Author: महेन्द्रनगर पोष्ट

मुगु : जिल्ला प्रहरी कार्यालय मुगुले हत्या गरेको अवस्थामा फेला परेका एकै परिवारका आमासहित दुई छोरा र एक छोरीको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याएको छ। छायानाथ रारा नगरपालिका–६ स्थित मन्दु गाउँमा एकै परिवारका आमासहित दुई छोरा र एक छोरी गत शुक्रबार हत्या गरेको अवस्थामा मृत फेला परेका थिए। छायानाथ रारा नगरपालिका –६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, ९ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए। उनले चारैजनाको शव परीक्षणका लागि जिल्ला सदरमुकाम गमगढी ल्याइएको र आज शव परीक्षण हुने बताए। अहिलेसम्मको प्रारम्भिक…

Read More

टीकापुर : बालबालिका बोल्न थालेपछि सबैभन्दा पहिले जाने ठाउँ विद्यालय हो। बालबालिकाको समय घर र विद्यालयमा बढी बित्छ। त्यसैले नेतृत्व विकास गर्ने वा बालबालिकाकामा असल सोच र असल अभ्यास विकास गर्ने दायित्व पनि घर र विद्यालयको हुने जानकारहरू बताउँछन्। कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माका अनुसार विद्यालयका अतिरिक्त क्रियाकलापमा बढीभन्दा बढी बालिकालाई सहभागी गराउने गरिएको छ। उनी बालिका पनि अतिरिक्त क्रियाकलापमा बालकभन्दा अगाडि रहेका बताउछन्। “हामीले हरेक क्रियाकलापमा छोरीलाई प्राथमिकता दिन थालेका छौँ, यहाँ हुने हरेक क्रियाकलापमा बालिका विजयी भएका उदाहरण छन्”, उनी भन्छन्, “हाम्रो विद्यालयमा बाल क्लबको अध्यक्ष बालिका, विभिन्न सामूहिक कार्यमा छात्रा नेतृत्वमा छन्।” विद्यालयमा हुने बाल क्लब,…

Read More

बझाङ: बझाङमा एक किशोरी मृत फेला परेकी छिन्। जिल्लाको जयपृथ्वी नगरपालिका –५ की अस्मिता कुमारी जोशी मृत फेला परेकी हुन्। सुनी पिपलचौर माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत उनी आफू बस्ने कोठामा मृत फेला परेको बताइएको छ। जोशीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

तेल अबिब: इजरायल र प्यालेस्टाइनी अतिवादी समुह हमासका बिचमा जारी युद्ध २३ औँ दिनमा पुगेको छ। यो अवधिमा भएका आक्रमणमा परी अहिलेसम्म झन्डै ९ हजार मानिसले ज्यान गुमाइसकेका छन्। गत अक्टोबर ७ मा हमासले अप्रत्याशित र अकल्पनीय रुपमा इजरायलमाथि आक्रमण गरेपछि सुरु भएको युद्धको जवाफमा इजरायलले जल, जमिन र आकास तीनै स्थानबाट आक्रमण गरिरहेको छ। संयुक्त राष्ट्र संघका बहुमत राष्ट्रले हमास–इजरायल युद्ध रोक्नका लागि आव्हान गरेका थिए भने इजरालयसहित १४ देशले राष्ट्र संघको सो आह्वान अस्वीकार गरेका थिए। उनीहरूले युद्ध जारी राख्ने पक्षमा आफ्नो मत प्रकट गरेका थिए। हिजो मात्रै युद्ध रोक्नका लागि राष्ट्रसंघले गरेको आह्वानलाई अस्वीकार गर्दै गाजामा इजरायलको…

Read More

बारा : बाराको जीतपुर सिमरा उपमहानगर–२ स्थित सिमरा चोकमा भएको बस दुर्घटनामा १एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ११ जना घाइते भएका छन्। भरतपुरबाट वीरगन्ज तर्फ जाँदै गरेको ना ७ ख ४७४९ नं बस शनिवार राती करिब १२ बजे सिमरा चोकमा दुर्घटना भएको हो। दुर्घटनामा मृत्यु हुनेको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घाइतेहरूको हाल वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ।

Read More

कैलाली :  सीमा क्षेत्रका सहरमा  एकसयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक कारोबारमा प्रतिकूल असर पुगेको छ। नेपाली बजारमा भारतीय मुद्राको कारोबार रोकिँदा आर्थिक कारोबारमा समस्या भइरहेको धनगढीका व्यापारी सुभाश चौधरीले बताए। “नेपाल राष्ट्र बैंकले रु एकसय भन्दा बढी दरको भारु नोटको कारोबार नगर्न भनेको छ,” चौधरीले भने, “कुनै पनि ग्राहकले भारु नोट लिन मान्दैनन्, यसले गर्दा आफूहरुको व्यापारमा नकारात्मक असर पुगेको छ।”भारुको कारोबार रोकिँदा काम विषेशले भारतका सहरमा जानुपर्ने सर्वसाधारणलाई बढी समस्या हुने गरेको छ। भारतबाट नेपाल भित्रिन चाहने भारतीय नागरिकसमेत समस्या परेका छन्। गौरीफन्टा सीमानाका हुँदै धनगढी भित्रिन चाहने कतिपय भारतीय नागरिक  पाँचसय दरको भारु नोट नचल्ने…

Read More

काठमाडौं: मोटरसाइकल दुर्घटनामा परी कञ्चनपुर घर भएका एक प्रहरी जवानको मृत्यु भएको छ। कञ्चनपुरको भिमदत्त नगरपालिका–११ घर भई हाल ईलाका प्रहरी कार्यालय निजगढ, बारामा कार्यरत प्रहरी जवान आकाश सुनारको दुर्घटनामा मृत्यु भएको हो। ड्युटीको सिलसिलामा जितपुर सिमरा उपमहानगरपालिका–१६ ग्रिनलाइट होटल अगाडि उनले चलाएको ज१२प ७१५४ नम्बरको मोटर साइकल अनियन्त्रीत भइ दुर्घटना हुँदा उनी घाइते भएका थिए। सुनारको प्रादेशिक अस्पताल कलैयामा उपचार पश्चात् थप उपचारको लागि एलएस न्यरो अस्पतालमा लगिएकोमा मृत्यु भएको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए।

Read More

काठमाडौं : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस चारदिने भ्रमणका क्रममा नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राति एक बजे अवतरण गरेका उनलाई परराष्ट्रमन्त्री एनपी साउदले स्वागत गरेका थिए। आज राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग उनको कार्यालयमा महासचिव गुटरेसले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। त्यसपछि गुटरेसले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सङ्घीय संसद् भवन नयाँबानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्। मङ्गलबार अपराह्न ४ बजे महासचिव गुटरेसले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।

Read More

काठमाडौँ : हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षासँगै हिमपातको पनि सम्भावना रहेको छ। राति देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई…

Read More

धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरमा खुल्ला भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ। तुल्सीपुर सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा खुल्ला भलिबल प्रतियोगिताको हुन लागेको हो । प्रतियोगिता कार्तिक १६ देखि सञ्चालन हुने आयोजकले जनाएको छ। प्रतियोगिताको प्रथम हुने टिमलाई ५१ हजार, द्वितीयलाई ३१ हजार र तेस्रोलाई १५ हजार ५ सय नगद पुरस्कार प्रदान गरिने तुल्सीपुर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पुस्कलबहादुर बमले बताए। खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई समेत बेस्ट प्राईज दिइने छ। उनका अनुसार टिम दर्ता शुल्क २ हजार ५ सय राखिएको छ। खेलमा सहभागीता हुन चाहानेले १५ गते बेलुका सम्म टीम दर्ता गरिसक्नुपर्ने छ।

Read More