेको महत्त्वपूर्ण योगदानको सराहना गरेको मन्त्री खड्काको निजी सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री खड्काले नेपाल संयुक्त राष्ट्रसङ्घको वातावरण नीतिप्रति प्रतिबद्ध रहेको र वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रलाई पहिलो कार्बन…

Read More