Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : नेकपा (माओवादी केन्द्र) ले विवादित टिकटकर शान्ति बरालमाथि कारबाही गरेको छ ।माओवादी सैनामैना नगर समितिले एक विज्ञप्ति जारी गर्दै बराललाई सम्पूर्ण जिम्मेवारीबाट मुक्त गरिएको जनाएको छ । उनी सैनामैना नगर समिति सदस्य तथा वाइसिएल नेतृसमेत थिइन् । चर्चित टिकटकर रहेकी उनी पछिल्लो समय अश्लील गतिविधि देखाएकोमा आलोचित भएकी थिइन् । बरालले पार्टीको साङ्गठनिक जिम्मेवारी, आम नेपालीको सामाजिकरसांस्कृतिक व्यवहारका विरूद्ध सामाजिक सञ्जालमा प्रस्तुत भएकाले निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Read More

धनगढी : कैलाली जिल्ला अदालतमा चोरी भएको छ। हिजो (आइतबार) जिल्ला अदालत कैलालीमा चोरी भएको हो। अदालतका कर्मचारीहरुको मोबाईलसहितका सामानहरु चोरले लगेको बताइएको छ। हिजो चोरी भएकोमा अदालतबाट आज प्रहरीलाई खबर गरिएको र जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले चोर खोजीरहेको जनाएको छ। कैलाली प्रहरीका डिएसपी कुलदिप चन्दले घटनाको अनुसन्धान भैरहेको जनाएका छन्। जसका लागि सिसिटिभी अध्ययन गरिदै छ।

Read More

काठमाडौं : जाजरकोटको रामिडाँडा केन्द्रविन्दु भएर केहीबेर अघि भूकम्प गएको छ । अपरान्ह ४ः३४ बजे ५.८ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो शुक्रबार रातिको भूकम्पको पराकम्प भएको बताइएको छ । पराकम्पको धक्का पश्चिम र सुदूर पश्चिमका धेरै जिल्ला र काठमाडौंसम्म पनि महशुस गरिएको उल्लेख छ ।

Read More

बझाङ : बझाङ जयपृथ्वी राजमार्ग अन्तर्गत केदारस्युँ गाउँपालिका–४ बाग्थलामा बस र जीप एक आपसमा ठोक्किएका छन्। बझाङबाट धनगढीका लागि छुटेको कर्णाली रिभर साइड यातायात प्रालिको सुपप्र ०१००१ ख ३२७९ नम्बरको बस र धनगढीबाट बझाङ आइरहेको सुपप्र ०१००१ च ३६१३नम्बरको जीप आज वेलुका ४.१५ बजे बाग्थला अस्थाइ चेकपोष्ट नजिकै एक आपसमा ठोक्किएका हुन्। बस र जीप दुबैको अगाडीपट्टीको भागमा क्षति भएको छ। दुवै जना चालकलाई अस्थाई ट्राफिक चेक पोष्ट बाग्थलाले नियन्त्रणमा लिएर अनुसन्धन गरिरहेको छ।

Read More

धनगढी : कञ्चनपुरमा लागु औषधसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत उत्तराखण्ड चम्पावत मिना बजार बस्ने धमेन्द्र रहेका छन्। ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा भीमदत्त नगरपालिका–११ स्थित होल्डिङ सेन्टरस्थित यूके ०३ वी ८२६९ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल आउने क्रममा उनलाई पक्राउ गरेको हो। उनको साथबाट २ पाकेटमा ४.६३ ग्राम र ४.७० ग्राम गरी जम्मा ९.३३ ग्राम लागु औषधसहित एक थान मोबाइल र एक थान मोटरसाइकल नियन्त्रणमा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ।

Read More

धनगढी : जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प गएको छ। अपरान्ह ४ बजेर ३४ मिनेटमा जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ। भूकम्पको धक्का सुदूरपश्चिममा समेत महसुस गरिएको थियो । यसबारेमा विस्तृत विवरण आउन बाँकी छ ।

Read More

धनगढी : यो वर्षको भाइटीकाकाे शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ। समितिले सोमवार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो। यो वर्ष भाइटीका कार्तिक २९ गते बुधवार परेको छ। ‘भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधवार बिहान १०ः५१ बजे रहेको जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ। नेपालीहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गतेदेखि शुरू हुँदैछ।

Read More

काठमाडौं : विश्वकपमा भारतसँगको लज्जास्पद हारको केही दिनपछि श्रीलङ्काका खेलमन्त्री रोशन रणसिङ्घेले सोमवार राष्ट्रिय क्रिकेट बोर्डलाई बर्खास्त गरे। व्यापक भ्रष्टाचारको आरोपमा महिनौँदेखि आर्थिक सङ्कटमा परेको देशको सबैभन्दा धनी खेल संस्था श्रीलङ्का क्रिकेट बोर्ड र मन्त्रीबीच विवाद कायम छ । श्रीलङ्काको सन् १९९६ विश्वकप विजेता कप्तान ५९ वर्षीय अर्जुना रणतुङ्गालाई नयाँ अन्तरिम बोर्डको अध्यक्षमा नियुक्त गरिएको खेलमन्त्रीको कार्यालयले जनाएको छ। कोलम्बोमा मन्त्री रणसिङ्घले भने, ‘पूर्वकप्तान रणतुङ्गा क्रिकेटलाई पुनःजीवन दिन सबैभन्दा उपयुक्त व्यक्ति हुन्थ्यो, टिमलाई राम्रो प्रदर्शन गराउनु प्राथमिकता हो।’ उनले भ्रष्टाचारको अनुसन्धानमा सहयोगका लागि सात सदस्यीय प्यानलमा तीन जना न्यायाधीशलाई समावेश गरिएको जानकारी दिनुभयो । रणतुङ्गाले क्रिकेट पुनःनिर्माणको चुनौती स्वीकार गरेको…

Read More

काठमाडौं : सुर्खेतबाट भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिममा जाने र आउने घाइते तथा कुरुवालाई निःशुल्क यातायात सुविधा उपलब्ध हुने भएको छ । सुर्खेतस्थित संयुक्त यातायात व्यवस्थापन कमिटिको बैठकले यस्तो निर्णय गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कर्णाली प्रदेश संयोजक रमेशकुमार सापकोटाले जानकारी दिए ।

Read More

महोत्तरी :  जलेश्वर नगरपालिका- ८ रतवारा गाउँमा गए राति डाकाहरुको समूहले बन्दुकको आडमा ५० लाख बढीको लुटपाट गरेका छन्। जयकिशोर चौधरीको घरमा गए राति १ः३० बजे पेस्तोल, खुकुरी, रड र अन्य हतियारसहित प्रवेश गरेका नकाबधारी पाँच डाकाको समूहले परिवारका सबै सदस्यलाई नियन्त्रणमा लिएर लुटपाट गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लले बताए। डाकाहरुले घरधनी ५० वर्षीय जयकिशोर चौधरी, ४८ वर्षीय उनकी पत्नी सीमा, ६७ वर्षीय बुवा भुवनेश्वर र ६५ वर्षीया आमा शैलदेवी चौधरीमाथि पेस्तोल देखाउँदै नियन्त्रणमा लिएर सबैलाई भान्सा कोठामा बन्द गरेका थिए। मल्लका अनुसार कोठाभित्र रहेका दराज, बक्सालगायत तोडफोड गरी लाखौँको सुन, चाँदी र नगद लुटपाट गरेका छन्।…

Read More