Author: महेन्द्रनगर पोष्ट

एजेन्सी : भारतीय टिमका पूर्वकप्तान विराट कोहली आइसिसी एकदिवसीय विश्वकप २०२३ को प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी घोषित भएका छन् । उनले यसपटक ११ खेलमा ३ शतक र ६ अर्धशतकको मद्दतमा ७ सय ६५ रन बनाए । कोहलीको सानदार प्रदर्शनका बाबजुद फाइनलमा अष्ट्रेलियासँग भारत ७ विकेटले पराजित भयो । फाइनलमा जितको लागि २ सय ४१ रनको लक्ष्य अष्ट्रेलियाले ४३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो । अष्ट्रेलियाले छैटौंपटक एकदिवसीय विश्वकप उपाधि जितेको हो ।

Read More

काठमाडौँ : हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार गण्डकी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। देशभरिको तापक्रम क्रमिक रूपमा घटिरहेको हुनाले त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

Read More

काठमाडौँ : इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रामणपछि बेपत्ता भएका कंचनपुरका विपीन जोशी सकुशल रहेको पुष्टि भएको छ। गाजास्थित हमास समूहको नियन्त्रणमा रहेका विपिन जोशी थाइल्यान्डका नागरिकसँगै सुरक्षित रहेको पाइएको हो। गत असोज २० गते इजरायली भूमिबाट उनी हमास समूहको कब्जामा रहेका थिए। इजरायलस्थित नेपाली दूतावासले उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको रिपोर्टिङ परराष्ट्र मन्त्रालयलाई गरेको हो। परराष्ट्र मन्त्री एनपी साउदका स्वकीय सचिव दिपक जोशीका अनुसार उनी सुरक्षित रहेको आधिकारिक जानकारी प्राप्त भएको हो। ‘उनी सुरक्षित रहेको आधिकारिक जानकारी आएको छ। अब उद्धारको लागि सरकारले थप सक्रियता देखाएको छ’ उनले भने। इजरायलमा हमास समूहले आक्रमण गर्दा १० जना नेपाली विद्यार्थीले…

Read More

काठमाडौं : भारतको अहमदावादमा भएको एक दिवसीय विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले सुरक्षित गरेको छ । विश्वकप क्रिकेटको उपाधि जितेको अष्ट्रेलियाको यो छैठौं पटक हो । उपाधिका लागि भारतले अष्ट्रेलियालाई २ सय ४१ रनको चुनौती दिएको थियो । तर, भारतलाई ६ विकेटले स्तब्ध बनाउँदै अष्ट्रेलियाले उपाधि जितेको हो ।

Read More

धनगढी : परराष्ट्रमन्त्री एनपी साउद गृह जिल्ला पुग्दा स्थानीयले अवरोध गरेका छन् । कञ्चन्पुर को शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित भवन उद्घाटन गर्न पुगेका बेला स्थानीयले कलुवापुर–बेलौरी सडकखण्डमा चक्काजाम गरेका हुन् । वर्षौंदेखि सडक कालोपत्रेको पर्खाइमा रहेका स्थानीय वासिन्दा यतिबेला आक्रोशित बनेका छन् । गत प्रतिनिधिसभा सदस्य निर्वाचनका बेला नेपाली कांग्रेसबाट उम्मेदवार रहेका मन्त्री साउदले चुनावी कार्यक्रममा कलुवापुर–बेलौरी सडकबारे भनेका थिए, ‘ठेक्का दिइसक्या छ त ! ठेकेदारको कान समातेर यसमा पीच गर भन्नुपर्छ कि पर्दैन ? यदि म निर्वाचित भएको वर्ष यो काम धमाधम पीचको काम भएन भने म ठेकेदारलाई पनि निकालिदिन्छु सरकारलाई दबाब दिएर, म सिधा कुरा गर्छु ।’ साउदको उक्त…

Read More

काठमाडौँ : आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्ध ब्याटिङ गरिरहेको अस्ट्रेलियाले १०० रन पूरा गरेको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा घरेलु टिमले दिएको २४१ रनको लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाले १९.१ ओभरमा तीन विकेट गुमाएर १०० रन पूरा गरेको हो । अस्ट्रेलियाबाट हाल क्रिजमा रहेको ट्राभिस हेडले ४३ र मानुर्स लाबुसचेज्नेले १४ रन बनाएका छन् । ४७–३ को कठिन अवस्थाबाट यी दुईले हालसम्म ५३ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ सम्हालिरहेका छन् । त्यसअघि खेलको पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको योगफल खडा गरेको थियो ।

Read More

बर्दिया : बर्दियामा १६ वर्षीय किशोरीमाथि कुकर्म गर्ने युवक पक्राउ परेका छन् । उनीमाथि कुकर्म गरेको आरोपमा बारबर्दिया नगरपालिका–८ औंरी बस्ने २५ वर्षीय लक्ष्मण थारु पक्राउ परेका हुन् । हिजो राति किशोरीलाई करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरी टोलीले उनलाई आज बिहान नियन्त्रणमा लिएको हो। थारुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : कैलाली बहुमुखी क्याम्पसले सोमबार (भोलि) शोक बिदा दिएको छ । मानविकी तथा सामाजिकशास्त्र संकायको दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी नरेन्द्र बिष्टको निधनमा शोक बिदा दिइएको क्याम्पसले जनाएको छ । क्याम्पस प्रमुख तोयराज भट्टले सूचना जारी गर्दै बिदाबारे जानकारी दिएका छन् । क्याम्पसले बिष्टलाई श्रद्धाञ्जली दिदै शोकाकुल परिवारमा धैर्यधारणको कामना समेत गरेको छ ।

Read More

काठमाडौँ : इलाममा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ। आइतबार अपराह्नमा रोङ गाउँपालिका-३ भालुजोडास्थित सडकमा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक विष्णु खड्काले बताए । उनका अनुसार ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी ४०० मिटर तल भीरमा खसेर रूखमा अड्किएको हो। दुर्घटनापछि बसमा रहेका ३६ जनालाई निकालिएको थियो। एक जना मृतक बालकसहित ३५ जना घाइतेहरूलाई बिएण्डसी अस्पतालमा पठाइएको छ। बालकको पहिचान खुलेको छैन। प्रहरी निरीक्षक खड्का अनुसार बसमा सवार धनुषा नगरपालिका-९ धारापानीका स्थानीयहरू हुन्। कन्याम घुम्न आएको उक्त बस दुर्घटनामा परेको हो।

Read More

बझाङ : बझाङको सूर्मा गाउँपालिकामा पर्ने सूर्मा सरोवर (नर्थ) हिमालको सफल आरोहण भएको छ । ६ हजार ५२३ मिटर अग्लो उक्त हिमालको पूर्वी मोहडाबाट पहिलो पटक संयुक्त अधिराज्य (युके) का आरोहीहरुले सफल आरोहण गरेका हुन् । स्कटल्याण्डका आरोही पल राम्सडेनको नेतृत्वमा गएको टोलीले उक्त हिमालको सफल आरोहण गरेको र यो टोली पहिलो भएको नेपाल पर्यटन विभागका सम्पर्क अधिकृत वसन्तराज जोशीले बताए । पलको टोलीमा रहेका अर्का आरोही टिम मिलरले पनि उनिसँगै सूर्मा सरोवरको सफल आरोहण गरेको जोशीले जानकारी दिए । उनीहरु चार जनाको आरोहण दलमा गएका भए पनि दुइ जनाले मात्रै सफल आरोहण गर्न सफल भएको ट्राभल कम्पनी आइस एट…

Read More