धनगढी : धनगढीमा एक पत्रकार बिहीबार राति कुटिएका छन्। कामना टेलिभिजनका प्रवन्ध निर्देशक आलोकजंग साउद कुटिएका हुन्।
उनी धनगढी सहिद गेटमा चोट लागेको अवस्थामा फेला परेको कैलाली प्रहरीले जनाएको छ।
साउदको अहिले धनगढीस्थित नवजीवन अस्पतालको आइसियुमा उपचार भैरहेको छ।
उनको शरीर, मुख र टाउकोमा चोट लागेको छ। प्रहरीले कसले कुटेको हो भन्नेबारे अनुसन्धान गरिरहेको छ।
Facebook Comments Box