Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा भारतविरुद्ध ब्याटिङ गरिरहेको अस्ट्रेलियाले १०० रन पूरा गरेको छ । भारतको अहमदाबादस्थित नरेन्द्र मोदी रङ्गशालामा घरेलु टिमले दिएको २४१ रनको लक्ष्य पछ्याइरहेको अस्ट्रेलियाले १९.१ ओभरमा तीन विकेट गुमाएर १०० रन पूरा गरेको हो । अस्ट्रेलियाबाट हाल क्रिजमा रहेको ट्राभिस हेडले ४३ र मानुर्स लाबुसचेज्नेले १४ रन बनाएका छन् । ४७–३ को कठिन अवस्थाबाट यी दुईले हालसम्म ५३ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ सम्हालिरहेका छन् । त्यसअघि खेलको पहिलो इनिङमा टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको योगफल खडा गरेको थियो ।

Read More

बर्दिया : बर्दियामा १६ वर्षीय किशोरीमाथि कुकर्म गर्ने युवक पक्राउ परेका छन् । उनीमाथि कुकर्म गरेको आरोपमा बारबर्दिया नगरपालिका–८ औंरी बस्ने २५ वर्षीय लक्ष्मण थारु पक्राउ परेका हुन् । हिजो राति किशोरीलाई करणी गरेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरी टोलीले उनलाई आज बिहान नियन्त्रणमा लिएको हो। थारुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

धनगढी : कैलाली बहुमुखी क्याम्पसले सोमबार (भोलि) शोक बिदा दिएको छ । मानविकी तथा सामाजिकशास्त्र संकायको दोस्रो सेमेष्टरमा अध्ययनरत विद्यार्थी नरेन्द्र बिष्टको निधनमा शोक बिदा दिइएको क्याम्पसले जनाएको छ । क्याम्पस प्रमुख तोयराज भट्टले सूचना जारी गर्दै बिदाबारे जानकारी दिएका छन् । क्याम्पसले बिष्टलाई श्रद्धाञ्जली दिदै शोकाकुल परिवारमा धैर्यधारणको कामना समेत गरेको छ ।

Read More

काठमाडौँ : इलाममा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको छ। आइतबार अपराह्नमा रोङ गाउँपालिका-३ भालुजोडास्थित सडकमा बस दुर्घटना हुँदा एक जना बालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक विष्णु खड्काले बताए । उनका अनुसार ना ६ ख ८४२४ नम्बरको बस सडकबाट अन्दाजी ४०० मिटर तल भीरमा खसेर रूखमा अड्किएको हो। दुर्घटनापछि बसमा रहेका ३६ जनालाई निकालिएको थियो। एक जना मृतक बालकसहित ३५ जना घाइतेहरूलाई बिएण्डसी अस्पतालमा पठाइएको छ। बालकको पहिचान खुलेको छैन। प्रहरी निरीक्षक खड्का अनुसार बसमा सवार धनुषा नगरपालिका-९ धारापानीका स्थानीयहरू हुन्। कन्याम घुम्न आएको उक्त बस दुर्घटनामा परेको हो।

Read More

बझाङ : बझाङको सूर्मा गाउँपालिकामा पर्ने सूर्मा सरोवर (नर्थ) हिमालको सफल आरोहण भएको छ । ६ हजार ५२३ मिटर अग्लो उक्त हिमालको पूर्वी मोहडाबाट पहिलो पटक संयुक्त अधिराज्य (युके) का आरोहीहरुले सफल आरोहण गरेका हुन् । स्कटल्याण्डका आरोही पल राम्सडेनको नेतृत्वमा गएको टोलीले उक्त हिमालको सफल आरोहण गरेको र यो टोली पहिलो भएको नेपाल पर्यटन विभागका सम्पर्क अधिकृत वसन्तराज जोशीले बताए । पलको टोलीमा रहेका अर्का आरोही टिम मिलरले पनि उनिसँगै सूर्मा सरोवरको सफल आरोहण गरेको जोशीले जानकारी दिए । उनीहरु चार जनाको आरोहण दलमा गएका भए पनि दुइ जनाले मात्रै सफल आरोहण गर्न सफल भएको ट्राभल कम्पनी आइस एट…

Read More

कञ्चनपुर : परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कञ्चनपुरको दोधारा चाँदनी नाका सुदूरपश्चिमको मात्र नभई मुलुकको आर्थिक नाकाका रूपमा विकास हुने गरी काम अघि बढेको बताएका छन्। कञ्चनपुर उद्योग वाणिज्य सङ्घद्वारा आज (आइतवार) यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दोधारा चाँदनी सुक्खा बन्दरगाह प्रक्रिया अघि बढ्नुका साथै महाकाली नदीमा चार लेनको पक्की पुल निर्माण भइसकेको बताए। “भारतीय पक्षले पनि सोही अनुसार भारततर्फ पनि काम अघि बढाएको छ।” मन्त्री साउदले भने, “कञ्चनपुर आर्थिक, पर्यटकीयलगायत धेरै ज्यादा सम्भावना बोकेको क्षेत्र हो।” दोधारा चाँदनी नाका तीव्र गतिमा खुल्ने सन्दर्भमा अघि बढेको जनाउँदै उहाँले वनबासा पुलमा आवागमन सहज बनाउनेदेखि विदेशी पर्यटकलाई नाकामा आउनजान सहज गर्ने विषयमा पहल…

Read More

काठमाडौँ : नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले भूकम्प प्रभावित क्षेत्रमा तीन हजार एक सय जना स्वयंसेवक खटाउने निर्णय गरेको छ । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश विशेष रूपान्तरण अभियानको समीक्षात्मक बैठकले उक्त निर्णय गरेको हो । पार्टीको निर्णयअनुसार प्रभावित क्षेत्रमा खटिने स्वयंसेवकले भूकम्प पीडितका अस्थायी आवास तथा पुनः निर्माणमा सहयोग गर्नेछ । सम्बन्धित जिल्ला प्रमुख नेतृत्वको स्वयंसेवक टोली खटाइनेछ । भूकम्पबाट जाजरकोट, रुकुम पश्चिम, सल्ल्यानलगायत जिल्लाका एक सय पाँच वडा प्रभावित भएका छन् । प्रत्येक वडामा २१ जनाको टोली सक्रिय हुनेछ । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार जाजरकोटमा एक सय पाँच जनाको ज्यान गएको थियो भने…

Read More

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले छठीमाताको पूजाअर्चना गरेका छन् । छठ पर्वको उपलक्ष्यमा आज साँझ उनले कमलपोखरीको छठ पूजा स्थलमा छठीमाताको पूजा गरेका हुन् । राष्ट्रपति पौडेलले गुह्येश्वरीमा निर्मित पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठीमाताको पूजाअर्चना गरे । काठमाडौँ उपत्यकाका कमलपोखरी, गुह्येश्वरी गौरीघाट, कुपण्डोललगायत स्थानमा छठ पूजा स्थल निर्माण गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै छठीमाताको पूजा अर्चना भइरहेको छ । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठपूजामा उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट व्यक्तिले छठीमाताको पूजा गरेको कमलपोखरी छठ पूजा समाजका सल्लाहकार दीपेन्द्र झाले जानकारी दिए । छठ पूजाका लागि पोखरी ध्वजापताकाले सिङ्गारिनुका साथै झिलीमिली बत्ती जडान गरिएको छ । महानगरपालिका प्रमुख बालेन्द्र साह…

Read More

काठमाडौँ : अस्ट्रेलिया र भारतबिच जारी क्रिकेट विश्वकपको फाइनलमा भारतले पाँचौ विकेट गुमाएको छ। पाँचौ विकेटका रूपमा भारतले रबिन्द्र जडेजालाई गुमाएको हो। जडेजा जोश हेजलवुडको बलमा आउट भए उनले २२ बल को सामना गर्दै ९ रन बनाए। भारतले चौथो विकेटका रुपमा विराट कोहलीलाई गुमाएको थियो। प्याट कमिन्सको बलमा कोहली आउट भएका हुन्। उनले ६३ बलमा ५४ रन बनाए। यसअघि श्रेयश अय्यर चार रन बनाएर आउट भएका थिए। यस अगाडि रोहित शर्मा ३१ बलमा ४७ रन लिएर आउट भएका थिए। शुभमन गिल आउट भएका थिए। आईसीसी एक दिवसीय विश्वकप २०२३ को फाइनल टस जितेको अष्ट्रेलियाले बलिङ रोजेको थियो। फाइनलसम्म पुग्दा भारत…

Read More

धनगढी : रूकुम पूर्वमा आज भूकम्प गएको छ। आइतबार दिउँसो २ बजेर ५९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। यसअघि गत कात्तिक १७ गते जाजरकोट केन्द्र भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा जनधनको क्षति भएको थियो। त्यसपछि पनि पटकपटक परकम्प गइरहेको छ।

Read More