काठमाडौँ : अस्ट्रेलिया र भारतबिच जारी क्रिकेट विश्वकपको फाइनलमा भारतले पाँचौ विकेट गुमाएको छ। पाँचौ विकेटका रूपमा भारतले रबिन्द्र जडेजालाई गुमाएको हो।
जडेजा जोश हेजलवुडको बलमा आउट भए उनले २२ बल को सामना गर्दै ९ रन बनाए।
भारतले चौथो विकेटका रुपमा विराट कोहलीलाई गुमाएको थियो। प्याट कमिन्सको बलमा कोहली आउट भएका हुन्। उनले ६३ बलमा ५४ रन बनाए। यसअघि श्रेयश अय्यर चार रन बनाएर आउट भएका थिए।
यस अगाडि रोहित शर्मा ३१ बलमा ४७ रन लिएर आउट भएका थिए। शुभमन गिल आउट भएका थिए। आईसीसी एक दिवसीय विश्वकप २०२३ को फाइनल टस जितेको अष्ट्रेलियाले बलिङ रोजेको थियो।
फाइनलसम्म पुग्दा भारत अपराजित रहेको छ। भारतले सन् १९८३ र २०११ मा उपाधी जितेको थियो। भारत २००३ को फाइनलमा अष्ट्रेलियासँग हारेको थियो। अष्ट्रेलियाले १९८७,१९९९,२००३,२००७ र २०११ मा उपाधी जितेको थियो।
Facebook Comments Box