Author: महेन्द्रनगर पोष्ट

धनगढी : कैलालीमा एक युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको लम्कीचुहा नगरपालिका–३ छतिवन सामुदायिक वनको अगाडि कर्णाली नदीमा २१ वर्षीया युवती रिताकुमारी धमला (रितु) मृत अवस्थामा फेला परेकी हुन्। सुर्खेत पञ्चपुरी नगरपालिका–१० नासीकी रितु आइतबार मृत अवस्थामा फेला परेकी हुन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं : अब ट्राफिक प्रहरीले सवारी चालक अनुमतिपत्र(लाइसेन्स) जाँच गर्दा नागरिक एपमार्फत देखाउन पाइने भएको छ। यसअघि ट्राफिक प्रहरीलाई सक्कलै चालक अनुमतिपत्र देखाउनुपर्ने बाध्यता थियो। तर यो व्यवस्था अन्य ट्राफिक नियम उल्लङ्घन गरेर प्रहरीले रोकेको अवस्थामा नभई चालक अनुमतिपत्र लिएको छ वा छैन भनेर जाँच गरेको अवस्थामा मात्रै लागू हुने छ। यो व्यवस्था आजैदेखि कार्यन्वयनमा आएको भन्दै एपमा लाइसेन्स लिंक गर्न समेत आग्रह गरिएको छ।

Read More

बारा : बाराको सदरमुकाम कलैयामा अज्ञात समूहले प्रहार गरेको गोली लागेर घाइते भएका प्रधानाध्यापकको ज्यान गएको छ। ज्यान गुमाउनेमा कलैया उपमहानगरपालिका- ६ मदरसा टोलमा बाल एकता बोर्डिङ स्कुलका प्रअ रुपेश सरार्फ( गुडु) रहेका छन्। रुपेशलाई टाउको र छातीमा गाेलि प्रहार भएको थियोे। गोली प्रहार भई घाइते भएका उनलाई उपचारका लागि वीरगंजकाे गण्डक स्थित नेपाल मेडिसीटी ब्योधा अस्पतालमा लगिएको थियो। तर, उनी बाँच्न सकेनन्। सम्बन्धित समाचार शिक्षकमाथि दिउँसै गोली प्रहार

Read More

बारा: बारामा एक जना शिक्षकमाथि गोली प्रहार भएको छ। मोटरसाइकल चढेर आएका व्यक्तिहरूले बाराको कलैया उपमहानगरपालिका- ६ मदरसा टोलमा बाल एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारमाथि सोमबार दिउँसो करिब सवा १ बजेतिर गोली प्रहार गरेका हुन्। उनको टाउको र घाँटीमा गोली लागेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए। गोली लागेर घाइते भएका स्वर्णकारलाई कलैया प्रादेशिक अस्पतालमा उपचार गराएर थप उपचारका लागि वीरगञ्ज लगिएको छ।

Read More

दाङ : दाङमा अस्पतालको शौचालयबाट प्रहरीलाई झुक्याएर भागेका १९ वर्षीय विवेक नेपाली पक्राउ परेका छन्। घोराही उपमहानगरपालिका–१७ का नेपाली मोवाइल चोरी गरेको अभियोगमा शनिबार पक्राउ परेका थिए। सोमबार बिहान साढे ९ बजे उनलाई घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य चेक जाँचको लागि लगिएको थियो। शौचालय जाने भन्दै उनको हतकडी समेत खोलिएको थियो। पछि उनी प्रहरीलाई छलेर भागेका थिए। उनी घोराही-१८ नवलपुरको नाला छेउमा लुकेर बसेको अवस्थामा फेला परेको जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

Read More

दार्चुला: दार्चुलाको गोकुलेश्वर पुलबाट खसेर एक पुरूष चमेलियामा बेपत्ता भएका छन्। शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वर स्थित पुलबाट खसेर एक पुरूष बेपत्ता भएको स्थानीय कालू चन्दले जानकारी दिए। पुलबाट खसेर चमेलियामा बगेका पुरूषको पहिचान खुल्न बाकी छ भने अवस्था अज्ञात रहेको स्थानीयले बताएका छन्।

Read More

काठमाडौं : अभ्यासका क्रममा घाइते भएका नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटका सबै खेल गुमाउने सम्भावना बढेको छ।  सोमबार बिहान त्रिवि मैदानमा सिंगापुरविरूद्धको खेलअघिको अभ्यासका क्रममा उनको कुर्कुच्चामा चोट लागेको थियो। त्यसपछि उनलाई उपचारका लागि मेडिसिटी अस्पताल पुर्‍याइएको थियो। अस्पतालबाट फर्केका दीपेन्द्र वैशाखी टेकेर त्रिवि मैदान आएका थिए। उनको खुट्टामा चोट लागेको कारण सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरविरूद्धको खेल गुमाएका थिए। तर, उक्त खेलमा सिंगापुरविरूद्ध नेपालले ८ विकेटको जित निकालेको थियो। अब नेपालले एक साताभित्र बढीमा चार र कम्तीमा दुई खेल खेल्नेछ। नेपालले भोलि मलेसिया र बिहीबार ओमानसँग खेल्नेछ। त्यसपछि शुक्रबार सेमिफाइनल र आइतबार फाइनल…

Read More

धनगढी : बैतडीमा १८ वर्षीया किशोरीलाई पीडक किशोरले घरमै बोलाएर कुकर्म गरेको पाइएको छ। पञ्चेश्वर गाउँपालिका-४ लडागाउँ बस्ने १८ वर्षीय पीडकले राति घरमा बोलाएर जबरजस्ती करणी गरेको अनुसन्धानबाट खुलेको बैतडीका प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए। ती किशोरले गत असार २७ गते राति र भदौ २३ गते राति ती किशोरीलाई आफ्नै घरमा लगि जबरजस्ती करणी गरेको भनेर पीडित पक्षले प्रहरीमा उजुरी दिएको थियो। सोही उजुरीको आधारमा किशोरलाई गएराति नै प्रहरीले पक्राउ गरिसकेको छ। पीडक र पीडित दुबै दलित समुदायका हुन्। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ।

Read More

डडेल्धुरा : डडेल्धुराका एक व्यक्ति  दिउँसै राँको बालेर न्याय खोजी रहेका छन्। जिल्लाको परशुराम नगरपालिका- ३ (बुङा) शीर्षका दत्तराम पाण्डेय न्यायकाे खाेजीमा दिउँसै राँको बालेर न्याय खोजी रहेका हुन्। पाण्डेय आफ्नो जमिन फिर्ता पाउ भन्दै विगत लामो समयदेखि आन्दोलित छन्। परशुराम नगरपालिका- ४ सुनखर्कमा रहेको परिगाउँ नहरको मुलदेखी पूर्व, सुनखर्कदेखी पश्चिम, रज्यौडा बस्तीदेखी दक्षिण र रगुन नदीदेखी उत्तरमा रहेको २०५३ सालदेखी भोगचलन गर्दै आएको करिब चार विगा जमिन आफ्नो भएको र उक्त जमिन फिर्ता पाउँ भन्ने उनको माग छ। ‘२०५३ सालमा मेरो परिवारसहित स्थानीयहरुले सुनखर्कमा खनजोत र टहरा निर्माण गरेका हौं,’ उनले भने, ‘अरु स्थानीयको जमिन भोगचलनमा रहेको भए पनि मेरो…

Read More

काठमाडौं : सुनको भाउ आज तोलामा पाँच सय रुपैयाँले घटेको छ। हिजो सुनको भाउ अहिलेसम्मकै महँगो तोलाको १ लाख १७ हजार रुपैयाँमा पुगेको थियो । आज भने तोलामा पाँच सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ। चाँदीको भाउ पनि आज घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय १० रुपैयाँमा किनबेच भइरहेको छ।

Read More