Author: महेन्द्रनगर पोष्ट

धनगढी : दार्चुलामा ब्राउन सुगर र नगदसहित २ जना पक्राउ परेका छन्। जिल्लाको शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर बजारबाट ९८० मिलिग्राम ब्राउन सुगरसहित २ जना पक्राउ परेका हुन् । बैतडीबाट गोकुलेश्वर दार्चुला आइरहेको सुपप्र ०१००१ प २०६९ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्दा लागुऔषध भेटिएपछी मोटरसाइकलमा सवार २० वर्षीय सुरज महरा र १७ वर्षीय किशोरलाई इलाका प्रहरी कार्यालय गोकुलेश्वर दार्चुलाबाट खटिएको टोलीले पक्राउ गरेको प्रहरी निरीक्षक किशोरसिंह ऐरीले जानकारी दिए । पक्राउ परेका दुबै जनाको साथबाट ९८० मिलिग्राम लागूऔषधसहित नगद ३८ हजार ५६५ रुपयाँ बरामद गरिएको तथा थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला पठाइएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरदेखि एसपीसम्मको सरुवाको अन्तिम तयारी थालेको छ। एक वर्ष अवधि पुगेका कार्यालयमा इन्चार्जहरुको हेरफेरको तयारी थालिएको हो। एसपी प्रमुख रहने करिब एक दर्जन जिल्ला हेरफेर हुँदैछ। जसमा कास्की, सुनसरी, कपिलवस्तु, सप्तरी र दाङ जानका लागि चर्को प्रतिस्पर्धा छ। गत चैतमा बढुवा भएका एसपीहरु अहिले जिल्ला जान दौडधुपमा छन्। अन्य केही एसपीहरु पनि गृहमन्त्री निकट व्यक्तिलाई खुस बनाएर जिल्ला जाने दौडधुपमा भएकाले यसपटकको सरुवामा अत्याधिक चलखेल हुने देखिएको छ। जसकारण यसपटकको इन्सपेक्टर, डिएसपी तथा एसपीहरुको सरुवामा बिचौलिया हावी हुने र इमान्दार अधिकृतहरुमाथि अन्याय हुने जोखिम बढेको छ।

Read More

काठमाडौं : संखुवासभाको प्रहरी चौकी मंगलबारेमा कार्यरत एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ। ड्युटी गर्दागर्दै अचानक बेहोस भएका प्रहरी सहायक हवल्दार पुरुषोत्तम निरौलाको निधन भएको हो। मादी नगरपालिका २ मा ड्युटी गर्ने क्रममा बेहोस भएका निरौलालाई तेह्रथुमको बसन्तपुरमा रहेको स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको थियो । तर उनलाई स्वास्थ्य चौकीले शनिबार साँझ मृत घोषणा गरेको थियो । शनिबार ड्युटी गर्दागर्दै निरौला एक्कासी लडेर बेहोस भएका थिए । उनको शव धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा आज पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । पोष्टमार्टमपछि उनको घर लगेर परिवारलाई शव बुझाईने प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : नेपाल प्रहरीमा तत्कालका लागि ३० वर्षे सेवाहद कार्यान्वयन रोकिएको छ । सेवाहदको प्रावधान रहेको सशस्त्र प्रहरी बलमा पनि यसको तरंग पुगेको छ । सशस्त्र प्रहरीमा पनि आगामी १६ भदौदेखि दुई डिआइजीसहित १७ सिनियर अधिकृतले अवकाश पाउँदैछन् । डिआइजीहरु अभिकुमार खत्री, दुर्गा भट्टराई, एसएसपी विश्व भट्टराई, एसपी हर्क साउद लगायतले अवकाश पाउदैछन् । उनीहरु २०५१ सालमा नेपाल प्रहरीमा असइमा भर्ना भई पछि सशस्त्रमा स्थानान्तरण भएका अधिकृतहरु हुन् । नियमावलीमा मात्र सेवाहदको प्रावधान रहेको र ऐनमा नै यसलाई समेट्न विगतमा दिइएका निर्देशनात्मक आदेश कार्यान्वायन नगरेको भन्दै नेपाल प्रहरीमा सर्वोच्च अदालतले तत्काल सेवाहदका आधारमा अवकाश नदिन भनेको छ । जसकारण नेपाल…

Read More

काठमाडौं : भारतको बिहारमा नेपाली तीर्थयात्री सवार बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन्। बिहारको समस्तीपुर जिल्लामा नेपालीहरु सवार बस दुर्घटना हुँदा कम्तीमा ३० भन्दा बढी घाइते भएका हुन्। ४३ जना सवार ना ७ ख ६४४६ नम्बरको उक्त बसलाई शनिबार राति पछाडिबाट एक ट्रकले ठक्कर दिँदा बस अनियन्त्रित भएर पल्टिएको थियो। एक किशोरसहित पाँच जनाको अवस्था गम्भीर छ । घाइतेहरुको उपचार मुसरीघरारी अस्पताल र निजी क्लिनिकहरुमा भइरहेको छ । सडक किनारमा पल्टिएको बसलाई क्रेनको सहायताले उठाइएको छ । ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

Read More

धनगढी : ५ वर्षअघि काभ्रेको पनौती घर भएकी ममता काफ्लेको चिनचान कञ्चनपुरका नरेश भट्टसँग भएको थियो । भट्ट त्यतिबेला अमेरिकामा थिए । सामाजिक सञ्जालबाटै उनीहरुबीच प्रेम सम्बन्ध स्थापना भएको थियो । त्यसपछि ०७७ साल मंसिर २५ मा दुवैले बिहे गरेका थिए । विवाहको ८ महिनापछि ०७८ साल साउन १० मा ममता पनि अमेरिकाका लागि उडिन् । झण्डै एक वर्षअघि उनले छोरीलाई जन्म दिएकी थिइन् । तर, गत साउन १६ गते भर्जिनियाबाट ममता एकाएक बेपत्ता भएकी थिइन् । उनी बेपत्ता हुनमा नरेशकै हात रहेको प्रहरीले बताइरहेको छ । कञ्चनपुरको बेल्डाँडी गाउँपालिका– २ घर भएका नरेश भट्ट २०७३ सालको साउनमा अमेरिकाका गएका…

Read More

धनगढी : मुग्लिङ-नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं हिडेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना भएको हो । बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिए । दुर्घटनापछि बाटो एकतर्फी सन्चालनमा छ ।

Read More

धनगढी : पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित निवास अगाडि फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ। धनगढी उपमहानगरपालिका–४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिवार राति शङ्कास्पद वस्तु फेला परेको खबर जिल्ला प्रहरी कार्यालय कैलालीले १ बजे थाहा पाएको थियो । नेपाल प्रहरी त्यसलगत्तै शङ्कास्पद बस्तु भएको ठाउँमा पुगेको थियो भने नेपाली सेनाले दुई टोली पुगेको थियो ।बिहान ५ बजे पुगेको टोलीले शङ्कास्पद बस्तु निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए । उनका अनुसार झोला भित्र चिया पकाउने विद्युतीय भाँडो र उक्त भाँडो भित्र माटो…

Read More

धनगढी : धनगढीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास अगाडि शंकास्पद वस्तु फेला परेको छ । धनगढी उपमहानगरपालिका(४ कर्मचारी सञ्चय कोष नजिकै रहेको देउवा निवास अगाडि शनिबार राति १ बजेको समयमा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टले पूरानो झोलामा तार बेरिएको अवस्थामा शंकास्पद वस्तु भेटिएको बताए । उक्त वस्तु के हो ? भन्ने कुरा नखुलेको उनले बताए । शंकास्पद वस्तुलाई निष्क्रिय पार्न नेपाली सेनाको डिस्पोजल टोलीलाई बोलाइने प्रहरीले जनाएको छ । अहिले उक्त घरमा देउवाका भतिज सुदूरपश्चिमका पूर्व भौतिक पुर्वाधार मन्त्री प्रकाशबहादुर देउवा बसिरहेका छन् ।

Read More

धनगढी : सर्पले डस्दा डोटीमा एक महिलाको मृत्यु भएको छ। आदर्श गाउँपालिका–१ की २८ वर्षीया निर्मला खड्काको सर्पले डस्दा आज मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले सर्पको डसाइबाट घाइते भएकी खड्काको जिल्ला अस्पतालमा उपचारका क्रममा आज साँझ मृत्यु भएको हो। खड्कालाई दिउँसो बारीमा काम गर्ने बेला सर्पले डसेको थियो।

Read More