Author: महेन्द्रनगर पोष्ट

धनगढी : धनगढीमा मोटरसाइकलले ठक्कर दिँदा चौपायाको मृत्यु भएको छ। बुधबार राति धनगढी उपमहानगरपालिका–१३ विमानस्थल गेट नजिकै सुपप्र ०१००९प२५४० नम्बरको मोटरसाइकलबाट चौपायाको मृत्यु भएको हो। दुर्घटनामा परेर मोटरसाइकल चालक धनगढी उपमहानगरपालिका –७ बस्ने ३० वर्षीय रामचरण चौधरी घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Read More

धनगढी : कैलालीमा बसले मोटरसाईकललाई ठक्कर दिदा दुई जना घाइते भएका छन्। पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिकाको चौमालामा बुधबार पूर्वतर्फ गइरहेको ना६ख ९२८० नम्बरको बसले सुपप्र ०१०११प७६७० को मोटरसाइकललाई ठक्कर दिएको थियो। ठक्करबाट मोटरसाइकल चालक धनगढी-१६ बस्ने २८ वर्षीय सुरेश बोहरा र पछाडि सवार ३५ वर्षीय लक्ष्मण बोहरा घाइते भएका छन्। उनीहरूको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको छ। बस र चालक भीमदत्त नगरपालिका-१८ बस्ने ५३ वर्षीय प्रदेशी डगौरालाई इलाका प्रहरी कार्यालय मालाखेतिले नियन्त्रणमा लिएको छ।

Read More

काठमाडौं: भूकम्पको केन्द्र जाजरकोटका लागि पठाइएको राहतमा पूर्वअर्थमन्त्री जनार्दन शर्माले संवेदनहीन राजनीति गरेका छन्। काठमाडौंबाट जाजरकोट पठाइएको तीन सय थान सोलार प्यानल बोकेको ट्रकलाई उनले बीच बाटोबाटै कब्जा गरेर रुकुम पश्चिम पठाएका हुन्। नेता शर्माको निर्देशनमा राहत बोकेको ट्रक बाटोबाटै कब्जा गरी अर्को जिल्ला पठाइएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। बुधबार रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा त्यही सोलार वितरण गरिएको थियो। नेता शर्माको निर्देशनमा उक्त ट्रक बाटोबाटै कब्जा गरी रुट फेरिएको स्थानीय जनप्रतिनिधिहरूले बताएका छन्। काठमाडौंबाट जाजरकोटका लागि आएका तीन ट्रक सामानको अर्को खेप पनि बाटोबाटै ‘कब्जा’ गरेर रुकुम पश्चिमतिर लगिएको जाजरकोटको भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले बताए। बुधबार पनि जाजरकोटका लागि…

Read More

टीकापुर: कैलालीको टीकापुरस्थित गौशालाले दीपावलीलाई लक्षित गरेर गाईको गोबरबाट निर्माण गरिएका ‘दीपावली र रङ्गोली दियो’ बजारमा ल्याएको छ । सामुदायिक पशुचौपाया व्यवस्थापन तथा प्रवर्द्धन समितिले सञ्चालन गरेको गौशालाले नौ हजार दीपावली दियो र एक हजार पाँच सय रङ्गोली दियो उत्पादन गरेर बिक्री थालेको हो । उत्पादन भएका दियो बजारका पसल तथा स्थानीयले माग गरिरहेका समितिका सचिव द्वारिकाप्रसाद जोशीले जानकारी दिए । “विदेशमा रहेका नेपालीले आ–आफ्नो घरमा पुर्याइदिन माग गरिरहनुभएको छ । हामीले घरमै पुर्याउने गरेका छौँ”, उनले भने, “बजारमा पनि यसको माग उच्च छ । आजबाट हामीले बिक्री थालेका छौँ ।” उत्पादित सामग्रीमा ५० प्रतिशतसम्म नाफा रहेको जोशीले बताए ।…

Read More

कञ्चनपुरः किसानलाई रासायनिक मल वितरणमा सहयोग पुग्ने गरी शुक्लाफाँटा नगरपालिकाले कोटा निर्धारण गरेको छ। सहकारीमार्फत किसानलाई रासायनिक मल उपलब्ध गराउन कोटा निर्धारण गरिएको हो। कृषि सामग्री कम्पनी लिमिटेड कञ्चनपुरले नगरपालिकालाई रासायनिक मल डिएसपीको एक हजार छ सय ७७ बोरा (आठ हजार तीन सय ८१ मेट्रिक टन) कोटा छुट्याएको छ। नगरपालिकामा दर्ता भई रासायनिक मलको कारोबार गर्ने सहकारीलाई व्यवस्थित तरिकाले किसानसम्म मल पु¥याउनका लागि कोटा निर्धारण गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले बताए। नगरपालिकामा दर्ता भएका २२ वटा सहकारीले रासायनिक मलको कारोबार गर्दै आएका छन्। ‘सहकारीमा आबद्ध सदस्य र किसानको सङ्ख्यालाई ध्यानमा राख्दै कोटा निर्धारण गरेका छौँ’, कृषि विकास शाखाका प्रमुख करनसिंह…

Read More

काठमाडौँ : हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा  आंशिक बदली रही  बाँकी भूभागको मौसम सामान्यतया सफा रहेको छ।  आज दिउँसो देशको पहाडी भूभागमा  आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। राति कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

Read More

काठमााडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले इजरायलबाट नेपाली उद्धार गर्दा लागेको लागत वापत पौने ६ करोड रुपैयाँ माग दाबी गरेको छ । निगमले २५ असोजमा वाइडबडी जहाजमार्फत इजरायलको तेल अभिभबाट २५४ नेपालीको उद्धार उडान गरेको थियो । उक्त उडान गर्दाको लागतवापतको ५ करोड ७५ लाख रुपैयाँ निगमले पर्यटन मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग माग गरेको हो। प्यालेस्टिनी विद्रोही समूह हमासले इजरायलको गाँजामा आक्रमण गरेपछि आफ्ना नागरिकको उद्दारका लागि सरकारले वायुसेवा निगमको जहाज पठाएको थियो ।

Read More

काठमाडौं : नेपाल प्रहरीका प्राविधिकतर्फका बरिष्ठ हवल्दारहरु प्रहरी सहायक निरीक्षक (असई) मा बढुवा सिफारिस भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार प्राविधिक तर्फको स्वास्थ्य, इन्जिनियरिङ, हातहतियार उपसमूहका असईका लागि बढुवा सिफारिस भएका छन् । बढुवा समितिको सचिवालयले प्राविधिक समूहअन्तर्गतका विभिन्न उपसमूहका ३० बरिष्ठ हवल्दारलाई असई बढुवाका लागि सिफारिस गरेको हो । सूचीः prabidhik-asiDownload

Read More

कुङ्मिङ : जाजरकोट र रुकुम भूकम्प पीडितलाई चीनको युनान प्रान्तले ५० हजार अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको भ्रमण टोलीसँगको औपचारिक भेटवार्ताका क्रममा चिनियाँ कम्युनिस्ट पार्टी युनान प्रान्तका सचिव वाङ निङले सहयोगको घोषणा गरेका हुन्। भेटका क्रममा सचिव वाङ निङले असल छिमेकीको हिसाबले नेपाललाई दैवी प्रकोपमा सहयोग गर्न तत्पर रहेको उल्लेख गरे। उनले युनान प्रान्त कृषिमा हासिल गरेको अनुभव र सीप नेपालसँग साट्न आफूहरू तयार रहेको बताए। अध्यक्ष नेपालले पनि सहयोगका लागि धन्यवाद दिँदै कृषिमा युनानले प्राप्त गरेको उपलब्धिलाई नेपालले पनि सदुपयोग गर्ने प्रतिबद्धता जनाए। जाजरकोट र रुकुमका लागि चीनले…

Read More

धनगढी : कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार राना २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिए । धनगढीमा काम गर्छु भन्दै गत वर्षको फागुनमा घरबाट निस्किएका राना त्यसपछि कहिलेकाहीँ मात्र घर आएका थिए । १८ असोजमा श्रीमती सुशीला रानालाई फोन गरेर अत्तरियामा श्रृंगारका सामान बिक्रीको काम गरिरहेको बताएका उनी दशैं मनाउन घर फर्किने कुरा थियो । तर उनी घर त आएनन् नै १० दिनपछि २८ असोजमा कृष्णपुर नगरपालिकामा पर्ने बालुवाफाँटाको जंगलमा मृत भेटिएको खबर परिवारले पायो । ‘असोज २० गते आफैंले बुहारीलाई फोन गरेको रहेछ, तर केही पनि बोलेन । त्यसपछि बुहारीले यताबाट गरेको फोन उठाएन’, मृतकका दाजु…

Read More