Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल वायुसेवा निगमले किस्ताबापतको ५३ करोड बढी रुपैयाँ भुक्तानी गरेको छ। निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरिद गरेका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्वमध्ये असोज महिनाको किस्ता भुक्तानी गरिएको निगमका प्रवक्ता रमेश पौडेलले बताए। उनका अनुसार न्यारोबडीको पूरा र वाइडबडीको आंशिक गरी ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरिएको हो। निगमले यसअघि गत २०७९ असारदेखि २०८० आसारसम्मको अवधिमा ३ अर्ब ७७ करोड ३८ लाख २१ हजार १२५ रुपैयाँ किस्ता रकम भुक्तानी गरेको थियो। व्यापार विस्तार तथा आम्दानीमा विगत वर्षभन्दा सुधार हुँदै गएको निगमले जनाएको छ।…

Read More

काठमाडौँ : सशस्त्र प्रहरीले सञ्चालन गरेको पेट्रोल पम्पले नै कम परिमाणमा पेट्रोल बिक्री गर्ने गरेको भेटिएको छ । स्वयम्भूस्थित हलचोक फ्युल सेन्टर पम्पबाट कम परिमाणमा बिक्री गरेको भेटिएसँगै प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट अनुगमनमा खटिएको टोलीले उक्त पम्प सिल गरेको हो । बुधवार गरिएको अनुगमन क्रममा सशस्त्र प्रहरीले सञ्चालन गरेको स्वयम्भूस्थित हल चोक फ्युल सेन्टर पम्प र कलङ्कीको श्यामा पेट्रोल पम्पमा सिल गरिएको प्रधानमन्त्री कार्यालयको हेल्लो सरकारबाट अनुगमनमा खटिएका सहसचिव प्रधुम्न उपाध्यायले बताए । ‘उपाध्यायले भने, ‘६ पटक जाँच गर्दा पनि चार पटक परिणाम भन्दा थोरै देखिएपछि सिल गरियो ।’ मंगलबार मात्रै अनुगमनका क्रममा उपभोक्तालाई कम मात्रामा पेट्रोल बिक्री गर्ने गैरी…

Read More

दाङ : दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । शान्तिनगर गाउँपालिका–५ रतभटुवामा रा ३ प ४३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक स्थानीय १४ वर्षका सुनिल विकको ज्यान गएको हो । मोटरसाइकलमा पछाडि बसेका शान्तिनगर–५ काशीपुरका अजय चौधरीको बाँकेकाे नेपालगञ्ज मेडिकल कलेज काेहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं : नेकपा एसका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पूर्वराजा ज्ञानेन्द्र शाहलाई पार्टी बनाएर चुनावमा लड्न चुनौती दिएका छन्। बुधबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले पूर्वराजा ज्ञानेन्द्रलाई आफू त्याग, तपस्या र बलिदान गरेको व्यक्ति हो र जनताको साथ छ भन्ने लाग्छ भने पार्टी खोलेर वा पुरानै पार्टीबाट चुनाव लडेर देखाउन चुनौती दिएका हुन्। उनले प्रतिगमनको दिशामा देशलाई लैजान खोज्नै कुनै कार्य स्वीकार्य नहुने बताए।

Read More

काठमाडौ : नेकपा एमालेले गएराती प्यालेस्टाइनी राज्यको गाजा शहरको अल अहरी अरब अस्पतालमा भएको आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गरेको छ। अध्यक्ष केपी शर्मा ओलीले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको निन्दा र भत्सर्ना गरेका हुन्। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा/आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले एमाले स्तब्ध भएको समेत बताएका छन्। ‘रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौंको सङ्ख्यामा मानिसहरू हताहत भएको विषय जति निन्दा गरे पनि कमी हुन्छ’, अध्यक्ष ओलीले भनेका छन्, ‘हामी यस आक्रमणको…

Read More

काठमाडौं : नेपालको तेस्रो विकेट पतन भएको छ। आसिफ शेख २३ रन बनाएर आउट भएका छन्। २७ बल खेलेका उनले २ चौका र एक छक्का प्रहार गरेका थिए। यसअघि कुशल मल्ल ११ रन कुशल भुर्तेल १४ रन बनाएर आउट भएका थिए। युएईले निर्धारित ओभरको खेल खेल्दै नेपाललाई १४१ रनको लक्ष्य प्रस्तुत गरेको छ। यो समाचार तयार पार्दा नेपालले ११.३ ओभरको समाप्तिमा ६७ रन बनाएर खेलिरहेको छ ।

Read More

डडेल्धुरा : डडेल्धुराको अमरगढी नगरपालिकामा टोल स्तरीय वडा कप भलिबल हुने भएको छ। जिल्लाको अमरगढी नगरपालिका-२ र ३ को काँडे कोटमा बैजनाथ कृषि समूहको आयोजना र अमरगढी नगरपालिका वडा नम्बर २ र ३ को प्रायोजनमा खुला वडा कप भलिबल प्रतियोगिता हुन लागेको हो। भलिबल प्रतियोगितामा २ र ३ नम्बर वडाका खेलाडीले मात्रै सहभागीता जनाउन पाउने कार्यक्रमका संयोजक हरेन्द्र भण्डारीले जानकारी दिए। प्रतियोगिता यहीँ कात्तिक ३ र ४ गते काँडे कोटको खेल मैदानमा हुनेछन्। संयोजक भण्डारीका अनुसार टिम दर्ता शूल्क एक हजार दुई सय रुपैयाँ रहेको छ। प्रथम पुरस्कार १२ हजार एक, दोस्रो हुनेलाई सात हजार एक, तेस्रो हुनेलाई चार हजार…

Read More

दार्चुला: दार्चुलामा १ किलो ६ सय ग्राम चरेससहित दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा बझाङ जिल्ला बुङ्गल नगरपालिका-७ का ३६ वर्षीय उज्जल बोहरा र सोही ठाउँका २८ वर्षीय राम बहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए। बुधबार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका-८ पस्तिबाट उनीहरुलाई पक्राउ गरिएको उनले बताए। विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले चरेससहित पक्राउ गरेको जनाइएको छ।

Read More

डडेल्धुरा : उच्च शिक्षा अध्ययनपछि मात्रै विवाह गर्ने योजना बनाएका हर्कबहादुरको पारिवारिक दबाबका कारण २०५३ मंसिरमै विवाह भयो। मंसिरकै महिनामा बुवाको निधन भयो। त्यसपछि २०५६ सालमा उनी विवाह गर्दा लागेको ऋण तिर्न भारतको मुम्बई हानिए। २०३३ सालमा डडेल्धुराको अमरगढी नगरपालिका–७ पोखरमा जन्मेका हर्कबहादुर कैनीले उग्रतारा माविबाट २०५२ सालमा एसएलसी उत्तिर्ण गरेका थिए। ०५६ सालमा विवाह गर्दा लागेको ऋण तिर्न मुम्बइ पुगेका उनले एक निजी कार्यालयमा चिया पकाउने काम सुरु गरेका थिए । सोही क्रममा विज्ञापन र सिरियल छायाङक गर्ने कम्पनीसँग जोडिने अवसर पाए उनले। अनि चिया पकाउने काम छोडेर नयाँ कामतर्फ लागे, तर बिना तलब । ‘५ महिनासम्म काम सिकेपछि…

Read More

धनगढीः कैलाली र कञ्चनपुरमा झन्डै दुई लाखका सामान बरामद गरिएको छ। कैलालीका विभिन्न स्थान धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ५१ हजार मूल्य बराबरको लेडिज सुट, चिनी, मिश्री, नरिवल, हार्डवेयरका सामान मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको हो। यसैगरि, भजनी नगरपालिका-३ काँडाबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी १ लाख ६ हजार ७ सय मूल्य बराबरको सुतीको कपडा, धोतीको कपडा, कुर्ता सुरुवाल लगायतका सामान बुधबार बिहान प्रहरीले बेवारिसे अबस्थामा फेला पारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका-१० ब्यारेल नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली ल्याएका…

Read More