Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : गृह मन्त्रालयले ४० उपसचिवको सरुवाका साथै ११ जिल्लाका सिडिओ फेरेको छ। जसअनुसार बझाङका प्रमुख जिल्ला अधिकारीको पनि सरुवा भएको छ। बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको सरुवा भएको छ। उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचीव विश्वामित्र कुइकेल आउने भएका छन्।

Read More

काठमाडौं : नेपाल प्रहरीमा प्राविधिक प्रहरी निरीक्षकदेखि प्राविधिक प्रहरी सहायक निरीक्षकसम्मको पदमा जागिर खुलेको छ। प्रहरी प्रधान कार्यालयले सूचना प्रकाशन गर्दै १२८ जनाका लागि आवेदन खुल्ला गरेको हो।

Read More

धनगढी: धनगढीको संजिवनी पोलिक्लिनिकलाई सट्याकसुटुक सेवा सञ्चालनको इजाजत दिइएको पाइएको छ। स्वास्थ्य कार्यालय कैलालीले संजिवनीलाई सट्याकसुटुक पोलिक्लिनिकको अनुमति प्रदान गरेको हो। इजाजतपत्रमा उल्लेख भएअनुसार संजिवनीले असोज १८ गते अनुमतिका लागि निवेदन दिएकोमा सोही महिनाको २१ गते नै सेवा सञ्चालन स्वीकृति दिइएको छ। जबकी त्यस अवधिमा स्वास्थ्य कार्यालयले पोलिक्लिनिकको अनुगमन तथा निरीक्षण गरेरमात्र अनुमती दिनुपर्ने हुन्छ। स्रोतका अनुसार धनगढी उपमहानगरपालिकाबाट अस्पताल सञ्चालनको अनुमति नपाएपछि सो संजिवनी अस्पतालले पोलिक्लिनिक चलाउन स्वास्थ्य कार्यालयमा निवेदन चढाएको थियो। निवेदनपछि स्वास्थ्य कार्यालय कैलालीबाट सरुवा भैसकेका तत्कालीन निमित्त हाकिम लालबहादुर धामीले सट्याकसुटुक स्वीकृति दिएका हुन्। आफैंले बझाङस्थित स्वास्थ्य कार्यालयमा सरुवा मागेका धामीले तत्कालीन अवस्थामा आफ्नो सरुवा भैसकेका…

Read More

धनगढीः कैलालीको धनगढीबाट लागुऔषध खैरो हेरोइनसहित बैतडीका युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगर व्यारेल नजिकबाट २४० मिलिग्राम खैरो हेरोइनसहित बैतडीको पाटन नगरपालिका(४ बस्ने २१ वर्षीय भरत महरा बिहीबार साँझ पक्राउ परेका हुन्। प्रहरी चौकी त्रिनगर कैलालीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा महराको साथबाट लागुऔषध फेला पारी पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

अछामः अरिङ्गालको टोकाइबाट अछाममा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। जिल्लाको पञ्देवल बिनायक नगरपालिका–८ बारालाका ३ वर्षीय शमिर जैशीको मृत्यु भएको भने सोहि ठाउँकी १८ वर्षीया राधा जैशी घाइते भएकी हुन्। अस्ति घर नजिकै घाँस काट्नेक्रममा अरिङ्गालले टोकेको थियो। शमिरलाई त्यहीको स्थानीय स्वास्थ्यचौकी बारालाले उपचार पश्चात अवस्था सामान्य रहेको भन्दै घर पठाएको थियो। शमिरको घरमै मृत्यु भएको हो। घाइते किशोरीलाई भने थप उपचारको लागि जिल्ला अस्पताल अछाममा पठाएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

Read More

काठमाडौंः गृह मन्त्रालयद्धारा ४० उपसचिवको सरुवाका साथै ११ जिल्लाका सिडिओ फेरिएका छन्। विश्वमित्र कुईकेललाई बझाङ, खिमराज भुषाललाई दैलेख, टोपेन्द्र केसीलाई मुगु, गणेश नेपालीलाई कालिकोट, वेदनिधि खनाललाई रसुवा, विनोद पोखरेललाई हुम्लाको सिडिओमा खटाइएको छ। त्यस्तै, मनाङमा सुवास लामिछाने, ताप्लेजुङमा हिरादेवी पौडेल, म्याग्दीमा कृष्ण प्रसाद शर्मा, सोलुखुम्बुमा खेवी पाण्डे खत्री र डोल्पामा तुलसी प्रसाद दाहाललाई सिडिओको जिम्मेवारी दिइएको छ। । List-cdos.docx-without-noDownload

Read More

काठमाडौँ : आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज युनाइटेड अरब इमिरेट्स (युएई) र नेपालबिच प्रतिस्पर्धा हुँदैछ। विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ। नेपालले यसअघि पहिलो र अन्तिम पटक सन् २०१४ मा भएको ट्वान्टी–२० विश्वकप खेलेको थियो। त्यसयता विश्वकपका तीन संस्कण सम्पन्न भए पनि नेपालले छनोट चरण पार गर्न सकेको थिएन। यसअघि गत संस्करणका लागि भएको छनोटमा यूएई नै बाधक बनेपछि नेपालको सम्भावना समाप्त भएको थियो। सन् २०२२ को फेब्रुअरीमा ओमानमा भएको आईसीसी ट्वान्टी–२० विश्वकप क्वालिफायर ‘ए’ फाइनल पुग्ने दुई टिमले विश्वकप खेल्ने प्रावधान थियो। नेपाल समूह ‘बी’ को सबै खेल जित्दै विजेताको रूपमा सेमिफाइनल आएको थियो।…

Read More

काठमाडौं : नेपाली सेनाको भर्ना छनोट निर्देशनालयले अधिकृत क्याडेट पदका लागि आवेदन आव्हान गरेको छ। रिक्त २२९ अधिकृत पद खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको भर्ना छनोट निर्देशनालयले एक सूचना जारी गर्दै जानकारी दिएको हो। मंसिर २३ गतेसम्म आवेदन दिन सकिने उल्लेख छ। दोब्बर दस्तुर बुझाएर भने एक हप्ता पछिसम्म आवेदन दिन सकिनेछ।

Read More

काठमाडौ्: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो देशको पहाडी भूभागहरूमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। राति देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना…

Read More

धनगढी : घरेलु टोली भारतले आइसिसी विश्वकप २०२३ मा श्रीलंकालाई ५५ रनमा अल आउट गर्दै सेमिफाइनलमा स्थान बनाएको छ। मुम्बईको वानखेडे स्टेडियममा भएको खेलमा भारतले श्रीलंकालाई ३ सय २ रनले हराउँदै सुरुवाती सात खेलमा जितका साथ शीर्षस्थानमा रहँदै दुई खेल अगावै सेमिफाइनलमा स्थान पक्का गरेको हो। भारतले दिएको ३५८ रन पछ्याउने क्रममा श्रीलंका १९ दशमलब ४ ओभरमा ५५ रन बनाउँदा अलआउट हुँदै ३०२ रनको विशाल अन्तरले हारेको हो। श्रीलंकालाई जम्मा ५५ रनमा सिमित राख्न भारतका बलरहरु मोहम्मद शमीले पाँच विकेट, मोहम्मद सिराजले तीन विकेट तथा जसप्रीत बुमराहले एक विकेट लिए। श्रीलंकाका पाँच जना ब्याटर खाता नै नखोली आउट…

Read More