काठमाडौँ : त्रिभुवन विमानस्थलबाट बरामद भएको सुन परीक्षण गर्दा विसुद्ध सुन रहेको पुष्टि भएको छ ।
भन्सार कार्यालयले बिहीबार राति त्रिभुवन विमानस्थलबाट बरामद गरेको १४ किलो सुन विसुद्ध सुन रहेको पुष्टि भएको भन्सार कार्यालयको प्रयोगशाखा शाखाले जनाएको हो ।
भन्सार कार्यालयले उक्त सुनसहित बिहीबार राति दुई जनालाई पक्राउ गरेको थियो । शुक्रबार भन्सार विभागमा गरिएको परीक्षणमा ९९.९९९ विसुद्ध सुन रहेको पुष्टि भएको छ त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भन्सार कार्यालयका प्रमुख डा.टोकराज पाण्डले बताए ।
Facebook Comments Box