Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : जिल्ला अदालत काठमाडौंले क्रिकेटर सन्दीप लामिछाने विरूद्धको बलात्कार मुद्दामा दुवै पक्षलाई बहस नोट बुझाउन आदेश दिएको छ। बिहीबार न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले एक महिनाभित्र अर्थात मंसिर २२ गतेसम्म बहस नोट बुझाउन दुवै पक्षका वकिललाई आदेश दिएको सन्दीपका वकिल मुरारी सापकोटाले बताए। उनका अनुसार अर्को पेशी मंसिर २४ मा तोकिएको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जाल (टिकटक र फेसबूक) को दुरुपयोग गरी चरित्रहत्या गर्ने एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिराहा, लहान नगरपालिका स्थायी घर भइ हाल काठमाडौं बस्ने ३६ वर्षीय मनोज ‘मानव’ भन्ने मनोजकुमार महतो रहेका छन्। युट्युबर समृत रहेका मानवलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो। सामाजिक सञ्जालमा तस्बिर तथा श्रव्यदृश्यको दुरुपयोग गरी चरित्रहत्या गर्ने उद्देश्यले क्याप्सन लेखी टिकटक र फेसबूकमा प्रकाशन तथा प्रसारण गरेको पीडित महिलाको निवेदनमाथि प्रारम्भिक अनुसन्धान तथा प्राविधिक विश्लेषणपछि महतोलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक पशुपतिकुमार रायले जानकारी दिए। महतोलाई विद्युतीय कारोबार ऐन अनुसार कसुरमा काठमाडौंबाट पक्राउ गरी जिल्ला अदालतको आदेशले सात दिन…

Read More

काठमाडौँ : अभिनेत्री दिपाशा बीसीको बिहीबार निधन भएको छ । २८ वर्षीय बीसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो । चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार विष सेवन गरेर सिकिस्त भएकी बीसीको उपचारका क्रममा निधन भएको हो । झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी बीसी मोडलिङमा पनि सक्रिय थिइन् ।

Read More

धनगढीः जिल्ला प्रहरी कार्यालय कैलालीको थुनामा रहेका एक युवकको मृत्यु भएको छ। हत्या आरोपमा पक्राउ परेर थुनामा राखिएका धनगढीका कृष्ण सेट्टीको मृत्युु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलाली स्रोतले थुनुवाको सेती अस्पतालमा मृत्यु भएको जानकारी दिएको छ। स्रोतका अनुसार धनगढी उपमहानगरपालिका- १६ बेहडाबाबा विद्यालय क्षेत्रमा बाँसको लाठी प्रहार गरेर ३८ वर्षीय लालबहादुर थापाको हत्यार गरेको अभियोगमा सेट्टी पक्राउ परेका थिए। बिहीबार प्रहरीले उनलाई बयानका लागि थुनाकक्षबाट बाहिर ल्याएको थियो। प्रहरीले बयान लिने क्रममा बेहोस भएका ३१ वर्षीय सेट्टीको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। सोमवार दिउसो मदिरा चोरीको आरोप लगाएर स्थानीय व्यापारीसमेत रहेका सेट्टीले थापालाई बाँसको लाठी प्रहार गरेका…

Read More

धनगढी: गत साता अछाममा युवकको हत्या गरेको घटनामा फरार महिला काठमाडौंमा पक्राउ परेकी छिन्। अछाम पञ्चदेवल विनायक नगरपालिका– ८ लक्ष्मी सुनारलाई काठमाडौैं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो। गत १७ कात्तिकमा उनीसमेतका व्यक्तिले छिमेकी १८ वर्षीय दीपेन्द्रबहादुर शाहीको हत्या गरेको प्रहरीले जनाएको छ। घटनापछि फरार रहेकी लक्ष्मीलाई काठमाडौंको माछापोखरीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए। थप अनुसन्धानका लागि उनलाई अछाम पठाइएको उनले जानकारी दिए।

Read More

धनगढी : रेशम चौधरीविरूद्धको मुद्दामा पाँच महिनापछि तोकिएको सुनुवाइ स्थगित भएको छ। सर्वोच्च अदालतमा गोला थुत्दा चौधरी विरूद्धको मुद्दा स्थगितमा परेको हो। सर्वोच्च अदालतमा आज तोकिएको सुनुवाइ स्थगित भएको अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। ‘सर्वोच्च अदालतमा गोला थुतेर इजलास तोकिन्छ। सोही प्रक्रियाअनुसार उहाँ (रेशम चौधरी) विरूद्धको मुद्दा स्थगितमा परेको हो,’ उनले भने। टीकापुर घटनामा दोषी ठहर भई डिल्लीबजार कारागारमा रहेका चौधरी राष्ट्रपतिबाट कैद मिनाहा भई गत जेठ १५ गते थुनामुक्त भएका थिए। ०७२ भदौमा टीकापुरमा २ वर्षीय बालक र एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना प्रहरी मारिएको घटनामा सर्वोच्च अदालतले ०७५ फागुनमा चौधरीलाई दोषी ठहर गर्दै सर्वश्वसहित जन्मकैद फैसला…

Read More

अर्घाखाँची : अर्घाखाँचीमा बीस रुपैयाँका लागि भएको विवादले एक वृद्ध महिलाको ज्यान लिएको छ। मालारानी गाउँपालिका ९ गोखुङ्गा पात्ले गाउँमा बीस रुपैयाँ नतिरेको निहुँमा एक युवाले ७२ वर्षीया वृद्धाको हत्या गरेको अनुसन्धनाबाट खुलेको हो। मालारानी स्थायी ठेगाना भई भूमिकास्थान १, रजिमे बस्दै आएका बीस वर्षीय गोपाल नेपालीले मालारानीको गोखुङ्गा निवासी ७२ वर्षीया हरिकला भुसालको हत्या गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव निरीक्षक प्रतित सिंह राठोरले बताए। यही कात्तिक १४ गते बीस रुपैयाँ नतिरेको निहुँमा नेपाली झगडा गर्न भुसालको घरमा पुगेका थिए। झगडाले उग्ररुप लिँदै गएपछि घरमा एक्लै रहेकी बृद्धा भुसाललाई मुक्का तथा खुकुरीको पछाडिको भागले प्रहार गरी हत्या…

Read More

काठमाडौँ : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। गत असोज ९ र १० गते भएको परीक्षामा १ लाख १७ हजार ८८२ विद्यार्थीले परीक्षा दिएका थिए। जसमा ८८ हजार ९४७ विद्यार्थीले ग्रेड प्राप्त गरेको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। ७५.४५ प्रतिशत विद्यार्थीले ग्रेड प्राप्त गरेका हुन्। १५ जना विद्यार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ।

Read More

धनगढी : अभियन्ता तारा बरालसँग बिहे गर्ने कागज गरेका नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्द अभियान्ता तारा बरालसँग लगातार विष वमन गर्दैछन्। बैतडी घर भएका चन्दले सामाजिक सञ्जाल फेसबुकमा लगातार स्टाटस लेखिरहेको छन्। आज मात्रै फेसबुकमा चन्दले लेखेका छन्, ‘तारा बराल र मनोज मानव एउटै, रेकर्ड सेभ छ।’ ‘त्यो ल्याप्चेको बारेमा त्यो कुनै लिगल डकुनेन्ट होइन्–१, नझुक्किनु होला, यहकका फोकटका मान्छे फेसबुक पोष्ट क्या गजब छ,’ उनले फेसबुकमै लेखेका छन्। चन्द त्यत्तिकैमा रोकीएका छैनन् उनले त्योभन्दा अगाडि अर्को स्टाटस लेखेका छन्। उनले लेखेका छन्, ‘तारा बराल ज्यू, के मैले मेरो सारा कार्यक्रम तपाईंबाट अनुमोदन गराएर मात्र यात्रामा जाने हो र ?…

Read More

धनगढीः नेपाल विद्युत प्राधिकरणले समयमै विद्युत महसुल नतिर्ने २१ हजार ग्राहकको लाइन काटेको छ। पटक–पटक ताकेता गर्दा पनि बक्यौता नतिरेपछि लाइन काटिएको प्राधिकरणले जानकारी दिएको हो। प्राधिकरणले केही समययता विद्युत महसुल बक्यौता असुलीलाई देशभर नै अभियानको रुपमा चलाएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले तिहारपछि बक्यौता असुलीलाई झन् सशक्त बनाउने जानकारी दिए। असुलउपर गर्नुपर्ने विद्युत महसुल बक्यौता वृद्धि हुदैँ गएपछि देशभर रहेका प्राधिकरणका वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काटिरहेको छ। ग्राहकले ६० दिनभन्दा धेरै समय बक्यौता नतिरेपछि लाइन काटेर महसुल असुलउपर गर्ने रणनीति लिइएको प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवालले बताए। उनले तिहारपछि लाइन काट्ने…

Read More