धनगढीः दिनभर तनावग्रस्त बनेको कैलालीको लम्की क्षेत्र साँझपख सामान्य बनेको छ । बिहीवार साझ कैलालीको लम्कीचुहा–२ मा बसको ठक्करबाट ज्यान गुमाएका मोहन्याल गाउँपालिका ७ का ३७ वर्षीय डम्बरबहादुर बिष्टका आफन्त र स्थानियले राजमार्ग अवरुद्धपछि आज (शुक्रवार) दिनभर लम्की क्षेत्र दिनभर तनावग्रस्त बनेको थियो ।
मृतकका परिवारलाई क्षतिपूर्ति दिने विषयलाई लिएर आफन्त तथा स्थानीयले राजमार्ग अवरुद्ध पारेका थिए। आज विहान ८ बजे देखि अवरुद्ध पुर्बपश्चिम राजमार्ग साझ करीब ४ बजेपछी प्रहरीले बल प्रयोग गरी खुलाएको हो। राजमार्ग खुलाउने क्रममा आज दिनभर पिडितपक्षको अवरोध र प्रहरीको बल प्रयोगका कारण लम्की बजारमा झडप समेत भएको थियो ।
प्रदर्शनकारीले राजमार्ग सञ्चालन गराउन नछोड्दा प्रहरीले लाठी चार्ज गर्दा पिडित पक्षका २ जना स्थानिय घाईते भएका छन्। घाईतेको लालरत्न अस्पतालमा उपचार भइरहेको छ। यस्तै प्रहरीले आन्दोकारीलाई तितरवितर गर्न ६ राउण्ड अश्रृग्यास समेत प्रहार गरेको थियो। ४ जना पिडित पक्षका प्रर्दशनकारीलाई समेत प्रहरीले पक्राउ गरेको थियो।
पिडित पक्ष र रिभर साईड प्रालि बिच राहात र क्षेतिपुर्तिको सहमति भए संगै अवरुद्ध राजमार्ग सुचारु भएको छ। पिडित पक्षले आन्दोलन फिर्ता लिएसँगै पक्राउ परेका चार जनालाई समेत छोडेको छ। अवरुद्ध राजमार्ग खुले संगै बिच बाटोमा नै अलपत्र परेका सयौं यातायातका सवारी साधन गन्तब्य तर्फ लागेका छन्। हिजो विहिवार साँझ पश्चिम बाट पुर्व तर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले मोहोन्याल गाउँपालिका –६ का ३७ वर्षिय डम्बरबहादुर विष्टलाई ठक्कर दिएको थियो।