कञ्चनपुर: कृषकलाई व्यावसायिक कृषक बनाउने उद्देश्यले बेलौरीमा कृषि पाठशाला सञ्चालन गरिएको छ ।
निर्वाहमुखी कृषि पेशा गर्दै आएका कृषकलाई व्यावसायिक बनाउने उद्देश्यले जिल्लाको बेलौरी नगरपालिकाको कृषि शाखाले सो पाठशालामा सञ्चालन गरेको हो ।
बेलौरी नगरपालिकाको कृषि शाखाले वडानम्बर १० र वडा नम्बर ४ मा पाठाशाला संचालन गरेको कृषि शाखा प्रमुख सुमन जोशीले बताए । बेलौरी (१० मा आलु खेती र बलौरी (४ मा गहुँ खेती बारे पाठशाला चलाएको जोशीले बताए ।
दुबै वडा मा करिब ३ कट्ठा क्षेत्रफलमा पाठशाला चलाइदै छ ।
पालिकाका इच्छूक कृषि समुहले पाठशाला सहभागी हुन पाउने छ ।
कृषिमा पाठशालाबाट नया प्रविधिले कृषि बालीनाली लगाउने तरिका, मलखादको प्रयोग, रोग किराको प्रकोपबाट बच्ने उपायका बारे कृषकहरुलाई जानकारी दिइनेछ ।
यसबाट व्यवासायिक कृषकका साथै निर्वाहमुखी वा घरायसी प्रयोजनका लागि मात्र खेती गर्ने कृषक पनि लाभान्वित हुने भएका प्रमुख जोशीको विश्वास छ ।