Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ। आज (बिहीबार) जिल्लाकोलम्कीचुहा नगरपालिका २ मोतिपुरबाट उनीहरूलाई समातिएको हो। प्रहरीले गोप्य सूचनाको आधारमा उनीहरूलाई सोही स्थानका २५ वर्षीय अर्जुन डाँगीको घरमा जुवा खेलिरहेको अवस्थामा समातेको हो। उनीहरूबाट रु २७ हजार ७३० रुपैयाँ र ६ गड्डी तास पनि बरामद गरिएको बताइएको छ। यी हुन् जुवाडे १)ल.चु.न.पा. २बस्ने वर्ष ४०को धनन्जय खनाल२)ऐ.बस्ने वर्ष ४२को सरोज रावल३)ऐ.बस्ने वर्ष ४१को जगत राज ढुंगाना४)ऐ.बस्ने वर्ष ४८को आशापति रोकाया५)ऐ.बस्ने  वर्ष ५५को तुलानन्द रिमाल६)ऐ.बस्ने वर्ष ४२को देवराज बडुवाल७)ऐ.बस्ने वर्ष ३२को नविन धामि८)ऐ.४बस्ने वर्ष ४४को लोकेश मयाल

Read More

काठमाडौं: राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा नेतृत्वको टोली भारतीय खुफिया एजेन्सी ‘रअ’को सम्मेलनमा सहभागी हुन भारतको राजधानी नयाँ दिल्ली पुगेको छ।  गुप्तचर टोली आज दिउँसो दिल्ली पुगेको हो। नेपाल एयरलाइन्सको उडान नम्बर आरए–२१७ मा हुतराज र विभागका उपअनुसन्धान निर्देशक प्रकाश आचार्य काठमाडौंबाट गएका हुन्। नयाँ दिल्लीस्थित ‘रअ’को मुख्यालयमा आजदेखि ‘आतंकवादविरुद्ध दक्षिण–पूर्वी एसियाली मुलुकका खुफिया एजेन्सीका प्रमुखहरुको सम्मेलन’ शुरु भएको छ। सम्मेलन आगामी शनिबारसम्म हुने छ।  उक्त वार्षिक बैठकमा सहभागी हुन ‘रअ’ प्रमुख रवि सिन्हाको निमन्त्रणामा हुतराज दिल्ली पुगेको जनाइएको छ।

Read More

धनगढी: सुदूरपश्चिममा सशस्त्रका सई नै तस्करीमा लागेको देखिएको छ। कैलालीको धनगढीमा सशस्त्रका सईले भारतबाट ल्याएको सामान बरामद भएपछि उक्त कुरा खुलेको हो। मंगलबार साँझ नेपाल–भारत सीमा नाका त्रिनगरमा खटिएको थियो, जिल्ला प्रहरी कार्यालय कैलालीको टाइगर टोली। सोही समयमा भारतबाट सु.प.प्र. ०१ ००१ च ४३१६ नम्बरको स्कारपियो नाका छेउ डोकेबजारमा पुग्यो। स्कारपियोबाट उत्रिए सशस्त्र प्रहरीका नायब निरीक्षक (सई) अम्मर बिष्ट। उनको साथमा गाडी चालक र एकजना अन्य व्यक्ति पनि थिए। गाडी चालकलाई ल्याउन भनेर सई बिष्ट डोकेबजारबाटै सु.प.प्र ०१ ००८ प ६५९८ नम्बरको मोटरसाइकलमा धनगढीतर्फ हिडे। प्रहरीको टाइगर टोलीका सदस्यलाई गाडीमा अवैध सामान छ की भन्ने शंका लाग्यो। टोलीका एकजना सदस्यले…

Read More

बाजुराः जिल्ला अस्पताल बाजुरामा प्रसूति सेवाका लागि आएकी एक किशोरीको हेलिकोप्टरबाट उद्धार गरिएको छ। १५ वर्षीया ती किशोरीलाई नेपाली सेनाको हेलिकोप्टरबाट उद्धार गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी रूपक मण्डलका अनुसार गर्भवतीको स्वास्थ्यस्थिति जटिल भएपछि जिल्ला अस्पतालले उनलाई सुविधासम्पन्न अस्पतालमा लैजान ‘रेफर’ गरेको हो। जिल्ला प्रशासन कार्यालयको पहलमा महिला तथा बालबालिका मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उनको उद्धार गरिएको हो। किशोरावस्थाकी गर्भवतीको ज्यान जोखिममा भएकाले उनलाई उद्धार गरिएको हो। हाडनाताकरणीको अभियोगमा किशोरीका मामालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको छ।

Read More

बैतडीः बैतडीको पञ्चेश्वरमा एक सुत्केरी महिलाको मृत्यु भएको छ। पञ्चेश्वर गाउँपालिका–१ शेरीकी १८ वर्षीया मनिषा घटालको मृत्यु भएको हो। सोमवार दिउँसो मृत बच्चालाई जन्म दिएकी घटालको अत्यधिक रक्तश्रावका कारण मंगलवार साँझ मृत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका प्रमुख सुरेश सार्कीले बताए। घरमै सुत्केरी भएकी घटालले पेटभित्रै मरेको बच्चालाई जन्म दिएकी थिइन्। त्यसपछि उनलाई रक्तश्राव भएको र स्वास्थ्य संस्था नलाग्दा उनको अकालमै ज्यान गएको बुझिएको छ। वर्षातका कारण पहिरोले बाटोघाटो अवरुद्ध हुँदा सुत्केरी महिलालाई स्वास्थ्य संस्थामा पुर्याउन नसकेको मृतकका आफन्तले जनाएका छन्। गाउँ नजिकैको शेरी बर्थिङ सेन्टर समेत बन्द हुँदा झन् समस्या भएको बताइएको छ। मनिषालाई रक्तश्राव हुँदा स्वास्थ्य संस्थामा लैजानुको सट्टा धामीझाक्रीको…

Read More

कैलालीमा तीन जना फरार प्रतिवादी पक्राउ परेका छन्। फैसला कार्यान्वयनको शिलशिलामा जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीन जनालाई पक्राउ गरिएको हो। लागूऔषध मुद्दामा १० महिना ९ दिन कैद सजाय र पाँच हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्ने ५२ वर्षीय लक्ष्मीप्रसाद गुरागाईलाई पक्राउ गरिएको छ। यस्तै वन मुद्दामा १३ हजार एक सय ५० जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका वडा नम्बर २ सन्तोषीटोल बस्ने ४६ वर्षीय लालसिंह ऐर र चोरी मुद्दामा २० हजार जरिवाना तोकिएका घोडाघोडी नगरपालिका वडा नम्बर ११ का २५ वर्षीय रमेश कठरियालाई पक्राउ गरिएको छ।

Read More

धनगढीः कञ्चनपुरमा एक लाख बढी रुपैयाँसहित १२ जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १४ बनकट्टीस्थित अमरसिंह कुवँरको बाझो कुखुरा फर्म भित्र जुवातास खेलिरहेको सूचना प्रहरीले पाएको थियो। सूचनापछि सोही ठाउँ पुगेको प्रहरी टोलीले ३६ वर्षीय राजेन्द्र खातीसहित १२ जनालाई पक्राउ गरेको कञ्चनपुर प्रहरीले जनाएको छ। उनीहरुको साथबाट एक लाख ६ हजार चार सय ७० रुपैयाँ बरामद गरिएको छ।

Read More

धनगढीः डडेल्धुरा जोड्ने राजमार्ग हो, भीमदत्त राजमार्ग। सुदूरपश्चिमका सात पहाडी जिल्लालाई जोड्ने वैकल्पिक सडक नभएकाले भीमदत्त राजमार्गलाई पहाडी जिल्लाको लाइफलाइन मानिन्छ। तर, त्यही लाइफलाइन सडकको भने‍ बिजोक छ । एक सय ३५ किलोमिटर लामो राजमार्गको अधिकांश क्षेत्र क्षतिग्रस्त छ। राजमार्गको ६९ किलोमिटर खण्ड कैलाली तथा डोटी र डडेल्धुरामा ३३÷३३ किलोमिटर पर्छ। डोटी र डडेल्धुरा खण्डको अवस्था सबैभन्दा दयनीय रहेको सवारी चालक रमेश अवस्थी बताउँछन्। ‘डडेल्धुरा खण्डको हगुल्टे लेक क्षेत्रमा त सडक कच्चीभन्दा पनि दयनीय छ,’ अवस्थीले भने, ‘सडकको अवस्था ठीक हुँदा डडेल्धुरादेखि धनगढी पुग्न साढे तीन घण्टा समय लाग्ने गरेको थियो। अहिले पाँच घण्टामा पनि पुग्न मुस्किल हुन्छ।’ हगुल्टे लेक…

Read More

धनगढीः कैलालीको गेटास्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनको विधेयक अघि बढाउन विश्वविद्यालय स्थापनार्थ सङ्घर्ष समितिले माग गरेको छ। सङ्घर्ष समितिले शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिका सभापति अमर थापालाई राष्ट्रिय सभाबाट स्वीकृत भएको विधेयक प्रतिनिधिसभाबाट पास गराउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ। संघीय मन्त्रिपरिषद्ले २०७९ माघ २९ गते गेटामा राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालन गर्ने नीतिगत निर्णय गरेको थियो। गेटामा शिक्षा मन्त्रालयले झन्डै ६ अर्बका भौतिक संरचनाहरू निर्माण गरेको छ। तर, सरकारले निर्णय गरेको दुई वर्ष हुँदा पनि प्रतिनिधि सभाले ऐन तयार परेको छैन। राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा थन्केर बसेको विधेयक यथाशक्य पास गराउन भन्दै…

Read More

धनगढीः नेपाल–भारत गौरीफन्टा नाकामा आवागमन सहज बनाइएको छ। बेलुका ८ बजेबाट दुवै देशतर्फको भन्सार कार्यालय बन्द हुँदै आएकोमा चाडपर्वलक्षित गरी आवागमन सहज बनाइएको हो। भारतमा भन्सार लाग्ने मालवस्तु साथमा नभएका नेपाली नागरिकलाई तोकिएको समयपछि पनि आउन दिने दुवै देशका सुरक्षाकर्मीको गौरीफन्टामा बसेको समन्वयात्मक बैठकले निर्णय गरेको छ। ८ बजेपछि भन्सार कार्यालय बन्द गरेर आवागमन रोक्दा चाडपर्व मनाउन स्वदेश फर्किने नेपालीलाई समस्या भएको थियो। भारतको विभिन्न सहरबाट फर्किनेलाई समस्या नहोस् भनेर सहजीकरण गर्ने र जुनसुकै समयमा आउन दिने सहमति भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले बताए। “बाटोमा ढिलाइलगायत यावत् कुराले नेपालीहरू…

Read More