धनगढी : सशस्त्र प्रहरी बलले दश लाख आठ हजार मुल्य बराबरको अबैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हे.क्वा. कैलाली र मातहत बि. ओ. पि.समेतको टोलीले करिब दश लाख आठ हजार दुई सय मुल्य बराबरको अबैध सामानहरु बरामद गरी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ ।
बुधबार सशस्त्र प्रहरी बल, नेपाल वि. ओ. पि. बंग्राकटानका सशस्त्र प्रहरी निरीक्षक हरिचन्द्र ढकालको कमाण्डमा खटिएको टोली र नेपाल प्रहरीको संयुक्त टोलीले धनगढी उप-म.न.पा.-९ बंग्राकटान स्थित सीमा ईलाकामा भारतबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याई वेवारिसे अवस्थामा रहेको लत्ता कपडा र मंसिर १४ गते सशस्त्र प्रहरी निरीक्षक धन बहादुर नाथको कमाण्डमा खटिएको गाडि मोवाईल टोलीले सोही स्थानबाट अवैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याई वेवारिसे अवस्थामा रहेको बरामद गरेको हो ।
सशस्त्र प्रहरीले बरामद गरिएको लत्ता कपडा र किराना तथा कस्मेटिक लगायतका सामानहरु आवश्यक कारवाहीको लागी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको छ ।