काठमाडौं : गाजामा युद्धविराम घोषणा भएको दोस्रो दिन थप १३ इजरायली बन्धक र चार थाई नागरिकलाई हमासले रिहा गरेको छ। उनीहरूलाई हमासले रेडक्रसको जिम्मा लगाएको हो।
त्यसको सट्टा ३९ प्यालेस्टाइनी कैदीहरूलाई पनि रिहा गरिएको इजरायलको कारागारले पुष्टि गरेको बीबीसीले जनाएको छ। कतारको मध्यस्थतामा भएको युद्धविरामको पहिलो दिन शुक्रबार १३ इजरायली बन्धक र इजरायली जेलबाट ३९ प्यालेस्टाइनीहरूलाई रिहा गरिएको थियो।
इजरायल र हमासले धमाधम कैदी र बन्धकको रिहाइ गरिरहँदा हमासको अपहरणमा परेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइ हुन सकिरहेको छैन। सरकारले यसका लागि दुवै पक्षबीच वार्ताको मध्यस्थता गरिरहेको कतारसँग सहयोग मागेको छ।
Facebook Comments Box