काठमाडौं: नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले सम्पर्कमा नरहेका २६ जना कर्मचारीलाई हाजिर हुन आउन अनुरोध गरेको छ। कार्यालय आज सूचना जारी गर्दै आफूखुसी गैरहाजिर रहेको र खोजतलास गराउँदा तथा प्रहरी नियमावली २०७१ को नियम ११५ को देहाय (२) बमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत उनीहरू कार्यालयको सम्पर्कमा नआएको कार्यालयले जनाएको छ।
गैरहाजिर हुने सुदूरपश्चिमका पाँच जना रहेका छन्। कंचनपुर घर भएका सन्दीप कामी, दार्चुला घर भएका अरविन्द सिंह धामी, बैतडी घर भएका सुमन सिंह, बाजुराका दिपेश सुनार र कैलालीका रविन चौधरी सम्पर्कविहिन रहेको कार्यालयले जनाएको छ।
सूचना प्रकाशित भएको सात दिनभित्र आफू गैरहाजिर रहनुको कारणसहित उपस्थित हुन भनेको छ । उपस्थित नभएमा उनीहरूलाई सेवाबाट बर्खास्त गरिने कार्यालयले जनाएको छ।
Facebook Comments Box