Author: महेन्द्रनगर पोष्ट

कञ्चनपुर : सुत्केरीको स्वास्थ्यमा सुधार ल्याउनका लागि शुक्लाफाँटा नगरपालिकाले स्वास्थ्य चौकीबाटै पोषणयुक्त आहार निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ। कञ्चनपुरको झलारी स्वास्थ्यचौकीले सुत्केरीलाई जनही एक किलो घ्यू र एक क्रेट अण्डा निःशुल्करुपमा उपलब्ध गराउँदै आएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को हालसम्म स्वास्थ्य चौकीमा सुत्केरी भएका ५१ जनालाई पोषणयुक्त घ्यू र अण्डा वितरण गरिएको छ। सुत्केरी भएकालाई जनही रु एक हजार पाँच सय बराबरको घ्यू र अण्डा वितरण गरिएको स्वास्थ्य चौकीका प्रमुख हीरासिंह ढुङ्गालले जानकारी दिए। उनकाअनुसार पोषणयुक्त आहार पाउनका लागि स्वास्थ्य चौकीमा नियमित गर्भचेक जाँच गराएको र सुरक्षितरुपमा सुत्केरी हुनका लागि स्वास्थ्य चौकीको बर्थिङ सेन्टरबाट सेवा लिएको हुनुपर्ने छ। ‘सुत्केरी…

Read More

बैतडी : बैतडीमा देउसी–भैलो राति ९ बजेसम्म मात्रै खेल्न पाइने भएको छ। तिहारको समयमा खेलिने देउसी–भैलो राति ९ बजेसम्म मात्रै खेल्न दिइने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ। चाडपर्वको समयमा विभिन्न खालका आपराधिक क्रियाकलाप समेत हुन सक्ने भएकाले देउसी भैलो खेल्दा संयमता अपनाएर खेल्न समेत आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए। चाडपर्वको बेला कालोबजारी हुन सक्ने भएकाले यसबाट सबैले सचेत रहन प्रशासनले आग्रह गरेको छ। बजार प्रणालीलाई स्वस्थ राख्न म्याद नाघेका सामग्रीहरु विक्रि नगर्न, पटाका, भुईचम्पाजस्ता विस्फोटक वस्तुहरुको विक्री वितरण नगर्न समेत आग्रह गरिएको प्रजिअ पन्थीले बताए।

Read More

जाजरकोट: गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि त्यहाँ पराकम्प जाने क्रम रोकिएको छैन। बिहीबार बिहान पनि जाजरकोट र आसपासको क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको हो। शुक्रबार गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा गरी १५३ जनाले ज्यान गुमाएका छन् भने सयौँ घाइते भएका छन्।

Read More

जनकपुरधाम: महोत्तरीको औरही नगरपालिकाबाट एकै साथ पाँच जना किशोरी बेपत्ता भएका छन्। औरही नगरपालिका २ का १६ वर्षीय बसन्ती सदा, १६ वर्षीय प्रतिमा सदा, १८ वर्षीय सङ्गीता सदा, १५ वर्षीय राजन सदा, २० वर्षीय रुबी सदा मंगलवारदेखि सम्पर्कविहीन भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी एवं प्रवक्ता दीपक गिरिले जानकारी दिएका छन्। ती किशोरीहरू मंगलबार बिहान ११ बजे घरबाट हिँडेको र साँझ ५ बजेसम्म घर नफर्केपछि आफूहरूलाई परिवारजनद्वारा जानकारी प्राप्त भएको उनले बताए। सम्पर्कविहीन रहेको किशोरीहरूको खोजतलास तीव्र रहेको डिएसपी गिरिले जनाए। किशोरीहरू श्रम गर्न भारततिर गएको हुनसक्ने उनको आशङ्का छ। ती किशोरीहरू विपन्न परिवारका रहेको बताइएको छ।

Read More

बैतडी : बैतडीमा भिरबाट लडेर एक किशोर घाइते भएका छन्। जिल्लाको दोगडाकेदार गाउँपालिका २ घमाली बस्ने २० बर्षीय राकेश कार्की लडेर घाइते भएका हुन्। बुधबार दिउँसो धर्मघरबाट घर जाने क्रममा घमाली भिरबाट लडेर कार्की घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए। भिरबाट लडेर २५ मिटर जति तल खसेका कार्कीको भित्री शरीरमा चोट लागेको छ भने खुट्टा र कानमा समेत चोट रहेको छ। उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ। यस्तै जिल्लाको मेलौली नगरपालिका २ चमागाउँकी १६ बर्षीया बिमला चन्द मृत फेला परेकी छिन्। बुधबार साँझ आफ्नै घरको सुत्ने कोठामा झुण्डिएको अवस्थामा उनको शव फेला परेको प्रहरी…

Read More

काठमाडौं : आममाफी पाएका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीको कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ। गत १५ जेठमा गणतन्त्र दिवसको अवसर पारेर मन्त्रिपरिषद्को सिफारिसमा चौधरीको जन्मकैदको सजाय मिनाहा गरिएको थियो। सर्वोच्चले चौधरीलाई कैलालीको टीकापुर घटनामा दोषी ठहर गर्ने तल्लो तहका अदालतको फैसला सदर गरेको थियो। तर उक्त फैसलाको पूर्ण पाठ नआउँदै कैद मिनाहा गरिएको थियो। चौधरीलाई आममाफी दिने निर्णयविरुद्ध सर्वोच्च अदालतमा गत जेठ १६ गते परेको रिटमा टीकापुर घटनामा मारिएका प्रहरी निरीक्षक केशव बोहराकी पत्नी शारदा कडायतले राष्ट्रपतिको निर्णय खारेज गरेर चौधरीलाई पूरै कैद भुक्तान गराउन आदेशको माग गरेकी छन्।

Read More

धनगढी : धनगढीमा मोटरसाइकलले ठक्कर दिँदा चौपायाको मृत्यु भएको छ। बुधबार राति धनगढी उपमहानगरपालिका–१३ विमानस्थल गेट नजिकै सुपप्र ०१००९प२५४० नम्बरको मोटरसाइकलबाट चौपायाको मृत्यु भएको हो। दुर्घटनामा परेर मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका –७ बस्ने ३० वर्षीय रामचरण चौधरी घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Read More

धनगढी : कैलालीमा बसले मोटरसाईकललाई ठक्कर दिदा दुई जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिकाको चौमालामा बुधबार पूर्वतर्फ गइरहेको ना६ख ९२८० नम्बरको बसले सुपप्र ०१०११प७६७० को मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक धनगढी-१६ बस्ने २८ वर्षीय सुरेश बोहरा र पछाडि सवार ३५ वर्षीय लक्ष्मण बोहरा घाइते भएका छन्। उनीहरूको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ। बस र चालक भीमदत्त नगरपालिका-१८ बस्ने ५३ वर्षीय प्रदेशी डगौरालाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको छ।

Read More

काठमाडौं: भूकम्पको केन्द्र जाजरकोटका लागि पठाइएको राहतमा पूर्वअर्थमन्त्री जनार्दन शर्माले संवेदनहीन राजनीति गरेका छन्। काठमाडौंबाट जाजरकोट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रकलाई उनले बीच बाटोबाटै कब्जा गरेर रुकुम पश्चिम पठाएका हुन्। नेता शर्माको निर्देशनमा राहत बोकेको ट्रक बाटोबाटै कब्जा गरी अर्को जिल्ला पठाइएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा त्यही सोलार वितरण गरिएको थियो। नेता शर्माको निर्देशनमा उक्त ट्रक बाटोबाटै कब्जा गरी रुट फेरिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। काठमाडौंबाट जाजरकोटका लागि आएका तीन ट्रक सामानको अर्को खेप पनि बाटोबाटै ‘कब्जा’ गरेर रुकुम पश्चिमतिर लगिएको जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए। बुधबार पनि जाजरकोटका लागि…

Read More

टीकापुर: कैलालीको टीकापुरस्थित गौशालाले दीपावलीलाई लक्षित गरेर गाईको गोबरबाट निर्माण गरिएका ‘दीपावली र रङ्गोली दियो’ बजारमा ल्याएको छ । सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले सञ्चालन गरेको गौशालाले नौ हजार दीपावली दियो र एक हजार पाँच सय रङ्गोली दियो उत्पादन गरेर बिक्री थालेको हो । उत्पादन भएका दियो बजारका पसल तथा स्थानीयले माग गरिरहेका समितिका सचिव द्वारिकाप्रसाद जोशीले जानकारी दिए । “विदेशमा रहेका नेपालीले आ–आफ्नो घरमा पुर्याइदिन माग गरिरहनुभएको छ । हामीले घरमै पुर्याउने गरेका छौँ”, उनले भने, “बजारमा पनि यसको माग उच्च छ । आजबाट हामीले बिक्री थालेका छौँ ।” उत्पादित सामग्रीमा ५० प्रतिशतसम्म नाफा रहेको जोशीले बताए ।…

Read More