बैतडी : बैतडीमा एक युवती मृत फेला परेकी छन्। जिल्लाको सुर्नया गाउँपालिका –५ बिष्टपाली घर भएकी २१ वर्षीया बिनिता बिष्ट मृत फेला परेकी हुन्।
बिनिता आफ्नै घर नजिकैको बैसको रुखमा झुण्डिएको अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए।
बिष्ट गएराति रुखमा झुण्डिएकी भएपनि शनिबार बिहानमात्रै थाहा भएको प्रहरीले जनाएको छ। मृतक बिष्टका श्रीमान महेश बिष्ट रोजगारीको सिलसिलामा मलेसियामा रहेको बुझिएको छ।
घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box