काठमाडौं: धनगढी झिलिमिली पार्न लगाइएका लाइटहरु गुणस्तरीय नभएको पाइएको छ। धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानहरूमा जडान गरिएका सडक बत्तिहरु गुणस्तरहीन भएको पाइएको हो।
धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले वडा कार्यालयबाट खरिद गराएका बिजुलीका चिम नक्कली भएको खुलेको हो।
लाइटहरुको गुणस्तर परीक्षण गर्न नमूना काठमाडौं पठाएकोमा नक्कली प्रमाणीत भएको बुझिएको छ। धनगढीका विभिन्न क्षेत्रका सडकका पोलमा हालै चिमहरु र स्मार्ट स्ट्रिट लाइटहरु जडान गरिएका थिए।
उपमहानगरले धनगढीको मुख्य सडक छ लेन, ट्राफिक चौराहादेखि भन्सारसम्म र क्याम्पस रोडसमेत स्मार्ट स्ट्रिट लाइट जडान गरेको थियो।
तर ती लाइटहरु नक्कली परेको (आइएसओ प्रमाणित नभएको) र जडित बत्ती बदल्न उपमहानगरले निर्माण कम्पनीलाई पत्राचार गरेको जनाएको छ।
नक्कली चिमका विषयमा उजुरी परेपछि गुणस्तर परीक्षण गर्न उपमहानगरले नमूना संकलन गरेर कात्तिक १७ मा ललितपुरमा रहेको नवीकरणीय उर्जा परीक्षण केन्द्रमा गुणस्तर बत्ति पठाएको थियो।
त्यसपछि ती बत्तिहरु गुणस्तरहीन भएको कुरा पत्ता लागेको बताइन्छ।