Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीमा सरकारी सम्पत्ति ‘कौडीको भाउ’मा भाडामा लगाइएको पाइएको छ। धनगढीस्थित कभर्डहलको जग्गामा बनेको हललाई न्यून रकममा भाडामा लगाइएको पाइएको हो। तत्कालीन धनगढी नगर विकास समितिले कैलाली जिल्ला खेलकुद विकास समितिलाई भोगचलन गर्न भन्दै प्रदान गरेको सो कभर्डहलको जग्गामा एक हल निर्माण गरिएको थियो। सोही हललाई तत्कालीन दिपक सिंहको अध्यक्षतामा रहेको समितिले खेलकुद प्रयोजनमा लगाउनुको सट्टा व्यवसायीलाई भाडामा दिएको थियो। हालका कैलाली जिल्ला खेलकुद विकास समितिका प्रमुख (हाकिम) दिपक सिंहले सो संरचनालाई २०७६ सालमा भाडामा लगाइएको जानकारी दिए। उनका अनुसार सो हलका सटरहरु र माथिल्लो भाग पुरै भाडामा लगाइएको हो। यस्तै सिंहले तत्कालीन हाकिम टोप बिष्टले टेन्डर निकालेर ७६ सालमा…

Read More

बाजुरा : पूर्व प्रधानमन्त्री एवम्  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित एमालेका शीर्षस्थ नेता बाजुरा आउने भएका छन्। अध्यक्ष ओलीसहितको टोली कार्तिक १९ गते बाजुरा आउन लागेको हो। बुढिगंगा नगरपालिकाको प्रशासनिक भवनको उद्धघान संगै पार्टीको कार्यक्रमका लागि ओलीसहितका नेता बाजुरा आउन लागेको  बुढिगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानियाँले बताए। उनकाअनुसार ओलीले नगरपालिकाको प्रशासनिक भवन उद्घाटनसँगै फालाशैनमा हुने भलिवल प्रतियोगीताको पनि उद्घाटन गर्ने कार्यक्रम रहेको छ।त्यसपछि उनी पार्टीको कार्यक्रम सरिक हुनेछन्। अध्यक्ष ओलीसँगै उपाध्यक्ष बिष्णु पाैडेल महासचिव संकर पोखरेल पनि बाजुरा आउँदैछन्। उनीहरू बडिमालिका घुम्ने कार्यक्रम समेत रहेको नगरप्रमुख बानियाँले बताए।

Read More

धनगढी : कैलालीमा दशैंका बेला महिलालाई ठक्कर दिएर भागेका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ। पूर्वपश्चिम राजमार्गअन्तरगत गौरीगंगा नगरपालिका-६ को बनबेहडामा दशैंको भोलिपल्ट नम्बर नखुलेको कारको ठक्करबाट घाइते गोदावरी नगरपालिका-९ की ६० वर्षीय मनादेवी रावतको मृत्यु भएको थियो। गम्भीर घाइते भएकी रावतको सोही दिन उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो तर ठक्कर दिएर भागेको कारको पहिचान हुन सकेको थिएन। इलाका प्रहरी कार्यालय मालाखेतीले पूर्वपश्चिम राजमार्गको चिसापानीदेखि महेन्द्रनगरसम्म जडान गरिएका सीसीटीभी क्यामेराको फुटेजका आधारमा ठक्कर दिने कार पत्ता लगाएर नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) गणेश बरालले सीसीटीभी फुटेजमा घटनाको समयमा उक्त क्षेत्रमा देखिएका…

Read More

कैलाली :  कैलालीका किसानले यस वर्षको धान बिक्री सुरुआत गरेका छन् । उनीहरु धान बेचेर हिउँदे खेतीका लागि खर्च जोहो गर्ने गर्दछन्। सरकारले तोकेको मूल्य नपाउँदा पनि किसानको धान बेच्नुपर्ने बाध्यता छ। नेपाल खाद्य संस्थानले धान खरिदमा ढिलाइ गर्दा किसानले स्थानीय व्यापारीसँग उनीहरूले भनेकै मूल्यमा धान बिक्री गर्नुपरेको गुनासो गरेका छन्। “सरकारले तोकेको मूल्यमा व्यापारी किन्न मान्दैनन्, हाम्रो बिक्री गर्नुपर्ने वाध्यता छ”, किसान हरिमाया चौधरीले भने, “दसैँ–तिहार खर्च जुटाउन, गहुँबालीका लागि बीउ, मल र खेत जोताइ खर्च गर्न पनि धान बिक्री गर्नुपर्यो। धेरै घाटा भयो।” हरिमायाजस्तै अधिकांश किसान यतिबेला धान बिक्रीका लागि स्थानीय व्यापारीले भनेकै मूल्य स्वीकारिरहेका छन्। कैलालीमा नेपाल…

Read More

स्याङ्जा :  स्याङ्जाको चापाकोटका एक व्यक्तिले  श्रीमतीको हत्या गरीे आत्महत्या गरेका छन्। चापाकोट नगरपालिका–७ खासा बस्ने करिव ५५ वर्षीय देवबहादुर विकले ४६ वर्षीया श्रीमती पार्वती विकलाई बन्चरो प्रहर गरेर हत्या गरी आफूले पनि आत्महत्या गरेको चापाकोट इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक विन्देश्वर यादवले जानकारी दिए। श्रीमान्ले श्रीमतीको घाँटीमा बञ्चरो प्रहार गरी हत्या गरेको र त्यस लगत्तै आफू पनि घर नजिकैको रुखमा झुण्डिएर आत्महत्या गरेको हुनसक्ने घटनाको प्रकृतिले देखाएको उनले बताए। साँझ खाना खाएर सुत्न कोठामा गएकी छोरी बिहान उठ्दा आमा बुवा उठेको नदेखेपछि कोठामा हेर्दा आमाको हत्या भएको र बाहिर निस्केर हेर्दा घर नजिकैको रुखमा बुवा झुण्डिरहेको देखेपछि छोरीले छिमेकीलाई…

Read More

काठमाडौं : नेपालले मलेसियाविरुद्ध पहिले बलिङ गर्दै छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी आइसिसी टि – २० विश्वकप एसिया फाइनल छनोट खेलमा मलेसियाले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको हो। मलेसियाका कप्तान फायज अहमदले टस जितेपछि नेपाललाई बलिङ गर्ने निम्तो दिएका हुन्। नेपालको प्लेइङ ११ मा आसिफ शेख (विकेटकिपर), कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा रहेका छन्। दीपेन्द्रसिंह ऐरी घाइते भएपछि यादवले स्थान पाएका हुन्। कप्तान पौडेलले पावर प्लेमा थप राम्रो प्रदर्शन गर्ने दाबी गरे। ऐरीको बारेमा शुभ समाचार नभएको भन्दै उनले अर्को एमआरआई गरेपश्चात…

Read More

काठमाडौँ : बाराको कलैया स्थित बाल एकता ईङ्गलिश बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफ (गुड्डु)को हत्यामा संलग्नहरूलाई प्रहरीले पक्राउ गरेको छ। सोमबार दुई वटा मोटरसाइकलमा आएका ४ जनाले सर्राफलाई गोली प्रहार गरेका थिए। उपचारको क्रममा वीरगन्ज स्थित बयोधा अस्पतालमा सर्राफको मृत्यु भएको हो। हत्यामा संलग्न आरोपमा ७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका एक अधिकृतले रातोपाटीलाई बताए। पक्राउ पर्नेमा रुपेशसँग प्रेम सम्बन्धमा रहेकी २१ वर्षीय युवती सहित ७ जना छन्। परस्त्रीसँगको सम्बन्धका कारण सर्राफको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको बारा प्रहरी नायब उपरीक्षक दधिराम न्याैपानेले बताए। अहिले प्रहरीको नियन्त्रणमा रहेकी सर्राफकी प्रेमिका अर्कोतिर पनि प्रेममा थिइन्। दुईतिरको प्रेम सम्बन्धका कारण…

Read More

धनगढी: कैलालीको कैलारी गाउँपालिकाको एक वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका छन्। वडा कार्यालयमा अनियमितता बढेको र वडाध्यक्षले गलत विधि प्रक्रिया अनुसार काम बढाएको भन्दै स्थानीयले वडा नं. ९ को कार्यालयमा तालाबन्दी गरेका हुन्। वडाध्यक्ष खेमराज चौधरीले तालतलैयाको ठेक्का, खानेपानी, सिँचाइ कुलो, उपभोक्ता समिति निर्माण, खानेपानी, विद्युत् विस्तारलगायत गतिविधिमा मनलाग्दी गर्दै आएको स्थानीयको आरोप छ। उता, गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले आफूले पनि तालाबन्दी भएको खबर सुनेको बताए। वार्ताको माध्यमबाट समस्या निकास निकाल्ने उनले बताए।

Read More

कैलारी : कैलाली कैलारी गाउँपालिकाको ९ नम्बर वडा कार्यालयमा तालाबन्दी गरिएको छ। वडाध्यक्षले गलत विधि प्रक्रिया अनुसार काम बढाएको र वडा कार्यालयको हरेक काममा अनियमितता बढेको भन्दै स्थानीयले नाराबाजीसहित कार्यालयमा तालाबन्दी गरेका हुन्। स्थानीय कमलसिंह रानाले वडाध्यक्ष खेमराज चौधरीले तालतलैयाको ठेक्का, खानेपानी, सिँचाइ कुलो, उपभोक्ता समिति निर्माण, खानेपानी, विद्युत् विस्तारलगायत गतिविधिमा मनलाग्दी गर्दै आएको बताए। वडाध्यक्ष खेमराज चौधरी हाल सम्पर्कविहीन छन्। गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले वार्ताको माध्यमबाट समस्या निकास निकाल्ने बताएका छन्।

Read More

कञ्चनपुर: व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ वितरण गरेको छ। आलुखेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको कृषि विकास शाखाले एक सय २० किसानलाई एक सय क्विन्टल आलुको बीउ वितरण गरेको हो। वडा कार्यालयले तीन वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा संलग्न किसानको नाम छनोट गरी पठाएपछि सोही आधारमा आलुको बीउ वितरण गरिएको कृषि विकास शाखका प्रमुख करनसिंह बुढा ऐरले बताए। “छनोटमा परेका नगरपालिकाको १२ वटै वडाका आठ किसानलाई एक क्विनटलका दरले आलुको बीउ वितरण गरेका छौँ”, उनले भने, “वडाका दुई जना किसानलाई आलुको मूल बीउ एक सय ५० दानाका दरले वितरण गरिएको छ।” शिलबन्दी दरभाउ…

Read More