Author: महेन्द्रनगर पोष्ट

धनगढी : अभियन्ता तारा बरालसँग बिहे गर्ने कागज गरेका नेपाल प्रहरीका पूर्वएआईजी रणबहादुर चन्दले आफ्नो बिहे गर्ने योजना नभएको बताएका छन्। बैतडी घर भएका चन्दले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बिहे गर्ने योजना पनि नरहेको बताएका हुन्।  केही दिन अगाडि बरालसँग बिहे गर्ने सहमति भएको कागज सामाजिक सञ्जालबाटै सार्वजनिक भएको थियो। तर, चन्दले भने त्यो कागजमा आफ्नो नाम हालिएको र त्यो लिगल डकुमेन्ट नभएको जिकिर गरेका छन्। चन्दले फेसबुकमा लगातार स्टाटस लेख्दै बिहे नगर्ने बताएका छन्। उता बरालले चन्दको स्टाटसमा कमेन्ट गर्दै यस्तो कुरा नगर्न भनेकी छिन्। सहमतिपत्र सार्वजनिक भएको २४ घण्टा नबित्दै पूर्वएआइजी चन्दले फेसबुकमा स्टाटस लेखेर खण्डन गरेको…

Read More

धनगढी: कैलालीमा हिजो राति युवाहरुको समूहले एक युवकमाथि हतियार प्रहार गरेको छ। जिल्लाको लम्कीचुहा नगरपालिकास्थित वडा नम्बर १ मा स्थानीय युवामाथि राति ९ बजे हतियार प्रहार भएको हो। ठेक्कापट्टा गर्ने चिसापानीका युवा उमेशजंग शाहीको समूहले योजनाबद्ध रुपमा राष्ट्रिय युवा संघ नेपाल लम्कीचुहाका अध्यक्षसमेत रहेका नहकुल बममाथि हतियार प्रहार गरेको बताइएको छ। उनीमाथि आपसी विवादका कारण राति हतियार प्रहार गरिएको बुझिएको लम्कीका प्रहरी प्रमुख इन्सपेक्टर कान्तिराज जोशीले जानकारी दिए। उनका अनुसार बम घाइते भएको र हातमा १४ वटा टाका लगाइएको छ। स्रोतकाअनुसार उनलाई खुँडा र तरवार हानिएको थियो। घाइते बमले उमेश शाहीसहित १५ जनाविरुद्ध जाहेरी दिएका छन्। आक्रमणकारीलाई प्रहरीले खोजिरहेको छ।…

Read More

डोटी : हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका दुई विद्यार्थीको शव डोटी पुगेको छ। नेपाली सेनाको स्काई एम्बुलेन्स एनए ०६४ मार्फत आइतबार दिउँसो डोटी शिखर नगरपालिका—६ चुँडीका राजन फुलारा र आदर्श गाउँपालिका-५, पीडका पदम थापाको शव डोटीको दिपायल विमानस्थलमा पुगेकाे हो। विमानस्थलमा दुवै शव उनीहरूका आफन्तले बुझेका छन्। मृतकका शवलाई प्रहरीको टोलीले स्कटिङ्ग गरी घरसम्म पुर्याएको डोटीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले जानकारी दिए। दुवै शवको सोमवार मात्रै दाह संस्कार हुने छ। थापाको आदर्श गाउँपालिका ५ तलारास्थित सेती नदीमा र फुलाराको शिखर नगरपालिका ६ अडेउलस्थित सेती नदीमा दाह संस्कार हुनेछ। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको टिकापुर कृषि क्याम्पसमा स्नातक तह आठौँ सेमेस्टरमा अध्ययनरत थापा…

Read More

डडेल्धुरा : केही दिनयता डडेल्धुरामा चोरीका घटना बढ्दै गएको पाइएको छ । जिल्लाका फरक–फरक तीन स्थानमा चोरीमा संलग्न तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ । डडेल्धुराको परशुराम नगरपालिका–४ लटेरोडा कटालस्थित वडाकार्यालयमा तोडफोड गरी चोरी भएको छ । कात्तिक १५ गते राति दुईजनाको समूहले कार्यालयको मुल गेटको ताला फुटाएर चोरी गरेको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । कार्यालयको मुल ढोकामा रहेको सीसीटिभी क्यामेरा फुटाएर गेटको ताला तोडेको प्रहरीको बताएको छ । कार्यालयभित्र रहेका फर्निचर तोडफोड गरि राजस्वबापत संकलन भएको १३ हजार ८ सयसमेत चोरी भएको वडा सचिव डम्बर साउँदले जानकारी दिए । उनका अनुसार कार्यालयमा जडित…

Read More

बझाङ : बझाङमा एक जना पुरुषको रुखबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा थलारा गाउँपालिका -८ पण्डित गाउँका ५५ वर्षीया गंगा दत्त पण्डित रहेका छन् । भीमलको रुखमा चढेर घाँस काटिरहेका पण्डित आज बिहान ८:३० बजे एक्कासी लडेर गम्भीर घाइते भएका थिए । गम्भीर घाइते भएका पण्डितलाई एम्बुलेन्स मार्फत् जिल्ला अस्पताल सिमखेत ल्याएर उपचार गर्ने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरिक्षक दिपेश चौधरीले बताए ।

Read More

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकाले भूकम्पपीडितलाई सवा लाख दिने भएको छ। जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितका लागि एक लाख २५ हजार पठाउने निर्णय भएको नगरपालिकाका मेयर डिल्लीराज जोशीले जानकारी दिए। उनका अनुसार उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने छ।

Read More

काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीको साइबर ब्यूरोले ‘केरकार’ गरेको छ ।  भोटाहिटीस्थित ब्युरोको कार्यालयमा केही कुरा बुझ्नुपर्ने भएको हुनाले प्रसाईंलाई बोलाइएको ब्यूरोको एसपी पशुपति रायले बताए। अराजक गतिविधि गरेको र सामाजिक संजालमा प्रमाण बिना प्रसाईँले बोलेका विषयमा अनुसन्धान अधिकृतहरुले प्रसाईँसँग सोधपुछ गरेका हुन्। सामाजिक संजालमा तथ्यहीन कुरा बोलेको र समाजलाई भड्काउन खोजेको आरोपमा उनीविरुद्ध ब्यूरोमा उजुरी दर्ता भएको प्रहरीको भनाइ छ।

Read More

कञ्चनपुर: हमासको नियन्त्रणमा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको सकुशल उद्धारको माग गर्दै आइतबार महेन्द्रनगरमा प्रदर्शन गरिएको छ। विपिनका परिवारसँगै आफन्तले जोशीको रिहाइका लागि माग गर्दै कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीमार्फत परराष्ट्र मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन्। विपिनका बुवा महानन्द जोशीले नेपाल सरकार, संयुक्त राष्ट्र संघ र मानव अधिकारवादी संघ संस्थाहरूले तत्काल छोराको उद्धार गर्नुपर्ने बताए। विपिनकी बहिनी पुष्पाले आफ्नो दाई बन्धक भएको ३० दिन भइसकेको अवस्थामा नेपाल सरकारलाई आग्रह गर्दै आफनो दाईलाई सकुशल घरमा आउने वातावरण मिलाई दिन आग्रह गरिन्। उनले भाईटीका आफनै दाईसँगै मनाउने वातावरण मिलाईदन सरकारलाई आग्रह गरिन्। प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र पनि बुझाइएको छ।…

Read More

काठमाडौँ : इजरायल घटनामा मारिएका सबै नेपालीको शव नेपाल आइपुगेको छ । गत असोज २० गते हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । मारिएका १० जनाकै शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सल्यानको शारदा–३ का प्रेम भण्डारी, डोटीको लामिखाल–८ का पदम थापा र डोटीकै राजन फुलाराका शव आइपुगेको छ । उनीहरूको शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सुर्खेतबाट भण्डारीको शव दाङ र थापा तथा फुलाराको शव हेलिकप्टरमार्फत नै डोटी लगेर आफन्तलाई बुझाईनेछ । यसअघि बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दिपेशराज विष्ट,…

Read More

डडेलधुरा : डडेलधुराको अजयमेरु गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहतस्वरुप दुई लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद भट्टले विज्ञप्ति जारी गर्दै जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक–एक लाख रकम उपलब्ध गराउने निर्णय भएको जानकारी दिएका हुन् । ‘दुःखको यस घडीमा हाम्रो पालिकाबाट सद्भाव स्वरूप तत्काल राहतका लागि जाजरकोट र रुकुम पश्चिम जिल्ला विपद् व्यवस्थापन समितिको राहत कोषमा एक–एक लाख रकम उपलब्ध गराउने छौँ,’ विज्ञप्तिमा भनिएको छ । गाउँपालिकाले भूकम्पमा परी पुरिएकाहरूको खोज, उद्धार र घाइतेहरूको उपचार तथा राहत कार्यमा सक्रियताका साथ लाग्न पनि अपिल गरेको छ ।…

Read More