Author: महेन्द्रनगर पोष्ट

सुरेश जोशी, महेन्द्रनगर: सुदूरपश्चिमसँग नाका जोडिएको भारतीय क्षेत्र बनबासाको थानाध्यक्ष फेरबदल गरिएका छन्। यस अगाडिका उपनिरीक्षक (एसआई) लक्ष्मण सिंह जगवाणको सरुवा भएपछि नयाँ उपनिरीक्षक पठाइएको हो। अहिले एसआई सुरेन्द्र सिंह खडायतलाई बनबासा पठाइएको छ। उनी यस अगाडि एण्टी ह्युमन ट्राफिकिङ युनिटमा थिए। अहिले उनको स्थानमा जगवाण गएका छन्। अन्य को कहाँ ? (नामसहित)

Read More

धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा चालक घाईते भएका छन्। बुधवार राति साढे २ बजेको समयमा धनगढी उपमहानगरपालिका–१९ को धामी चोकमा हसुलिया जाँदै गरेको ०१०१२ प ५५१८ मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो। दुर्घटनामा चालक सोही ठाउँ बस्ने ४० वर्षीय प्रदीप चौधरी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। मापसे गरेको अवस्थामा मोटरसाइकल चलाइरहेको अवस्थामा अनियन्त्रित भएर दुर्घटना भएको थियो। बेहोस् अवस्थामा उद्दार गरिएका उनको निर्सग अस्पताल धनगढीमा उपचार भइरहेको छ। यस्तै कैलालीमा भिरबाट खसेर एक बालक गम्भीर घाइते भएका छन्। जिल्लाको मोहन्याल गाउँपालिका–४ शान्ति टोल बस्ने १५ वर्षीय महेश भट्टराई सुम्रेखाले भिरबाट खसेर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी…

Read More

काठमाडौँ: काठमाडौंबाट छुटेको सवारीसाधन उज्यालोमै नारायणगढ पुग्ने गरी यातायात व्यवस्थापन गरिने भएको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको अध्यक्षतामा मङ्गलबार बसेको सरोकारवाला प्रतिनिधिहरुबीचको छलफलले सवारीसाधन छुटेपछि परिस्थिति हेरी उज्यालो समयमै आफ्नो सवारी साधन नारायणगढ पुग्ने गरी समय व्यवस्थापन गर्न यातायात व्यवसायीलाई अनुरोध गर्ने र सुरक्षा निकायले सोही अनुरुप यातायात व्यवस्थापनमा सहजीकरण गर्नेसहितका १० बुँदे निर्णय गरेको हो ।  उक्त छलफलमा प्रहरी, यातायात मजदुर तथा यातायत व्यवसायीको सहभागिता थियो। बैठकले मध्यम तथा लामो दूरीमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनले आफ्नो सवारीमा अत्यावश्यकीय प्राथामिक स्वास्थ्य उपचारका सामग्री, पिउने पानी तथा अत्यावश्यक अवस्थामा खान मिल्ने खाने कुरा राखेर मात्र सवारी सञ्चालन गर्न यातायात व्यवसायीलाई…

Read More

काठमाडौँ: हालैको बाढीपहिरामा परी दुई सय २८ जनाको मृत्यु भएको छभने २५ जना बेपत्ता छन् । अन्य एक सय ५८ जना घाइते भएका छन्।  गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ, भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ। प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिनाका साथै घाइतेको निःशुल्क उपचार भइरहेको छ। सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले  बताए ।

Read More

अछाम: अछामको पञ्चदेवल विनायक नगरपालिका ९ स्थित चण्डिका माध्यमिक विद्यालयका विद्यार्थी छात्राहरु भत्किएको झोलुङ्गे पुलको यात्रा गरेर विद्यालय जान्छन्। गएको जेठ २७ गते पुलको एकतर्फका लठ्ठा चुँडिएर १३ वटा खच्चड फस्दा पुल नै कोल्टे परेको थियो। एकतर्फ कोल्टे परेको झोलुङ्गे पुलबाटै उनीहरु यात्रा गर्ने गर्छन्। भत्किएर जीर्ण भएको पुलमा स्थानीय प्रशासनले यात्रा गर्न रोक लगाएको छ। तर पनि दैलेखबाट अछामको विद्यालयमा पढ्ने छात्राहरु महिनावारीको समयमा जोखिमपूर्ण यात्रा गरेर विद्यालय जाने गरेका छन्। सुरुमा यात्रामा प्रतिबन्ध लगाइएको पुलमा अहिले महिनावारीको समयमा महिलाहरु आवतजावत गरिरहेका छन्। उनीहरुलाई स्थानीय प्रहरीले नदेखे झैं गर्ने गरेको छ।जीर्ण पुलको करिब ५ सय मिटर नजिक अर्को पुल निर्माण भएको छ। नवनिर्मित…

Read More

महेन्द्रनगर: कञ्चनपुरमा एक वडाध्यक्षले हेल्मेट बाडिरहेका छन्। दोधारा–चाँदनी नगरपालिका ६ का वडाध्यक्ष ओम बस्नेतले हेल्मेट बाडिरहेका हुन्। उनले चाडपर्व नजिकिएसँगै हुने दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीसँग सहकार्य गरेर हेल्मेट वितरण गरिरहेको जनाएका छन्। इलाका प्रहरी कार्यालय दोधारा–चाँदनीका प्रहरी निरीक्षक जगत गाहामगरसहितको टोलीमा खटिएर उनले हेल्मेट वितरण गरेका छन्। वडाध्यक्ष बस्नेतले आफ्नो वडा क्षेत्रमा पर्ने सडकमा दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरीसँग समन्वय गरेर ट्राफिक सचेतना कार्यक्रम थालेको बताए। उनले हेल्मेट नलगाएर मोटरसाइकल गुडाउनेलाई हिजो बिहानैबाट सडकमा उभिएर हेल्मेट दिएका थिए। उनले मंगलबार आयोजित एकदिने ट्राफिक सचेतनामूलक कार्यक्रममा ट्राफिक नियम उल्लंघन गरेर दुई पाङ्ग्रे सवारी साधन चलाउने १० जनालाई हेल्मेट उपहार दिएको…

Read More

धनगढी: कैलालीमा सुरक्षा निकायको संयुक्त अभ्यास कार्यक्रम गरिएको छ। जिल्लाको गोदावरी नगरपालिकास्थित अत्तरियामा संयुक्त रुपमा विपद्जन्य घटना सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम गरिएको हो। सो कार्यक्रम जिल्ला प्रशासन कार्यालय कैलालीको आयोजनामा गरिएको हो। जसमा भूकम्प र सवारी दुर्घटना सम्बन्धीको कृत्रिम अभ्यास गरिएको थियो। सो कार्यक्रम ह्याविट्याट फर ह्युमेनिटि नेपाल कैलालीको सहयोगमा आयोजना गरिएकोमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा विपद् तथा उद्धारको नमूना प्रस्तुत गरेका थिए। उद्धारबारे जानकारी तथा विपद्पछि सुरक्षा निकायले गर्ने उद्धार प्रक्रियाको तैनाथीका लागि सो कार्यक्रम गरिएको थियो। कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी धम्र्रेन्द्र कुमार मिश्रले विपद् आकस्मिक रुपमा आउने भएकाले त्यस्तो अवस्थामा सुरक्षा…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लक्ष्मणकिशोर चौधरीले तेस्रो डान उपाधि पाएका छन्। नेपाल कराँते महासङ्घका संस्थापक अध्यक्ष तथा नेपाल सितोरियो सङ्घका अध्यक्ष दावा गुरुङले मन्त्री चौधरीलाई तेस्रो डान उपाधि प्रदान गरेका हुन्। धनगढीमा मङ्गलवार प्रमाणपत्र, कराँते पोशाक र ब्ल्याक बेल्ट तेस्रो डानको उपाधिसहित उनलाई सम्मान गरिएको थियो। चौधरी कराँतेको पूर्वखेलाडी हुन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र उनले एउटै डोजोमा लामो समय कराँते प्रशिक्षण गरेका थिए। विद्यार्थी कालदेखि नै खेलकुदमा सक्रिय उनी सितोरियो कराँतेका पहिलो डान हुन्। एथलेटिक्समा पनि राष्ट्रियस्तरसम्म पुगेका उनी अन्य खेलकुदमा पनि त्यतिकै सक्रिय र सफल थिए। २०६५ सालदेखि मिर्गौलामा समस्या आएपछि उनी…

Read More

काठमाडौं: नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवर स्वदेश फिर्ता भएका छन्। उनी ग्रीसको एथेन्समा आयोजनामा भएको ३८ औँ अन्तर्राष्ट्रिय ड्रग इन्फोर्समेन्ट कन्फरेन्समा सहभागी हुन गएका थिए। मंगलबारदेखि बिहीबारसम्म सञ्चालन भएको सो कन्फरेन्समा आईजीपी कुँवर सहभागी भएका थिए। आज उनी स्वदेश फिर्ता भएको बताइएको छ। उनको साथमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश कुमार आचार्य पनि ग्रीस पुगेका थिए। उनीहरु दुवैजना असोज ७ गते ग्रीस प्रस्थान गरेका थिए। यता आईजीपी कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हालेका थिए।

Read More

धनगढी: कैलालीमा नेपाल प्रहरीका सादा पोसाकका प्रहरी (घुमुवाहरु) ह्वात्तै बढाइएको छ। चाडपर्व सुरु हुँदै गर्दा जिल्लाका विभिन्न स्थानमा घुमुवा प्रहरीहरु ह्वात्तै बढाइएको हो। स्रोतका अनुसार अहिले घुमुवाहरु थपेर १ दर्जन बढी पुगाइएको छ। घुमुवाहरुको सँख्या एकाएक बढाइएपछि प्रहरीभित्र आर्थिक रुपमा गैरव्यवसायिक गतिविधि बढ्ने अनुमान पनि गरिएको छ। हालैमात्र एक असईलाई डडेल्धुराबाट काजमा कैलाली ल्याएर घुमुवा खटाइएको पाइएको छ। असई राजेश चौधरीलाई प्रदेश प्रहरी कार्यालयले काजमा कैलाली ल्याएकोमा कैलाली प्रहरीले पूर्वी क्षेत्रको घुमुवाको रुपमा पठाएको हो। स्रोतका अनुसार एक नेताको सिफारिसमा चौधरीको काज गरिएको थियो। काजमा आएका उनी विवादित प्रहरी कर्मचारी हुन्। अहिले उनैलाई घुमुवा पठाइएकोमा प्रहरीभित्रै विरोध भएको छ। प्रदेश…

Read More